विजनेसपाटीका सम्पादक गौतमलाई प्रेस काउन्सिल शसक्त लेखन पुरस्कार
काठमाण्डौ ६ अशोज । प्रेस काउन्सिल नेपालले यस बर्षको सशक्त लेखन पत्रकारिता पुरस्कार विजनेसपाटी डटकमका सम्पादक रिसव गौतमलाई प्रदान गरेको छ । काउन्सिलले आफ्नो ४७ औं वार्षिकोत्सवका अवसरमा बिहिबार काठमाडौमा एक समारोहबीच ३२ जना पत्रकार र एउटा संचार माध्यमलाई पुरस्कारस्वरुप ५ लाख ५० हजार रुपैयाँ प्रदान गरेको हो । राष्टपती भवनमा आज आयोजित विशेष समारोहबीच पत्रकारहरुलाई पुरस्कृत गरेको हो ।
काउन्सिलले गोपालदास पत्रकारिता पुरस्कार प्रधानमन्त्री पुष्पकमल दाहालका प्रेस सल्लाहकार गोविन्द आचार्यलाई दिएको छ ।
यस्तै प्रेस काउन्सिल सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार पत्रकार परशु घिमिरेलाई प्रदान गरिएको छ । सशक्त लेखन पत्रकारिता पुरस्कार बिजनेसपाटीका सम्पदक रिषव गौतम, मोतिराम तिमिल्सना, प्रकाशकुमार खतिवडा र गणेश लम्साललाई दिइएको छ ।
प्रेस काउन्सिल आचारसंहिता पुरस्कार बुटवल टुडे दैनिकलाई प्रदान गरिएको छ भने स्तम्भ लेखन पुरस्कार कृष्णमुरारी भण्डारी, गोविन्दप्रसाद भट्टराई र दयाराम डांगीलाई दिइएको छ ।
साहित्यिक पत्रकारिता पुरस्कार विवश वस्तीलाई तथा भाषागत पत्रकारिता पुरस्कार गोपाल छाङ्छा राईलाई दिइएको छ ।
सशक्त संचारकर्मी पुरस्कार पवन आचार्य, डीआर पन्त, डा. राजेश झा अहिराज र महेश दास तथा समावेशी पत्रकारिता पुरस्कार लक्ष्मीकुमारी चौधरी, सुशील दर्नाल, रोशन सावाँ, माधवप्रसाद चम्लागाईं, विष्णुलाल बुढा र शीतल महतोलाई प्रदान गरिएको छ ।
महिला सशक्तिकरण पत्रकारिता पुरस्कार दुर्गा भण्डारी, मनिषा श्रेष्ठ र कविता थापा, क्रियाशिल पत्रकारिता पुरस्कार विनोद शाही, प्रदीपराज वन्त र शेखर अधिकारी लाई प्रदान गरिएको छ । युवा सशक्तिकरण पत्रकारिता पुरस्कार श्यामसुन्दर यादव, भुवन शर्मा, लेखनाथ न्यौपाने, हेमन्तकुमार पौडेल र उपेन्द्रराज केसीलाई प्रदान गरिएको छ । पुरस्कृत सबैलाई नगद रकम र प्रमाणपत्र प्रदान गरिएको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया