विदेश बसेर फेसबुक, ट्वीटरमा जथाभावी लेख्नुहुन्छ ? अब कडा कारवाही हुने
काठमाडौं, ७ असार
नेपाल प्रेस काउन्सिलले विदेश बसेर नेपाली प्रयोगकर्ताले चलाउने फेसबुक, ट्वीटरको अनुगमन गर्ने भएको छ ।
प्रेस काउन्सिल ऐनको मस्यौदामा राष्ट्रय, राष्ट्रियता, व्यक्ति, समुदाय, जात, धर्म, इज्जत प्रतिष्ठानमा आँच पुर्याउने प्रवृत्तिको अनुगमन गर्ने प्रस्ताव गरिएको छ ।
विदेशमा बसेर सामाजिक सञ्जालमार्फत् नेपालबारे जभाभावी लेख्नेलाई अनुगमन गरी कारवाही गर्ने भएको हो ।
छापा तथा विद्युतीय सञ्चारमाध्यमको रेकर्ड राख्ने, सञ्चारमाध्यम, सञ्चारकर्मीबारे केही उजुरी परे अनुसधन गर्ने गरेको काउन्सिलले ऐनमा नयाँ व्यवस्था गर्न लागेको हो ।
विदेशमा बस्ने नेपालीले जथाभावी लेख्ने, जात, धर्म, संस्कृतिमा खलल पुग्ने लेख्ने गरेको भन्दै ऐनमा नयाँ विषय थप्न लागिएको । नागरिक दैनिकमा समचार छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया