वरिष्ठ संगीतकार विवि अनुरागीको संगीतमा मिरा कार्कीको ‘बहार’ एल्बम सार्वजनिक

बिजनेसपाटी १० कार्तिक
उदयीमान नवगायिका मिरा कार्कीको स्वर तथा विष्णु कार्कीको शब्दमा रहेको गीती एल्बम ‘बहार’ आज एक कर्यक्रमबीच सार्वजनिक भएको छ। गायिका मिरा कार्की र रचनाकार विष्णु कार्की श्रीमान श्रमती हुन् भने यो उनीहरुको पहिलो एल्बम हो।bh

पॉच गीत समावेश एल्बमका गीतहरुमा बरिस्ठ संगीतकार बिबि अनुरागीले संगीत दिएका छन्। एल्बममा राष्ट्रिय भावनादेखि मायाप्रेमको विषय रहेको गीतकार विष्णु कार्कीले जानकारी दिए। एल्बममा शिर शिर, कसम तिम्रै, तिमी आयौ, हिंड्छु म, सानो एउटा कुराले लगायत गीतहरु संकलित छ।

एल्बमको लोकार्पण कलाकारहरु मदनकृष्ण श्रेष्ठ, प्रकाश गुरुङ, किरण प्रधान, टिका भण्डारी, संगीना बैद्य, जगतमरण थापा,राम जुजु, उत्तम केसी, गोपीकृष्ण प्रसाईं बिच गरिएको थियो। एल्बमको एक गीतको म्युजिक भिडियो पनि एल्बमसँगै सार्वजनिक गरिएको छ। भिडियोमा दिलिप रायमाझी र सम्पदा बॉनियाको अभिनय रहेको सो भिडियोमा प्रमोद खेरल र मिरा कार्कीले स्वर भरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया