वाणिज्य बैंकमा लगानीकर्ताको चाप,नेप्से दोहोरो अंकले बढ्यो
बिजनेसपाटी १५ भदौ ।
कम्पनीको हकप्रद तथा एफपिओ मार्फत पूँजी बृद्धि गर्दा पूरा गर्नुपर्ने मापदण्डहरु सिफारिश गर्न जलविद्यु लगायतका धितोपत्र वोर्डले समिति गठन गरेपछि त्यसको असर सेयर बजारमा देखिएको छ ।
आज बुधबार होटल तथा जलविद्युत क्षेत्रको सेयर मूल्य झरेको छ । वित्तीय क्षेत्र लाए पनि होटल २९ र जलविदयुत १०३ अंकले झरेको छ । आज सेयर बजार ९.३७ अंकले बढेर १७९७ अंकमा पुगेको छ । कारोबार रकम भने केही घटेको छ । आज १४६ कम्पनीका एक अर्ब २५ करोड रुपैयाँको सेयर किनबेच भएको छ । बैंकिङ सुचक ९.३८, विकास बैंक १७.२१, फाइनान्स ०.८५, बिमा १२६, उत्पादनमूलक ५३ र अन्य ४.३४ अंकले बढेको छ ।
लुम्बिनी जनरल इन्स्योरेन्सको केही दिनयता सेयरमा लगानीकर्ता तानिएका छन् । आज पनि कम्पनीको ८ करोड ५० लाख रुपैयाँको सेयर किनबेच भएको छ । एनबी बैंकको सात करोड ९५ लाख, नेपाल इन्भेष्टमेन्ट बैंकको सात करोड ४३ लाख, शिखर इन्स्योरेन्स ६ करोड ५९ लाख, एनएमबी बैंक ६ करोड ४९ लाख रुपैयाँको सेयर कारोबार भएको छ । अपि पावरको सेयर मूल्य १० प्रतिशतले झर्यो भने बरुणको साढे ८ प्रतिशतले ओर्लिएको छ । वढि कमाउनेमा हाम्रो विकास बैंक छ । बैंकको १० प्रतिशतले मूल्य वढेको छ भने १० प्रतिशत हाराहारी साइन रेसुङ्गा र सिन्धु विकास बैंकको वढेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया