वार्षिकोत्सवको पूर्वसन्ध्यामा विभिन्न अस्पताललार्इ नेपाल टेलिकमको सहयोग

बिजनेसपाटी २० माघ 
 नेपाल टेलिकमले वार्षिकोत्सवको अवसरमा टेलिकमले सामाजिक उत्तरदायित्व वहन गर्दै विभिन्न अस्पताललार्इ  सहयोग हस्तान्तरण गरेको छ।  शनिबार टेलिकमले १३औं वार्षिकोत्सव मनाउँदैछ।
काभ्रेको साँगास्थित स्पाइनल इन्जुरी पुनर्स्थापना केन्द्रलाई कम्पनीले १५ वटा विशेष सुविधायुक्त ह्विलचियर दिएको छ । काठमाडौंका विभिन्न अस्पतालहरुमा कम्बल हस्तान्तरण गरेको टेलिकमद्धारा जारी विज्ञप्तिमा उल्लेख छ।
प्रसूति गृहमा एकसय ५० थान र पाटन अस्पतालमा सय थान नवजात शिशुका लागि कम्बल दिएको टेलिकमले जनाएको छ। वीर अस्पताल र गंगालाल हृदयरोग केन्द्रमा विरामीहरुका लागि सय/सय थान कम्बल तथा वीर अस्पताल र गंगालाल हृदय केन्द्रमा सेवाग्राहीहरुका लागि एक/एक थान मोबाइल चार्जिङ स्टेसन स्थापना गरेको टेलिकमले जनाएको छ। टेलिकमकी प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले यो सहयोग हस्तान्तरण गरेकी हुन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया