वित्तीय क्षेत्रमा लगानीकर्ताको क्रेज, नेप्से ७.७३ अंकले बढ्यो

बिजनेसपाटी १६ भदौ

आज बिहिबार नेप्से ७.७३  अंकले बढेको छ । आज कारोबारमा आएका १४४   कम्पनीका १७ लाख ९९ हजार ५  सय ११  कित्ता  सेयर खरिद बिक्रि भएका छन् ।  करोबारमा आएका मध्ये कमर्सियल बैंक, विकास बैंक,  फाइनान्सको सूचक बाहेकका सबै सूचक घटेका छन्  । आज  कुल १ अर्ब ३५  करोड ४३ लाख ७८  हजार  रुपियाँ कारोबार भएको छ  ।

आज इन्भेस्टमेन्ट बैंक लिमिटेडको मात्रै  ११ करोड बराबरको कारोबार भएको छ । अन्य बढी कारोबार हुनेहरुमा नेपाल बंगलादेश बैंक, माछापुछ्रे बैंक लिमिटेडम नेपाल लाइफ इन्स्युरेन्स कम्पनी लिमिटेड, एनएमबी बैंक लिमिटेड रहेका छन् ।  बढी कमाउनेमा शाइन रेसुंगा डेभलपमेन्ट बैंक लिमिटेड, त्रिवेणी विकास बैंक, अरनिको डेभलपमेन्ट बैंक लिमिटेड, गुडविल फाइनान्स कम्पनी लिमिटेड, मितेरी डेभलपमेन्ट बैंक लिमिटेडका लगानीकर्ता रहेका छन् ।  बढी गुमाउनेमा  अपि पावर कम्पनी लिमिटेड, कोस्मोस डेभलपमेन्ट बैंक लिमिटेड, प्रोग्रेसिभ फाइनान्स लिमिटेड, वोमी माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड, , सिन्धु विकास बैंक लिमिटेडका लगानीकर्ता रहेका छन्  ।

फेसबुकबाट तपाईको प्रतिक्रिया