“वर्षा आयो”-युगकवि सिद्धिचरण श्रेष्ठ

स्वयम्भू शाक्य

संसार अनौठो छ । समयचक्रभित्र जलचक्र पनि पर्दो रहेछ । यो समयचक्रले जलचक्रलाई बोलाए पछि गृष्म पश्चात् वर्षा ऋतुको आगमन हुने गरिन्छ । आखिर श्रावण र भदौ न हो । हिन्द महासागरको बङ्गाल खाडीबाट वर्षा आजमात्र आएको होइन । यो संसार सृष्टि भएदेखि नै वर्षा आउने र जाने क्रम चलिरहेको छ । आज फेरी वर्षा आएर यो धरतीलाई हरियाली बनाउदै छन् । पानीको अस्तित्व के हो भनी बुझाउन खोज्दैछन् । आखिर जिन्दगी न हो । प्राणीहरूको रूप रंगलाई फेर्नका लागि बदलिने यौटा तत्व बनेर वर्षा बाँचिरहेका छन् । त्यसैले होला वर्षा सहकालको प्रतिक हो । आनन्दको अनुपम उपहार हो । जीवनको आधार हो । जिन्दगी शुद्ध बनाउने यौटा संकल्प हो । अन्नपूर्ण माताको रूप हो ।
आज युगकवि सिद्धिचरण श्रेष्ठले वर्षा आयो वर्षा आयो भनी नाच्दै उफ्रिदै सदाका लागि मजाको दिन आयो भनी सन्देश दिन खोज्दैछन् । हामीलाई थाहा छ हरेक वर्ष नयाँ हरियाली आउने गरिन्छ । प्रकृतिले सुक्न लागेको जगत्लाई सधै उद्धार गरेर जाने गरिन्छ । लहरी भैंm रुखहरू मात्र होइन लहरा पनि वर्षासँगै रमाएर नाच्ने गरिन्छ । आनन्दको यो यामलाई प्राणीहरूको मात्र होइन प्रकृति आपैmमा सुन्दर बनेर उपमा दिने गरिन्छ । रिमझिम रिमझिम वर्षा भएर यो धरतीलाई जिन्दगी दिन खोज्दैछ । त्यसैले होला मान्छेहरू भन्ने गरिन्छ पानी अन्न हो । अन्न जीवन हो । जीवनमा हरियाली छाएपछि प्राणीहरूको मन चञ्चल हुनु स्वभाविकै हो । किनकि वर्षाले आफ्नै भाकामा गीत गाएपछि यो धरतीमा असार पन्ध्र लाग्नु स्वभाविकै हो । सुस्त मन्द गतिले हिँडेका नदी र नालाहरू आज तेजिलो भई तीब्र गतिले हिँड्न थालेकी छे । यो धरतीलाई पानीको तिर्खा लागेर होला वर्षा आएपछि नअघाउँजेलसम्म तिर्खा मेटाउन खोज्दैछ । त्यसैले यो वर्षाकालमा पानीको बसाईँले होला वर्षात भौतिक रूपमा मात्र होइन मानसीक रूपमा पनि सुखमय् छ ।
लाली सौन्दर्यका निम्ति लगाइने रातो रंगको श्रृंगार हो । त्यसैले लालिमा उज्यालो हुनु उसको सौभाग्य हो । आपूm बलेर अरुलाई उज्यालो दिनु लम्फाको कर्म हो । लम्फाको मुखबाट लालिमाको उज्यालो निस्केपछि अध्यारो त्यो ठाउँबाट भाग्नु पर्छ । चाहेर वा नचाहेर लालिमाको अगाडी अध्यारो कहिल्यै टिक्न सक्दैन । किनकि अध्यारो यो जगत्लाई नै मन पर्ने कुरो होइन् । तैपनि रातको समयमा अध्यारोलाई हटाउन जूनकीरी मात्र होइन आकाशका चन्द्र र ताराहरूले पनि धेरै कोशिस नगरेको होइन । पूर्णिमा बनेर सकेसम्म औंसीलाई पनि निल्न नखोजेको होइन् । तर सृष्टिको चक्र न हो । दिनले रातलाई जन्म दिए भैंm रातले पनि दिनलाई जन्म दिँदो रहेछ ।
लम्फाले उज्यालो ओक्ले जस्तै आफ्नो कर्मको फल यो धरती बुझाउनु पर्ने रहेछ । म जे छु त्यसैमा सन्तुष्टि भएर जिन्दगी बिताउनु पर्ने रहेछ । किनकि बेली कहिल्यै चमली बन्न सक्दैन । चमेली कहिल्यै चम्पा बन्न सक्दैन । तर वर्षाले आज मात्र होइन इतिहासको कालखण्डदेखि बेली चमेली अनि धेरै चम्पाहरूलाई जन्म दिइरहेका छन् । बादल फाटेर ताराहरू झलमल भएभैंm वर्षाले आकाशका ती बादलहरूलाई आपैmसँग लिएर हिँडेपछि आकाश निर्मल भई ताराहरू देखिनु स्वभाविकै हो । झरझर झर्दै वर्सादको बेला वर्षा आपूmखुशी एक्लै घुमफिर गर्दै धरतीमा आउनु स्वभाविक हो । त्यसैले यो त वर्षा विहार हो । यो वर्षाचक्रभित्र जीवन छ । सुख छ । अलौकित आनन्द छ ।
वर्षा आयो वर्षा आयो
हेर नयाँ हरियाली छायो
लहरी भैंm रुख, लहरा नाच्यो
बढी मजाको वर्षा आयो ।
लाली उज्ज्वल मुखको लम्फा
बेली चमेली अनि कति चम्पा
निस्के तारा भैंm भई झलमल
वर्षाविहार हो सुख स्वर्गिक ।
मेहनतको फल मीठो हुँदो रहेछ । आपूmले सकी नसकी दिन रात मेहनत गरी रोपिएको बाली तह तह भई सप्रिएको देख्दा यौटा किसान खुशी हुनु स्वभाविकै हो । मुठ्ठी रोपेर माना फलेपछि मन सन्तोष भई भविष्यका लागि जगेर्ना गर्नु मान्छेको स्वभाव हो । हावासँगै नाची बस्ने ती लहलहराउँदो बाली भोलिका लागि बाँच्ने आधार हो । यौटा श्रमजीवीलाई श्रमको मूल्य पाएपछि दङ्ग परेर मन चङ्गा हुनु उसको अधिकार हो । त्यसैले हामी चाहन्छौं यो जगत्मा सबै प्राणीको जय होस् । मनले इच्छाएका कुराहरू सबैको पुरा होस् । दुःख र दर्दलाई भाग्यले होइन कर्मले हटाउन सकोस् । वर्षाले सहकाल ल्याई देशलाई सुख र शान्ति दिन सकोस् । यही छ युगकवि सिद्धिचरण श्रेष्ठको चाहना । जगत् कल्याण होस् भन्नाका लागि, शुभमंगल होस् भन्नाका लागि, सफलतानै सफलता प्राप्त होस् भन्नाका लागि, विजयनै विजय होस् भन्नाका लागि हे जगत्का स्रष्टा विश्वका मालिक जगत्पति परमेश्वर तिम्रो जगत्ब्यापी सुदृष्टिले यो जगको घर–घरमा सुख र शान्ति छाई देऊन् ।
एकबारको जूनी न हो । सम्पूर्ण प्राणीहरूलाई आनन्दको अनुभूति दिलाउन वर्षा आयो भनी खुशी भएर यो धरतीको फाँट फाँट मात्र होइन सारा गौचरहरू शुद्ध पानीले नुहाएर जीऊ चोखो बनाउँदै छन् । हरियो भरियो भएर जग जगमा सुन्दर फरिया लगाएर सौन्दर्यको प्रतिक बन्न खोज्दैछन् । आखिर जनमन हो । जनमनमा सुख र शान्ति छर्नका लागि हरियो टुसा पलाउनु पर्छ । सुख्खा पतझरमा त के पाइन्छ र ? वर्षाले नदी र नालाहरू खुशी भएर आ–आफ्नो बाटोमा हिँडेको देख्दा जनमनमा निष्पक्षताले जन्म लिएको हुनुपर्छ । त्यसैले युगकवि सिद्धिचरण श्रेष्ठले वर्षा आयो वर्ष आयो भनी मनैदेखि मज्जाले रमाइलो मानिरहेको छ । यौटा विश्व कविको कविता जस्तो सबैले रमाई रमाई कविताको रसस्वादन गरिरहेका छन् । मानौं यो त ब्रम्हाको ज्ञान हो । मानौं यो त दिब्य चक्षु हो । मानौं यो त अलौकित शक्ति हो । मानौं यो त सबैलाई मनपर्ने वर्षा हो ।

   सप्रिएको नाच्ने बाली
हेरी कृषक दङ्ग परेर भारी
भन्छन् जय, जय जगदीश्वरको
जय होस्, जय होस् जगको घरको ।
नुहाई फाँट गौचर सारा
लाई हरियो सुन्दर फरिया
जनमन हर्छ, सुख शान्ति छर्छ
विश्व कविको कविता भैंm बन्छ ।

यौवनको समय न हो । तरुण अवस्थामा जवानीले भरेपछि यौवनका प्यालामा रस पिउनु स्वभार्विक हो । किनकि यो त रसपूर्ण समय न हो । रसैरसले भरिएको युवा अवस्थामा रसपान गर्दै खुशी भएर मन आनन्द हुन स्वभाविकै हो । त्यसैले वर्षा आएपछि रिमझिम रिमझिम मात्र होइन सिमसिम पानी परे पनि खोला र नालाहरू उन्मत्त भएर मात्तिएर भूईमा खुट्टा नभएभैंm तीब्र गतिले यता र उता कता कता बग्न थाले पछि कतै खोला र नालाहरूलाई पनि नशाले चुर भएको त होइन् ? कतै ज्यादै प्रशन्न भएर पागल भएको त होइन् ? कतै बढे चढेर प्रमत्त त भएको होइन् ? नभए आज किन वर्षासँगै खोला र नालाहरूले काँचुली फेर्दैछ ? यौवनको प्यालामा नशै नशाहरू किन प्युदैछ ? सागरसित समता माग्न किन आज खोज्दैछ ? क्षण क्षणमा प्रवाह बढेर नाची नाची किन गीत गाउँन खोज्दैछ ? थाहा छैन, कतै पागल भएर होला सागरसित समानताको हक खोज्दैछ ? कतै नाची नाची उन्मुक्तिका स्वरहरूमा विना तानपुरा गीत गाउँन खोज्दैछ ? प्यालामा माया भरे पछि मात्तिएर कहाँ कहाँ जान खोज्दैछ ? भनिन्छ, यो त वर्षाको यौवन हो । उत्सबमा रमाइलो गरे जस्तो रिमरिम पानी पर्नु यो धरतीको सौभाग्य हो । रसिलो, मलिलो, गुनिलो, भरिलो भएर जताततै कलिला हरिया टुसा पलाउन थाल्ने छ ।
आखिर साउन र भदौ न हो । नभमा आँचलले ढाकेपछि त्यो विशाल नभमा के छ के छैन हामीले कसरी थाहा पाउन सकिन्छ र ? सूर्यलाई बादलले छोपेपछि यो धरतीबाट कहाँ देख्न सकिन्छ र ? कालो मदारिएको घनघटाले गगनलाई निलेपछि कालो देख्नु बाहेक अरु के पो देख्न सकिन्छ र ? सूर्यले चिच्याई चिच्याई बादल फाटे पनि युद्धमा हार भएपछि पारिलो घाम कहाँ लाग्न सक्छ र ? त्यसैले यो समयचक्रमा प्रकृतिलेनै वर्षा ल्याएपछि मान्छेको यो मन मात्र होइन् तन पनि हलुको भई कताकता बहलाउन खोज्दैछ । यौटा कविको सुख र शान्ति र समृद्धिका लागि मात्र होइन यो धरतीको उन्नति होस् भन्नाका खातिर आज वर्षा झरी बनेर भवसागरलाई नै सिञ्चित पार्न खोज्दैछ ।
रसपूर्ण पिई यौवनप्याला
मत्ता भई सव खोला नाला
सागरसित समता माग्न भनी
क्षण क्षण बढ्छन् नाची गाई ।
ढाकी आँचलले नभलाई
भित्र छिपाई ग्रहणलाई
आयो वर्षा मन बहलायो
कविको सुखमय जीवन ल्यायो ।
आकाशको पानी यो धरतीमा झरेपछि रिमझिम रिमझिम मात्र होइन कहिल्य सिमसिम सिमसिम भई थोपा थोपाहरू छमछम छमछम गरि नाच्न थाल्दैछन् । किनकि पानीको बस्ती आकाशमा होइन यो धरतीमा हो । धरतीको पानी वर्षासँगै आफ्ने घरमा फर्किंदा रिमझिम रिमझिम मात्र होइन मन प्रफुल्ल भई छमछम गरि नाच्दै गाउँदै यो धरतीको शोभा बढाइरहेका छन् । वर्षा आयो वर्षा आयो भनी प्राणी जगत्मा उद्धार गर्नका लागि यो अन्नपानीको शरीरमा थप ऊर्जा दिँदैछन् । मलिलो माटोमा कलिला टुसाहरू उम्रन दिनगन्ती शुरु हुन थालेका छन् । त्यसैले वर्षाले धरतीमा सुगन्ध पैmलाउनका लागि कुना कुनामा मात्र होइन ढुङ्गा र माटोका अस्तित्वहरूमा समेत आज वर्षा आएर फेरि एकचोटी वसन्त पलाउन थालेका छन् । जग जगमा वर्षाको गुणगान गाउन थालेका छन् ।
आकाशमा क्षण क्षणमा विजुली बत्ती बलेर होला लाग्छ ती बादलहरूबीच आज आफ्नै अस्तित्व खोजिरहेको छ । गगनभरी चम्केको विजुलीले होला साउन र भदौको झरी अझ झन बढिरहेको छ । हर्ष र उल्लासले उत्सव मनाइरहेको बेला भोलिका लागि भावि योजनाहरू बनाउँदै छन् । सुरिला गानाहरू गाइरहेको बेला रस स्वादन गरी मान्छेहरू आफ्नै धुनमा हिँडिरहेका छन् । त्यसैले यो जीवन कतै वर्षा त होइन ? मानव जीवन तपस्यै तपस्यामा बसी सहकाल खोजेको त होइन ? रङ्ग, रूप, स्वाद र गन्ध बिनाको यो त आपैmमा तटस्थ त होइन ? कवि ! यो कुन गीत हो ? जसमा आलाप छ । धुन छ । चाल छ । ताल छ । जसलाई सुन्दा सभ्यताको कथा छ ? शिष्ट र भद्रतामा वर्षाले किन गानाहरू गाईरहन्छन् ? भन कवि ! यो गानाको तानामा उल्लासमय् किन भैरहेछ ?
पानी बस्र्र्येे रिमझिम रिमझिम
हरेक थोपा नाची छमछम
धरतीतलको शोभालाई
अब ङबल्यायो वर्षा आई ।
क्षण–क्षण बिजुली बाल्दछ वर्षा
कतिको उल्लासयुक्त छ वर्षा
गाउँछ कस्तो सुरिलो गाना
भन कवि ! यो गानाको ताना ।

वर्षा, मानव सभ्यता भन्दा धेरै टाढा छ । यो संसारको उत्पतिसँगै वर्षाको जन्म भएको हो । त्यसैले वर्षाको सभ्यता कति सुखमय् र गाढा छ भन्ने कुरा हामीले थुप्रै काल खण्डहरूलाई सोध्न सक्छौं । सम्पूर्ण प्रतिविम्बहरूलाई बुझ्न सक्छौं । किनकि उन्नति र प्रगतिका लागि लागिपरेका निर्भmरलाई न पीडा छ । न बेदना छ । न कष्ट छ । न यातना छ । केवल तरङ्गै तरङ्गमा लहरी जस्तै यो हृदयको यन्त्रणा भन्दा बाहिर यौटा खोला बगिरहेको छ । निरन्तर कलकल बग्दै भेदभाव बिनाको आफ्नै बाटोमा लागिरहेका छन् । जहाँ निर्भय छ । त्यहाँ अभयको रूपमा निर्मलको गाढा सम्बन्ध छ ।
मान्छेहरू भन्ने गर्छन् सभ्यतादेखि धेरै टाढा भएर पनि सुखहरू किन यति धेरै गाढा भैरहेको छन् ? हृदय–हृदयभित्र मान्छेहरू बाँचेर पनि किन खोलाभैंm जीवन गा¥हो भैरहेको छन् ? भय र त्रास बिना बाँच्नु पर्ने मान्छेहरू आज किन मान्छे–मान्छेदेखि डराई रहेको छन् ? खोला, नाला अनि बन पाखाहरूमा वर्षाले आज किन ऊर्जा दिइरहेको छन् ? त्यसैले यो हृदयमा बगेको खोलाले किनार छिया छिया पारे पनि न बगर छ, न ढुङ्गा र बालुवा पाउन सकिन्छ । यो त बुझ्न नसक्ने कुरो हो । जहाँ हृदयले अभयलाई खोजिरहन्छ । जहाँ हृदयले यन्त्रणालाई पर छोडिन्छ । जहाँ हृदयले वर्षालाई सम्झिरहन्छ । जहाँ हृदयले टाढाको सभ्यतालाई आफ्नो मुटु ठान्छ ।
सभ्यतादेखि धेरै टाढा
हेला यो सुख झन् कति गाढा
छैन यन्त्रणा जहाँ हृदयको
बहन्छ खोला जहाँ अभयको ।

युगकवि सिद्धिचरण श्रेष्ठले प्रस्तुत वर्षा कविता वि.सं. १९९२ सालमा रचना गरेको देखिन्छ । पानी अन्न हो अन्न जीवन हो भन्ने मूल सारलाई आत्मसाथगर्दै वर्षा काललाई सहकालको रूपमा प्रस्तुत कवितामा युगकविले आफ्नो भावनालाई केन्द्रीकृत गरेको पाइन्छ । सुख त्यहाँ हुन्छ जहाँ यो आत्मा सजिलैसँग बाँच्न सकिन्छ । सुकिलो त्यही हुन्छ जहाँ उज्यालो सधैं भैरहन्छ । सौन्दर्य त्यसलाई भनिन्छ जहाँ आँखा र मनले हेर्ने गरिन्छ । वर्षा त्यही हुन्छ जहाँ मानव सभ्यतालाई संरक्षण गर्छ । त्यसैले भन्न मन लाग्यो जता हे¥यो उतै हरियो भूईमा के लिप्दैछन् । लहरी भैंm रुखहरू आनन्दले गीत गाउँदैछन् । लहरा पहरा दिल छहरा झरझर गर्दै हिँड्दैछन् । वसन्त पनि काखमा बसी हाँसी हाँसी रमाउँदैछन् ।

प्रकासित मिति २०७८–१२–१४

फेसबुकबाट तपाईको प्रतिक्रिया