लिलामीमा अरुण फाइनान्सको शेयर
काठमाडौं,८ कार्तिक ।
अरुण फाइनान्सले कम्पनीले ३ लाख ६ हजार कित्ता हकप्रद शेयर लिलाम बिक्रीको लागि शिलबन्दी बोलपत्र आह्वान गरेको हो ।
गत भदौ ६ गतेदेखि असोज ९ गतेसम्म हकप्रद शेयर निष्काशन गर्दा नबिकेको शेयर फाइनान्सले लिलामीमा निष्काशन गर्न लागेको हो । कम्पनीले कार्तिक १४ देखि २२ गतेसम्म लिलामीमा शेयर निष्काशन गर्न लागेको शेयरको बिक्री प्रबन्धक ग्लोबल आइमई क्यापिटल रहेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया