वाणिज्य बैंकहरूको कर्जा र निक्षेपमा आक्रामक वृद्धि

काठमाडौं ११ चैत्र २०७७।

हाल वाणिज्य बैंकहरूको कर्जा प्रवाह र निक्षेप संकलन दुवै आक्रामक रूपमा बढेको छ । नेपाल बैंकर्स संघले सार्वजनिक गरेको तथ्यांकअनुसार चैत पहिलो साता २७ वाणिज्य बैंकको व्यवसाय अर्थात् कर्जा प्रवाह २३ अर्ब थपिएर ३४ खर्ब ३५ अर्ब रुपैयाँ पुगेको छ ।

यस अवधिमा निक्षेप संकलन १४ अर्ब थपिँदा कुल निक्षेप ३८ अर्ब ४० अर्ब पुगेको छ । फागुन चौथो साता कर्जा प्रवाह २४ अर्बले बढ्दा कुल कर्जा ३४ खर्ब १२ अर्ब पुगेको थियो । यस्तै ३ अर्ब निक्षेप थपिएर ३८ खर्ब २६ अर्ब पुगेको थियो ।

फागुन तेस्रो साता कर्जा प्रवाह निक्षेपको तुलनामा २६ अर्बले बढ्दा ३३ खर्ब ८८ अर्ब भएको थियो । सो अवधिमा निक्षेप १४ अर्बले थपिँदा ३८ अर्ब २३ अर्ब पुगेको थियो । यसैगरी फागुनको दोस्रो साता कर्जा प्रवाह २७ अर्बले बढेर ३३ खर्ब ६२ अर्ब पुगेको थियो । निक्षेप संकलन भने १० अर्ब थपिएर ३८ खर्ब ९ अर्ब पुगेको थियो । माघको पहिलो साता संकुचन आएपछिका प्रत्येक साता भने कर्जा प्रवाह बढ्दै गएको देखिन्छ

आर्थिक अभियान दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया