विदाको दिन पनि बैंक वित्तीय संस्था खोल्न राष्ट्र बैंकको निर्देशन, खुल्लान् त बैंकबित्त?
बिजनेसपाटी १४ मंसिर ।
नेपाल राष्ट्र बैंकले निर्वाचनलाई लिक्षत गर्दै विदाको दिन पनि बैंक तथा वित्तीय संस्था खोल्न निर्देशन दिएको छ । सरकारले शनिबार
र आइतबार सार्वजनिक विदा दिए पनि चुनान हुने जिल्लामा बैंक वित्तीय संस्था खोल्न निर्देशन दिएको हो । राष्ट्र बैंकले दोस्रो चरणको निर्वाचन हुन बाँकी ४५ जिल्लामा मंसिर १६ र १७ गते बैंक तथा वित्तीय संस्था खोल्न दिर्नेशन दिएको हो । नेपाल राष्ट्र बैंकले निर्वाचनलाई लिक्षत गर्दै विदाको दिन पनि बैंक तथा वित्तीय संस्था खोल्न निर्देशन दिएपनि बैंक तथा वित्तीय संस्थाहरुले भने खोल्ने नखोल्ने आधिकारिक धारणा सार्वजनिक गरेका छैनन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया