वाणिज्य बैंकबाट एक सातामै १३ अर्ब बाहिरियो

काठमाडौं १३ माघ २०७७।

वाणिज्य बैंकहरुमा रहेको निक्षेप पछिल्लो एक सातामै १३ अर्ब रुपैयाँले घटेको छ । नेपाल बैंकर्स संघका अनुसार पुससम्म २७ वाणिज्य बैंक्मा ३७ खर्ब ८२ अर्ब रुपैयाँ निक्षेप रहेकोमा माघ ९ गतेसम्म आइपुग्दा ३७ खर्ब ६९ अर्ब रुपैयाँमा झरेको छ ।

माघ २ गते यता मात्र बैंकबाट १० अर्ब रुपैयाँ निक्षेप घटेको छ । बैंकहरुको घट्दो व्याजदर र आर्थिक वर्षको अर्धवार्षिक खाताबन्दीका कारण बैंकहरुको निक्षेप घटेको हो ।
नेपाल बैंकर्स ससंघका अध्यक्ष भुवन दाहालले पुस मसान्तमा कर तिर्न र अन्य भुक्तानी हुने भएकोले निक्षेप घटेको बताए । बैंकहरुको व्याजदर अझै मुद्रास्फुर्ती भन्दा माथि भएकाले यसको कारण भने निक्षेपमा प्रभाव नपरेको उनले दाबी गरे । कारोबार दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया