वरिष्ठ साहित्यकार श्यामदास वैष्णव रहेनन्
काठमाण्डौ ३ बैशाख २०७८।
वरिष्ठ साहित्यकार श्यामदास वैष्णवको आज अपरान्ह ७ः ३० बजे आफनै निवास ज्ञानेश्वरमा निधन भएको छ । ९७ बर्ष उमेर पार गरिसकेका साहित्यकार वैष्णवको आफनै निवास ज्ञानेश्वरमा निधन भएको उहाँको परिवारले बताएको छ ।
साहित्यकार वैष्णव प्रज्ञा प्रतिष्ठानका आजिवन सदस्य तथा प्राज्ञ भएका थिए । श्यामदास वैष्णव महाकवि लक्ष्मीप्रसाद देवकोटाको सहयोगी रहेका थिए । वैष्णव महाकवि लक्ष्मीप्रसाद देवकोटाका प्रियजन मात्र नभएर गणेश नै मानिन्थे ।
वैष्णवको जन्म वि.स. १९८१, श्रावणमा काठमाण्डौको लाजिम्पाटमा भएको थियो । उनका मुख्य कृतिहरु रातको आँसु(गीति कविता), पतकर (कविता सङ्ग्रह),अन्तरध्वनि(कविता सङ्ग्रह), उपहार(कविता सङ्ग्रह,केही लघु नाटक,केही गीति नाटक, नयाँ लहर ( साझा प्रकाशन) रहेका छन् । साहित्य लेखनको माध्यिमबाट विभिन्न राष्टिय स्तरका पुरस्कार तथा सम्मान पाएका वैष्णवको निधनले नेपाली साहित्यको एउटा युगको अन्त्य भएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया