लोकमानलाइ जोगाउन नेताकाे घर चहार्दै भारतीय राजदूत

काठमाडौं ५  कार्तिक ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई बचाउन नेपालका लागि भारतीय राजदूत रन्जित रे कुटीतिक मर्यादाविपरीत प्रधानमन्त्री र प्रमुख दलका नेताको घर- घर चहार्न थालेका छन् । राजदूत रे सँगै कांग्रेस सांसद अमरेशकुमार सिंह र परिचय नखुलेका अन्य तीन नागरिक समेत लोकमानको बचाउ अभियानमा सक्रिय भएको स्रतेले दाबी गरेको छ ।

व्यवस्थापिका संसदमा बुधबार महाभियोग दर्ता भएपछि मात्रै रेले प्रधानमन्त्री पुष्पकमल दाहाललाइ बालुवाटारस्थित सरकारी निवासमा दुईपटक भेट गरिसकेका छन् । दुवै भेटमा रे र दाहालबीच ४५ मिनेट लामो वार्तालाप भएको थियो ।

यस्तै दर्ता प्रस्तावमा हस्ताक्षर नगरेको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई रेले विहीबार भेट गरेका छन् । विश्वस्त स्रोतका अनुसार दुवै भेटको एजेन्डा लोकमानको बचाउ वा नसके सुरक्षित अवतरण रहेको छ । दुवै भेटमा राजदूत रेसँगै कांग्रेस सांसद अमरेशकुमार सिंह र परिचय नखुलका अन्य ती व्यक्ति रहेको स्रोतले जनाएको छ ।

स्रोतका अनुसार संसद बैठकपछि निवास फर्किएका दाहाललाई राजदूत रे र अमरेशकुमारले बुधबार साँझ ६ बजेर ४५ मिनेटमा भेटवार्ता गरेका थिए । प्रधानमन्त्री दाहाल, रे र सिंह मात्र रहेको उक्त बैठकमा लोकमान प्रकरणका विषयमा कुरा भएको थियो । यो समाचारको पूर्ण भाग आजको नागरिक दैनिक मा छापिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया