वाग्मती नदी सौन्दर्यकरणमा, एसियाली विकास बैंकको एक अर्ब ६० करोड सहयोग
काठमाडौँ १६ मंसिर
-उपत्यकाको सभ्यताका स्रोत वाग्मती नदीको गोकर्णदेखि सिनामङ्गलसम्म ७ दशमलव २ किमीको दायाँ बायाँ किनारमा सौन्दर्यकरण सुरु भएको छ।
नदी सौन्दर्यकरण कार्यक्रमअन्तर्गत बगैँचा, रेलिङ र साइकल लेनको निर्माण गरी वाग्मतीको सौन्दर्य प्रवद्र्धनमा सहयोग पु¥याउन लागिएको अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले जनाएको छ।एसियाली विकास बैंकको एक अर्ब ६० करोड सहयोगमा नदी सौन्दर्यकरण कार्यक्रम सुरु भएको समितिका उपआयोजना प्रमुख योगेन्द्र चित्रकारले जानकारी दिए।
मङ्सिर पहिलो साताबाट सुरु भएको नदी सौन्दर्यकरण २७ महिनामा सकिने छ।गोकर्णदेखि सिनामाङ्गलसम्म ७ दशमलव २ किमीमा नदी र सडकको बीचमा बगैँचा र रेलिङ निर्माण गरिने । सडकमा साइकल लेनको समेत व्यवस्था गरिने आयोजनाले जनाएको । निर्माणका लागि कालिका÷¥यान्केन÷लामा जेभीलाई ठेक्कासमेत दिइएको छ । रासस
फेसबुकबाट तपाईको प्रतिक्रिया