वल्र्डलिंक प्रयोगकर्तालाई अब आइफोन १६ उपहार

काठमाडौं, फागुन २०, २०८१ । नेपालको दुरसञ्चार क्षेत्रको अग्रणी संस्था वल्र्डलिंक कम्युनिकेशन्स लि. ले नयाँ ग्राहक एवम् सेवा नवीकरण गर्दा उपहार योजना ल्याएको छ । अब नयाँ जडान तथा नवीकरण गर्ने ग्रहकले लक्की ड्र मार्फत १० भाग्यशाली विजेतालाई आईफोन १६ उपहार दिने घोषणा गरेको छ ।
१० लाखको हाराहारीमा ग्राहकसंख्या पुग्न लागेको खुशियालीमा वल्र्डलिंक कम्युनिकेशन्स लि. ले नयाँ सेवा अथवा नवीकरण गर्दा हरेक दिन १ जना भाग्यशाली विजेतालाई आइफोन १६ उपहार दिने घोषणा गरेको छ ।
कम्तिमा ५० लाख नागरिक समक्ष आफ्नो सेवा पुगेकोमा खुशी हुँदै ग्राहक महानुभावहरुको अतुलनीय योगदान योगदानलाई ध्यानमा राखेर यस्तो उपहार राखेको विज्ञप्तिमा उल्लेख छ ।
कम्पनीले प्रदान गर्दै आएको गुणस्तरीय सेवा र ग्राहकहरुको उल्लेख्य सहभागिताले स्थापनाको छोटो समयमा नै हामी १० लाख घर धुरीसम्म पुग्न सफल भएका छौ, सो अवसरमा नयाा सेवा लिने र नविकरण गर्ने कम्तिमा १० जना सेवा ग्राहीलाई आईफोन १६ उपहार घोषणा गर्न पाउादा खुसी छौं, कम्पनीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
मेचीदेखि महाकालीसम्म हिमाल, पहाड र तराई सवै क्षेत्रमा वल्र्डलिंकले आफ्नो सेवा विस्तार गरेको छ । अहिलेसम्म मुलुकका ७४ जिल्लामा वल्र्डलिंकले आफ्नो सेवा विस्तार गरेको छ । ‘आजसम्म कम्तिमा पनि ५० लाख नागरिकको संख्यामा वल्र्डलिंकको सेवा पुग्नु भनेको हामी सफल हुनु हो’ विज्ञप्तिमा उल्लेख छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया