“विजया“ कविता र युगकवि सिद्धिचरण
स्वयम्भू शाक्य
यो संसार यति सुन्दर र शान्त भए पनि समय समयमा नरपिचासहरू किन जन्मिन्छ होला ? समाजमा न्याय हुनुपर्छ भनी जति सुधार गरे पनि किन हो कुन्नी अन्याय र अत्याचारीहरू किन भष्म नभएको होला ? अरुलाई दुःख दिनु हुँदैन भनी थाहा हुँदाहुँदै पनि ब्यवहारमा किन लागू नगरेको होला ? भेद्भावलाई समाप्त गर्नुपर्छ भन्दा पनि यसको बिस्तार समाजमा किन भैरहेको होला ? मान्छे विवेकशील प्राणी भएर पनि विवेक किन नपु¥याएको होला ? काट्मार गरी अर्काको रगत र मासु खानु हुँदैन भनी थाहा पाउँदा पाउँदै पनि किन रगत र मासु खाएको होला ? आफ्नो पुरुषार्थ बढाउनका लागि आफ्नै छोरा छोरीहरूको नरबली किन चढाएको होला ? आपूm मोटाउँनका लागि अर्काको सम्पत्ति किन जबरजस्ती लुटिएको होला ? यो संसारमा म मात्र बाँचे पुग्छ भन्ने सोचको विकास किन भएको होला ? मान्छेमा मान्छेको गुण नभई राक्षसको गुण कसरी आएको होला ? अनौठो छ , राक्षसको सन्तानमा पनि जगत उद्धार गर्ने ईश्वरको जन्म किन भएको होला ? थिचोमिचोबाट आक्रान्त भएर भवानी माता चण्डीले नरमुण्डको माला लगाई उग्ररूप किन लिएको होला ? आफ्नै दाजुभाईका बीचमा पनि महाभारतको युद्ध किन भएको होला ? यौटा आदर्श नारी माथि भएको ज्यादतीलाई लिएर श्रीरामले किन रावणलाई मारेको होला ? पशुबली नदिई कुभिण्डो र नरिवल मात्र बली दिएर शक्तिको किन आराधना नगरेको होला ? त्यसैले यो अनित्य संसारमा इतिहासको त्यो कालखण्डलाई केलाएर हेर्ने हो भने दुर्गतिलाई नाश गर्न, अत्याचारीलाई पराष्ट गर्न, दानवलाई समाप्त गर्नका लागि शक्तिको उपासना गरी थुप्रैं कालरात्रिहरू भएका छन् । युद्ध गर्न अनिवार्य भएका थुप्रैं शक्तिहरूको पुञ्जमिलेर महापुञ्जको जन्म भएका छन् । तसर्थ विजया विजयोत्सव हो । विजया दशमी हो । युद्ध जितेपछि मनाइने विशेष उत्सव हो । जगदम्बाको आराधना गरेर मान्छे–मान्छेबीच बसुकुतम्बको भावना पैmलाउने माध्यम हो । असत्यमाथि सत्यको जीत हो । अन्यायमाथि न्यायको प्राप्ति हो । दानवमाथि मानवको शासन हो । अँध्यारोमाथि उज्यालोको पाइला हो । दुःखमाथि सुखको प्रतिक हो ।
आज युगकवि सिद्धिचरण श्रेष्ठले जगत कल्याणका लागि आत्मत्याग र आत्मदर्शनको आवश्यकता ठानी रुद्र र बसुरूपको कुरा गर्देछन् । महाभय र महासंकटबाट शान्ति पाउनका लागि दुरात्माको कुरा गर्दैछन् । शुम्भ र निशुम्भ अनि महिषासुर जस्ता महादैत्यहरूको महासंग्रामको कुरा गर्दै आज युगकवि सिद्धिचरण श्रेष्ठले चण्डीपाठ गरेर स्वस्ति शान्तिको कुरा गर्दैछन् । हे दुर्गा भवानी चण्डी माता ! अन्याय र अत्याचारबाट महाक्रोधित भएर दैत्यको संग्राम गरी रगत चुहेको टाउकोको माला लगाएर किन उग्ररूप लिदैछौं ? हजारौ पटक मार्दा पनि रक्तवीज दैत्यहरू उत्पन्न भएकोले देवी कालीले विजयाका खातिर किन रगत नै पिएको प्रभू ? हे भवानी ! जीवन धेरै असजिलो छ । कालो दिन सधैंका लागि बढेर होला जीवन बाँच्नका लागि कालहरू पिउदैछन् । के के हुने हो थाहा छैन ? यो जगत्को गति तिमीले थाहा नदिएसम्म कसरी मैले थाहा पाउँ प्रभू । गुह्य कुराहरू अनि तन्त्रमन्त्रका कुराहरू जसले बुझाउनु पर्ने हो उसले नबुझाएसम्म कसरी बुझ्न सकिन्छ प्रभू । यो जगतको गति बुझ्न गा¥हो छ भनी थाहा पाउँदा पाउँदै पनि जीवनमा लाखौ खाले प्रयास गर्दा पनि कालो चिन्ता बढ्दै गई रहेको छ प्रभू । त्यसैले यो जगतको कुरो हो । जगतले संहार नगरेसम्म पृथ्वीतलमैं घुमिरहेको छ प्रभू ।
लगाएकी माला रगत चुहिने माथ नरको
भवानी हे चण्डी ! अति असजिलो जीवन भयो ।
कडा कालो चिन्ता दिन दिन बढ्यो काल पिउँदै
हुने हो के कुन्नी गति जगतको जान्दिनँ कठै ।
आज युगकवि सिद्धिचरण श्रेष्ठलाई ज्यादै क्रोधले आगो बलिरहेको छ । अन्याय र अत्याचारीहरू प्रति आक्रोसित भएर रगत उम्लिरहेको छ । त्यसैले हे कल्याणदायी मुमा यस्तो अन्याय र अत्याचारमा म कसरी चुप लागेर बस्न सक्छु र ? बरु मेरो टाउको काटेर त्यही नरमुण्ड मालामा उनी दिए हुन्थ्यो । बरु मेरो रगत पनि कोही कसैले पिइदिए हुन्थ्यो । बरु मेरो मासु पनि कसैले काँचै खाईदिए हुन्थ्यो । बरु मेरो प्राण पनि यमराजले अहिले नै लिएर गईदिए हुन्थ्यो । किनकि मुमा यहाँ अन्यायीहरूको बिगबिगी छ । अत्याचारीहरूले आफ्नो सीमा नाघिसकेको छ । म नै ईश्वर हुँ भन्ने पापीहरूको राज छ । जसलाई जे मन लाग्यो त्यही गर्ने चलन चलिसकेको छ । आफ्नै आमालाई बेचेर सम्पत्ति कमाउनेहरूको झुण्ड छ । आफ्नै छोरा छोरीहरूलाई कमारा लगाएर सुख खोज्नेहरूको बस्ती छ । आफ्नै धर्मपत्नीलाई काँचो मासुको व्यापार गर्न लगाएर भात खानेहरूको हात छ । यौटा मान्छेले अर्को मान्छेलाई बेचेर व्यापार गर्नेहरूको प्रथा छ । त्यसैले म निर्धो भएर कति दिन बाँचौं प्रभू ? बरु मलाई शक्ति देऊ, ताकि म कुजनहरूलाई ताकी ताकी मार्न सकौं । अन्यायी र अत्याचारीहरूलाई सदाका लागि भष्म पारौं । जननी तिम्रै रक्षाको लागि पापीहरूलाई आजै म किन अन्त्यष्टि नगरौं ?
हे ईश्वर ! मलाई आज महाबली बनाई देऊ । शत्रुहरूलाई पराजित गर्नका लागि मलाई कालभैरव बनाई देऊ । हे ईश्वर ! मलाई युद्धका लागि यौटा खड्ग पठाई देऊ । रगतको सिन्धूटर्नका लागि ढुङ्गाको मुटु बनाई देऊ । आज महासंग्राममा जानु छ । भय र संकटलाई सदाका लागि हटाउनु छ । त्यसैले हे जगत जननी माता मलाई दया गर । मलाई माया गर । मेरो बिन्ति छ । तिम्रो विश्वरूप दर्शन गरेर म महासंग्राममा जान सकौं । दुष्ट र पापीहरूलाई एकै साथ चिहान खनेर गाड्न सकौं ।
मुमा ! काटी मेरो शिर पनि कि मालाबीच उन
कि ता देऊ मेरा बलहरू मार्छु कुजन ।
म के बाँचूँ निर्घो भई रगतको सिन्धू नतरी
म छोरा हुँ हेरुँ बिन्ति छ मुमाको मुख पनि ।
फलाममा खिया लाग्नु स्वभाविक हो । त्यसैले फलामको खुकुरीलाई समय समयमा चलाई टल्काएर राख्नु पर्छ । अनि खिया लाग्न छोड्छ, होइन भने यो मासुको पुतली सधैं कसरी अड्न सक्छ ? हो, खुकुरीको काम विच्छेद गर्नु हो । टुक्रा–टुक्रा पारेर अल्याउँनु हो । त्यसैले कुमनुजहरूलाई यो खुकुरीले किन नकाट्औँ ? किन नमारौँ ? जहाँ मान्छे भएर पनि दानवको रूप लिन्छ । जहाँ यौटा मान्छेलाई अर्को मान्छेले खाल्डोमा हालेर जिउँदै पुर्न खोज्छ । त्यस्ता कुमनुजहरूलाई यौटा वीर योद्धाले खुकुरीले नमारे अरु के ले मार्छ ? त्यसैले आमा म तिम्रो छोरो हुँ । पर पर बसेर म के मात्र हेरि रहुँ । अन्याय र अत्याचारीहरूको शासन मैले कति सहेर मात्र बसौं ? यौटा मान्छेलाई अर्को मान्छेले कुल्चेको म कति मात्र हेरेर बसौं ? त्यसैले मान्छेको यो जुनीमा लोक कल्याणका लागि मैले पनि केही गर्नै पर्छ । होइन भने बाँच्नुको अर्थ के छ र ? आपैmले आपैmलाई खुकुरीले छप्काएर आत्महत्या गरे भै हाल्यो नी ? जब आफ्नो आँखाले नदेखे पछि, जब बाँचेर पनि मुर्दा जस्तो जिउँदो लाश भए पछि, जब पापीहरूलाई नै साथ दिए पछि, जब सत्यवादी भएर असत्य काम गरे पछि, बाँकी जीवन के को लागि हो ? मान्छे भएर बाँच्नुको अर्थ अरु के नै बाँकी छ ?
नकाट्ता लोहाको खुकुरी पनि ता जान्छ खिइँदै
भने यो मासुको पुतली कसरी अड्छ सधैं ।
म मारुँ काटूँ यो कुमनुज कि आपैm मरिदेऊ
म तिम्रो छोरो हुँ पर पर भई के बसिरहुँ ।
संसार अनित्य छ । यहाँ जन्म भएका सबै प्राणीहरू एकदिन मर्नु छ । यो जन्मको उपहार हो । नदीको किनारामा बसेर चीरनिद्रामा सुत्नु पर्छ । जति बोलाउँदा पनि नसुने, जति चलाउँदा पनि नउठ्ने, जति चिच्याउँदा पनि नरिसाउने, जति रुँदा पनि दया नलाग्ने यो कस्तो चिरनिद्रा हो । जसको शरीरमा आत्मा छैन । हे जगत जननी माता तिमी दनदनी आगो बलि रहेको चित्तामा पनि किन फन फनी घुमिरहन्छौं ? जिब्रोले स्वाद लिई लिई चट्चट् चाट्दै किन सधैं मस्त भई रहन्छौं ? हे भवानी कल्याणी जगत जननी माता विजया तिमीले जगतलाई किन सधैं उद्धार गर्न चाहन्छौं ? समयले पातहरू झरिसके पछि मात्र किन ऋतुपत्ति वसन्त आउने गर्छौं ? त्यसैले मुमा यो जलिरहेको चित्ताले पनि किन न्याय मागिरहेछ ? दनदनी आगो बल्दा बल्दै पनि किन मुमालाई खोजिरहेछ । मीठो स्वादले जिब्रो पड्काई पड्काई आज तिमीले किन स्वादिष्ट मानी खायौं ? सत्यको जीत हुने छ भनी तिम्रो नाम विजया कसले राख्यौं ? हे दुर्गे भवानी ! यो जगतमा अन्याय र अत्याचारीहरूलाई नाश गर्नका लागि फेरि पनि विजया दशमी आउनु पर्छ ।
तिमी घुम्छ्यौ बल्दो दनदन चित्ताबीच बहुधा
झिकी जिह्वा चाट्छ्यौं चट्चट् सधैं मस्ति बढिया ।
भवानी कल्याणी जगत जननी माता विजया !
नझारी पत्ता के ऋतुपति केही आउँछ यहाँ ।
हे जगत जननी आमा ! हामीहरू जति जति खराब भएर गयो उति उति नै धेरै पशुपन्छीहरूको बध गर्यौ । किनहोला मानिस विवेकशील प्राणी भएर पनि किन विवेक गुमाएको होला ? जिब्रोको स्वादको लागि रगत र मासु मात्र किन खाएको होला ? त्यसैले आमा हामीलाई एकचोटी माफ दिनु पर्छ । नाबालक सम्झेर हामीलाई क्षमा दिनुपर्छ । जसले जीवनमा भूल गर्छ उसले त्यही कुराहरू बारम्बार दोहो¥याउनु हुँदैन । नत्र माफी मागेको अर्थ माटोमा मिल्ने छ । ईश्वरले क्षमादान दिएको वचनले तिमीलाई पोल्ने छ । मुमा यो जीवन बनाउनु छ भने क्षमा मागेर सकर्ममा लाग्नु पर्छ । होइन भने ती अधर्मीहरूको सेखी नझारेसम्म हामी बाँचेर पनि बाँचेको जस्तो कसरी हुन सक्छ ? चाहे लुछेर होस् वा काटेर होस् सबलाई क्षय गर्नु छ । यो सुन्दर अनि विशाल तपोभूमिमा अधर्मीहरूलाई नाश गरी जनजनमा मान्छेहरू बचाउनु छ ।
मुमा ! माफी पाऊँ जति जति खराबी हुन गयो
नजान्दामा आमा फगत पशुपन्छी बध भयो ।
नझारी सेखी ती अधर्महरूको ज्युनु कसरी
लुछी, काटी , मारी सब क्षय गरुँ हुन्छ जसरी ।
हे भवानी माता ! आज तिम्रो विशेष पूजा–आजा गर्नका लागि थालीमा यो छाती छ । अलिकता रगत छ । अलिकता जल छ । अलिकता पुष्प छ । अलिकता जवानीको बत्ती छ । अलिकता कुजनहरूको मासु राखेर बनाएको नैबैद्य छ । त्यसैले आज भवानीलाई पूजा गर्नका लागि बत्ती बालेर रगतको टिका लगाई शुद्ध मनले मनोकामना पूरा गरिदिनका लागि विशेष प्रार्थना छ । पूजाको सामाग्रीहरू सबै ईश्वरलाई चढाएर वरदानको लागि याचना गर्ने छ । हे भगवान् ! तिम्रो गुणगान म कसरी गाऊ । यो धरतीमा जन्मेदेखि तिम्रो पाऊमा यो शरीरलाई चढाउन पाऊ । तिमै्र सृष्टिमा रमाएका हामीहरू तिमीभित्र नै समाहित भएर यो जीवन बिताउन पाऊ । त्यसैले प्रभू यो भवसागरमा समस्यै समस्या छ । तिम्रो भक्तिभावले मात्र यो जीवनमा उद्धार हुन सक्छ । यो दुःखी जीवनमा तिम्रो सुदृष्टिले जूनी जूनीसम्म मान्छेले मुक्ति पाउन सक्छ । हे भवानी ! हामीलाई दया र माया राखी रक्षा गरी देऊ । यो संसारबाट रक्त पिपासुहरूलाई सदाका लागि अन्त्य गरि देऊ । हे भवानी माता ! आज तिम्रो विशेष पूजा गर्दै छन् । न कहिले हिजो गरियो न कसैले भोलि गरिने छ । यो त आजसम्म कसैले नगरेको पूजा युगले भवानी मातालाई प्रसन्न पार्न गर्दैछन् ।
बन्दुक नरसंभारको प्रतिक हो । राम्रा बन्दुकहरूले ड्वाङ्ग ड्वाङ्ग आवाज आउने गरी शत्रुको प्रतिकार गर्ने छ । ज्यानको अस्तित्वलाई सदाका लागि मेटिने गरी गोली लागेर मर्ने छ । यौटा मान्छेले अर्को मान्छेको ज्यान लिएर लाश माथि हिँड्ने छ । आखीर युद्ध न हो । युद्धमा सबै कुराहरू जायज हुन सक्छ । आपूmले बैरीलाई मार्नु पर्छ । नत्र बैरीले आपूmलाई मार्ने छ । आपूmले बैरीको रगत पिउन सक्नु पर्छ । नत्र बैरीले छाला काटेर आफ्नै रगत पिउने छ । त्यसैले यस्ता नरसंभारहरू यो जूनीमा मात्र होइन जूनी जूनीसम्म पनि कहिल्यै नहोस् भन्नाका लागि हे दुर्गे भवानी माता ! तिमी अन्याय र अत्याचारीहरूको मनमा पसेर कालरात्रीको डर देखाई देऊ । ताकी तिनीहरूले पनि अन्याय र अत्याचारको कर्म छोडेर सत्कर्ममा लाग्न सकोस् । त्यसैले आज ईश्वरको खुशीको लागि थालीमा रगत मात्र होइन नैवैद्यमा कुजनसमेत राखेको छु । युगौं युगमा कहिल्यै पनि नहुने पूजा आज हे दुर्गे भवानी माता तिमीलाई मैले गर्दैछु ।
छ थाली यो छाती, रगत, जल, उत्साह सुमन
जवानीको बत्ती, सहित अनि नैवैद्य कुजन ।
चलाई ड्वा्ङ्ग ड्वा्ङ्ग ती असल बढिया बन्दुकहरू
म तिम्रो पूजामा अब अघि सरेँ है खुशी रहूँ ।
युगकवि सिद्धिचरण श्रेष्ठले प्रस्तुत विजया कविता वि.सं. १९९७ साल विजया दशमीका दिन रचना गरेको देखिन्छ । हुन त विजया आपैंmमा विजया हो । न्याय हो । समानता हो । त्यसैले हाम्रो समाजमा चल्दै आएको अमानवीय व्यवहार माथि आक्रोसित भएर कविवरले नरसंहारका कुरा मात्र होइन आफ्नै टाउको काटेर नरमुण्ड मालामा उनी दिनका लागि शिर छेदेन गर्न अनुमति दिँदैछन् । आपूm निर्धा भएर होला दुर्गे भवानी मातासँग रगतको नदी तर्नका लागि शक्तिको आराधना गर्दैछन् । आज विशेष पूजाआजा गर्नका लागि पूजाथालीमा अविरको सट्टा रगत छन् । नैवैद्यमा कुजनको मासु राखेर दुर्गे भवानी मातालाई अत्याचारीहरूलाई नाश गर्न विशेष साधना गर्दैछन् । त्यसैले युगले मागेको न्याय पाउनका लागि अन्यायीहरूलाई हटाउन आवश्यक ठानी युगकवि सिद्धिचरण श्रेष्ठले आज कसैले पनि पूजा नगरेको महापूजा गर्न खोज्दैछन् । घोर तपस्या गरी यौटा सुन्दर र सभ्य मानिसहरूको देश बनाउन खोज्दैछन् ।
प्रकासित मिति २०७८–६–२२
फेसबुकबाट तपाईको प्रतिक्रिया