विदुर घिमिरेको नयाँ सांगीतिक कोशेलीहरु आउँदै

विजनेसपाटी सम्बाददाता
काठमाण्डौँ २६ आषाढ
सदावहार युवा गायक विदुर घिमिरेको सांगीतिक कोशेलीहरु आउने क्रम जारी छ । यसैबीच घिमिरेको नयाँ कोशली ‘ओ साथी रे.’, ‘जति सक्छौ धेरै कमाएर हेर’ र ‘सम्झना गाढा छ’ एकै पटक बजारमा आउने तयारीमा छन । पप तथा आधुनिक गजल गीतहरुको रुपमा बजारमा आउन लागेका यी गीतहरु भिडियो सम्पादन तथा थोरै छायाङकन पनि बाँकी रहेको गायक विदुर घिमिरेले बताए । हिजोआज प्रोगाम तथा प्रचार प्रसारमा निकै ब्यस्त रहेका गायक विदुरले यस अघि ‘म मरेर तिमिलाई’, रुन सजिलो कहाँ छ र ’ जस्ता कर्णप्रिय गीतले उनलाई बजारमा राम्ररी चिनाइसकेको छ । सफलताको सिढीमा चढदै गरेका गायक विदुरको आँउदै गरेको नयाँ सांगीतिक कोशेलीलाई विजनेसपाटी परिवार सफलताको कामना समेत गर्दछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया