लोकमानबारे केपी ओलीको यस्तो बोली

काठमाण्डौ ४ कार्तिक

एमालेले प्रधानमन्त्री पुष्पकमल दाहालले दुवै पटकको भारत भ्रमणमा नेपालको राष्ट्रिय भावनाको ठीक ढंगले प्रतिनिधित्व गरेर आफ्नो कुरा राख्न नसकेको निष्कर्ष निकालेको छ । प्रधानमन्त्री दाहालले बुधबार संसदमा गरेको सम्बोधनबाटै यो पुष्टि भएको एमालेको ठहर छ ।

दाहालले एक महिनाअघि गरेको भारतको राजकीय भ्रमण र गोवामा आयोजित ब्रिक्स सम्मेलनका क्रममा भएको भारत र चीनका नेताहरूसँगको कुराकानीबारे बुधबार संसदमा जानकारी गराएलगत्तै एमाले संसदीय दलको बैठक बसेको थियो । ‘सम्बोधनबाटै थाहा हुन्छ उहाँले राष्ट्रिय भावनाको ठीक ढंगले प्रतिनिधित्व गर्न सक्नु भएन,’ बैठकमा अध्यक्ष केपी ओलीले भने । प्रधानमन्त्री दाहालले सम्बोधनका क्रममा भारत भ्रमणका बेला जारी संयुक्त वक्तव्यमा परेका विषयमा केही अस्पष्टता रहेकाले त्यसबारे गोवा सम्मेलनमा भेट भएका बेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग आफूले कुरा गरेको भन्दै स्पष्टीकरण दिएका थिए । संयुक्त वक्तव्यमा नेपालमा सञ्चालित आयोजनाहरूको अनुगमन नेपाल सरकार र भारतीय राजदूतावासले गर्ने भन्ने थियो । नेपाल सरकार र भारतीय राजदूतावासलाई एउटै दर्जामा राख्ने काम भएको भन्दै प्रधानमन्त्री दाहालको आलोचना भएको थियो ।

प्रधानमन्त्री दाहालले बुधबार संसदको सम्बोधनमा उक्त विषयबारे भारतीय प्रधानमन्त्रीसँग आफूले कुरा गरी नेपालको तर्फबाट कुनै सचिव वा सहसचिवस्तरको कर्मचारी रहने भन्नेबारे स्पष्ट पारेको बताएका थिए । यिनै विषयबारे अध्यक्ष ओलीले संसदीय दलको बैठकमा बोलेका थिए । आजको कान्तिपुर दैनिकमा खबर छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया