वाराको एक स्कुलमा २४ घण्टा लोड़सेडिंग मुक्त कम्प्यूटर शिक्षा
बिजनेसपाटी संबाददाता,२८ असार
वारा जिल्लाको निजगढ नगरपालिकामा अवस्थित श्री सार्वजनिक माध्यमिक विध्यालयमा अब २४ सै घण्टा कम्प्यूटरको प्राक्टिकल शिक्षा पठन पाठन हुने भएको छ। ब्याकअप सहितको सोलार जडान कार्य सम्पन्न पश्चात् यो सम्भव भएको हो। दैनिक १०-१२ घण्टा लोडसेडिंगको मार खेपिरहेका विध्यार्थीहरुले कम्प्युटर विषयको प्राक्टिकल पाटोलाई लोडसेडिंगले पार्ने असरबाट अब विधार्थीहरु मुक्त भएका छन्। निजगढ नगरपालिका र विध्यालय व्यवस्थापनको पहलमा यो कार्य सम्पन्न भएको हो। निजगढ नगरपालिकाको २ लाख ८० हजार र विध्यालयको १ लाख २० हजार गरी कुल ४ लाखको लागतमा जडान कार्य सम्पन्न भयको छ।
हिजो सोमवार एक टेक्निकल टोलिले प्रविधि जडान सम्बन्धी सम्पुर्ण काम सम्पन्न गरी बिध्यालयलाई हस्तान्तरण गरेको छ।यो सुविधाले सबै विधार्थीहरुका साथै अभिभावकहरु पनि निकै उत्साहित भयका छन्। सोही स्कुल अध्ययनरत एक विधार्थी भन्छन् “कम्प्युटर अन गर्दा गर्दै लाईन जाने टेन्सन थियो अब नो टेन्सन।”
प्रविधिको अवलोकन गर्न गौरी शंकर उ.मा.विका शिक्षक सुदर्शन कोईराला, राजनितिज्ञ दुर्गा गौतम,बिध्यालयका शिक्षकहरु र बिध्यालय व्यवस्थापन समितिका पदाधिकारिहरुको उपस्थिति थियो।
विध्यालयमा १६०० वाटको सोलार प्रविधि जडान गरियको र यो क्षमताले २५ वटा कम्प्युटर २४सै घण्टा सँचालनमा ल्याउन सकिने विध्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा समाजसेवी नारायण प्रसाद गौतमले विजनेसपाटीलाई जानकारी गराउनुभयो। विध्यालय व्यवस्थापनको अध्यक्ष पदमा सर्वसम्मत मनोनित भएका गौतम भन्छन्,
“हाम्रो निति तथा कार्यक्रम अन्तर्गत प्राविधिक शिक्षालाई जोड दिन गरियको यो हाम्रो पहिलो कदम हो” वहाँ थप्नुहुन्छ “परम्परा वादि शैलिको शिक्षाले मात्रै पर्याप्त नहूने हूदा नंया टेक्नोलोजि लाई यथासक्य चांडो भित्राउन सक्नु नंया पुस्ता र यूग सुहाउदो हूने छ र त्यसलाई समयसापेक्ष विकास गराउने उद्देश्यले यस्तो कदम सुरु गरिएको छ”।
अबदेखि बिध्यालयमा बिध्यार्थीहरुले
-तिब्र गतिमा इन्टरनेट
-ईप्सन प्रोजेक्टरबाट पठन पाठन
– छुट्टै कम्प्युटर प्राक्टिकल कोठा
-हाई फाई ल्याब
जस्ता सुविधा पाउने जानकारी गौतमले दिए
निकट भविस्यमा छिट्टै सबै कक्षाहरुमा प्रोजेक्टर सहितको ईल्क्टोनिक बोर्ड (E-Board)को सुविधा समेत गराईने जानकारी गौतमले गराउनुभयो।
बिजनेसपाटी टिम सम्पुर्ण विधार्थीहरुको सुनौँलो भविस्यको कामना गर्दछ।
फेसबुकबाट तपाईको प्रतिक्रिया