विद्युतीय सवारीको युगमा नेपाल

केडिबि राउत क्षत्री

विगतमा २० वर्ष पुराना गाडी सहरी क्षेत्रमा चल्न चलाउन नदिने आदेश सरकारी निकायले पटक पटक गरेको सर्वज्ञात नै छ । समय कालव्रmमणिकाको परिवर्तन सँगै भविष्यमा पेट्रोल–डिजेलबाट चल्ने गाडीहरु पनि संचालनमा निषेधित हुँदै जाने तथ्य उजागर हुँदै गएका छन् । अबको भविष्य विद्युतीय सवारीको हुने निश्चितै छ । विद्युतीय सवारी साधनको माग संसारभरि बढ्दो छ । पेट्रोल–डिजेल नचाहिने –धुँवा प्रदुषण नफाल्ने विजुली गाडी पारखीको रोजाईमा परेको छ । वातावरणीय ध्ययमा यस्तो गाडी उपयोगी मानिएको छ । फोलिस फ्युलबाट चल्ने गाडी उत्पादन गर्ने अटोमोवाईल्स कम्पनी पनि विद्युतीय सवारीतर्फ लगानी गर्न थालेका छन् । भारत, चीन, युरोपेली देश लगाएत नै २०३० पछि पेट्रोल र डिजलका गाडी उत्पादन बन्द गर्ने घोषणा गरीसकेका छन् ।

नेपाल आफैले कुनै पनि स्तरका गाडी उत्पादन गर्दैन मात्रै हैन, त्यसमा प्रयोग हुने डिजेल–पेट्रोलका खानी भण्डार छन् भन्ने सम्बन्धित निकायको कथन छ, तर उत्खनन नभएकाले साउदी अरब लगायतका देशहरुबाट आयात गरेर करिब २ खर्व रु. बराबरको इन्धन नेपालमा खपत भएर सडकमा प्रयुक्त साधन र इन्धनको खर्च सबै विदेशिन्छ । फोसिल फ्युलबाट चल्ने गाडी उत्पादन बन्द गर्ने घोषणा समय सीमा तोकेर गरीसकेकोले नेपाललाई विद्यूतीय गाडीमा जानुको विकल्प छैन । राष्ट्रपति विद्यादेवी भण्डारी र उर्जामन्त्री वर्षमान पुनले विद्युतीय सवारी प्रयोग गरीरहेका छन् । फोसिल फ्युलबाट चल्ने गाडीबाट निस्कने धुँवाका कारण हुने वायु प्रदुषण घटाउन आम नेपालीलाई प्रेरणा दिने उद्देश्यले राष्ट्रप्रमुखले विद्युतीय गाडी खरिद गरेको राष्ट्रपति कार्यालयको सूचना श्रोतले बताउँछ । सरकारले पनि विद्युतीय सवारी प्रवद्र्धन गर्ने निति अवलम्बन गरेको बताउँछन् । सवारी निती अनुसार सन् २०२० सम्ममा विद्युतीय सवारी २० प्रतिसतभन्दा बढी पुरयाउने लक्ष्य छ । सरकारले विद्युतीय सवारीमा १ देखि १० प्रतिशत सम्म मात्र भन्सार शुल्क लिँदै आएको छ । फोसिल फ्युलबाट चल्ने सवारीमा २३० प्रतिशत सम्म भन्सार शुल्क छ । सरकारको विद्युतीय सवारी प्रवद्र्धन गर्ने नितिका बावजुद पनि लागत मूल्य बढी छ । लक्ष्य हासिल गर्न सरकारले ठुला गाडीमा अनुदानको व्यवस्था गर्न आवश्यक छ । यस्तो व्यवस्था लागु गर्न सकिए सरकारको लक्ष्य पूरा हुने छ । राष्ट्रप्रमुख र उर्जामन्त्रीले मात्रै विद्युतीय गाडी चढेर पुग्दैन । सम्पूर्ण देशवासिका लागि विद्युतीय सवारी चढ्ने वातावरण सिर्जना गर्नुपर्छ । समृद्ध नेपाल–सुखी नेपालीको नारा साकार पार्न “विद्युतीय सवारी” लाई प्राथमिकतामा राख्नुपर्छ ।
सरकारले विद्युतीय सवारी चलाउने निर्णय गरेमा कसैको पनि रोजीरोटी खोसिन्न । विदेशि कम्पनीले उत्पादन गरेका गाडी नेपालमा विक्री हुनेहो । अधिकांश कम्पनीले विद्युतीय सवारी उत्पादन गर्छन ।

विद्युतीय सवारीको विक्री वितरण गर्न कसैलाई मर्का पर्दैन । यसले आगामी पुस्ताको भविष्य सुरक्षित राख्छ । गत महिनामा भृकुटीमण्डपमा जारी १३ औं नाडा अटो सोमा चार कम्पनीले विद्युतीय कार सार्वजनिक गरेका थिए । हुन्डाई गाडीको नेपालका लागि आधिकारीक वितरक लक्ष्मी ईन्तरकन्टिनेन्टले आयोजित महिन्द्र गाडीको नेपालको आधिकारिक वितरक अग्नी ईन्कर्पोरेट इभिटारो टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदि टे«डिङले “टिगोर ईमि” र “रेनेको नेपाल” का लागि आधिकाररिक वितरक एडभान्स अटोमोवाईलले सार्वजनिक गरेका छन् । हुन्डाई, टाटा र रेनोले पहिलोपटक नेपाली बजारमा विद्युतीय सवारी ल्याएका छन् । महिन्द्राले यस अघिनै दुईवटा सवारीप्रति ग्राहकको बढदो रुचीलाई सम्बोधनगर्न टिगोर ईभी बजारमा ल्याइएको हो । यी बाहेक नेपाली बजारमा क्रियाशिल र वीवाइृडीले चारपाङग्रे विद्युतीय सवारी विक्री वितरण गर्दै आएका छन् । रु.२१ लाख देखि ६० लाख सम्म नेपालमै विद्युतीय सवारी खरिद गर्न सकिन्छ । भीमोटा, एभोन, टेर्रा, प्राइम, विजनेस, फेरा लगाएत २० भन्दा धेरै दुई पाङग्रे सवारी नेपाली बजारमा उपलब्ध छन् । तिनमा कोल्ड मोड, डबल डिक्स, मोबाईल चार्ज पोर्ट लगाएत सुविधा रहेको कम्पनी बताउछन । यी गाडीको मूल्य रु.९० हजार देखि २ लाख ६० हजार सम्म तोकिएको छ । सबै व्रान्डका स्कुटर विभिन्न वाटमा उपलब्ध छा् । वाट अनुसार सुविधा र मूूल्य फरक फरक हुने व्यवसायी बताउछन् । वाटका आधारमा स्कुटरको गति माइलेज फरक हुने गर्छन । स्कुटरले ९० किलोमिटर देखि १८० कि.मि.सम्म माइलेज दिने कम्पनीका प्रतिनिधि बताउछन् । पछिल्ला दिनमा विद्युतीय सवारी खरिद गर्ने ग्राहकको संख्या बढदो छ । “नाडा” का अध्यक्ष भन्छन् विद्युतीय युगको प्रारम्भ भैसकेको छ । विद्युतीय गाडी आवस्यकता भैसक्यो । ग्राहक देखि वितरक सबैको रोजाईमा विद्युतीय सवारी परेको छ । अन्य कम्पनील्े पनि क्रमिक रुपमा विद्युतीय सवारी भित्रयाउनेछन् । अनुभवी भन्छन विद्युतीय सवारीले वातावरण बचाउनुका साथै मुलुकको व्यापार घाटा न्युनिकरण गर्न सहयोगी सिध्द हुनेछ । पेट्रोल र डिजेल नचाहिने भएपछि इन्धन आयातमै अर्बौं रकम देशको बाहिरीनबाट जोगिन्छ । विजुली नेपालमै उत्पादन हुन्छ । जलश्रोतमा विश्वमै दोश्रो देश भन्ने गर्छन् । नेपालको समृद्धिको आधारनै जलश्रोत, जडिबुटी पर्यटनलाई मुख्यतः लिइएको छ । प्रकृति प्रदत्त यी श्रोतलाई समुचित उपयोग गर्न सक्ता रामायणकालमा श्रीलंकालाई सुनैसुनको देश भनेझै नेपाललाई पनि एकाइसौं बाईसौं शताब्दिमा सुवर्ण देश भन्न सक्लान ।
पेट्रोलियम गाडिको तुलनामा विद्युतीय सवारी गाडिको सन्चालन खर्च सस्तो छ । पेट्रोल, मर्मत, सर्भिसिंग, क्लीच, गियर, मोविल, लगाएतको खर्च बचत हुन्छ । दीर्घकालिन सोच राख्नेका लागि विद्युतीय सवारी सस्तो छ ।

विलासिता र आरामको मामिलामा विद्युतीय सवारी फोसील फयुलका सवारी भन्दा कमजोर भएपनि यो महँगो हुने प्रयोगकर्ताको भनाइ छ । विद्युतीय सवारीमा प्रयोग हुने व्यट्रिका कारण लागत मूल्य महँगो भएको हो । व्यट्रिका विषयमा विभिन्न अनुसन्धान अन्वेषण भैरहेका छन् । बैज्ञानिकको सफलतासँगै विद्युतीय सवारीको लागत मूलय पनि घटी हुदै जान्छ । विद्युतीय सवारीमा विशेषगरी दुई प्रकारको व्यट्रिको प्रयोग हुन्छ । लिथिएम आयोन र लिड एसिड । लिड एसिड व्यट्रिबाट गुडने क्षमता र लागत मूल्य सस्तो छ । लिथिएम आयोनको शक्ति र मूल्य दुवै उच्च छ । परनिर्भर पेट्रोल भएको देश नेपालमा विद्युतीय गाडीको भविष्य उज्जल छ । विद्युतिय सवारी सन्चालनका लागि विद्युत चाहिन्छ । पर्याप्त मात्रामा राष्ट्रले विद्युत उपलब्ध गराउनुपर्छ । आवश्यकतानुसार विभिन्न ठाउमा विद्युतीय सवारी चार्जिङ स्टेशनहरु चाहिन्छन् ।
नेपालमा विद्युत उत्पादन प्रयाप्त हुदैछ । १८ वटा जलविद्युत आयोजनामा चिनियाँ लगानी भित्रिदै छ । यी आयोजनाहरुबाट तीनहजार एकसय आठ विजुली उत्पादन हुनेछ । आगामी १० वर्षमा १० हजार मेगावाट विजुली देशलाई चाहिन्छ । आगामी तीन वर्षमा तीन हजार मेगावाट विजुली उत्पादन गर्ने लक्ष्य सरकारले राखेको छ । नेपालमा उत्पादन हुने जलविद्युतको उच्चतम प्रयोग गर्न पनि विद्युतीय सवारी आवश्यक छ । ४५६ मेगावाटको तामाकोशी जलविद्युत आयोजनामा पूर्णरुपमा आएसँगै नेपाल विजुलीमा आत्मनिर्भर हुन्छ । हाल नेपालले वर्षयाममा १२० मेगाहर्ज र सुखायाममा ४५० मेगावाट विद्युत दैनिकी भारतबाट आयात हुदै आएको छ । तामाकोशी लगाएत परियोजना सँग नेपालमा खपतभन्दा विद्युत आपुर्ती धेरै हुन्छ । खेर जाने विद्युत यातायात र घराएसी एवं उद्योगहरुमा प्रयोग हुन्छ । जैविक इन्जिनबाट चल्ने सवारी साधनबाट निस्कने धुवाबाट काठमाण्डौ उपत्यका लगाएत मुलुकका सहरहरु प्रभावित छन् । वातावरण विभागको तथ्यांक अनुसार देशमा वायु प्रदुषणको स्तर राष्ट्रिय मापदण्ड भन्दा तेब्बर बढी छ । वायु प्रदुुषणमा ३८ प्रतिशत कारकतत्व सवारी साधनबाट निस्कने धुवा रहेको अनुसन्धानले देखाएको छ । पीएम २.५ भन्दा सानो धुलोका कणको श्रोत पेट्रोल डिजेलबाट चल्ने सवारी साधनको धुवाँ नै हो । तसर्थ निजी सवारी लगाएत सार्वजनिक यातायातमा पनि विद्युतीय सवारीको प्रयोग गर्नुपर्छ । सरकारले प्रोत्साहन गर्नुपर्छ , भन्सार छुटका साथै अनुदान पनि दिनुपर्छ ।

चीनबाट खरिद गरेर ल्याउन लागिएको विद्युतीय गाडीको मूलय तीन करोड रु सम्म छ । सरकारी स्तरमा विद्युतीय सवारी साधन प्रयोग गर्ने राष्ट्रिय योजना आयोग हो । गतवर्ष पुसमा आयोगका उपाध्यक्षले चिनिया कम्पनी सँग ५५ लाख रु.मा विद्युतीय गाडी खरिद गरेका थिए । पूर्वराजा ज्ञानेन्द्र शाह पनि विद्युतीय कार चढछन् । उनीसँँँँँँँँग कियाको दुईवटा विद्युतीय कार छन् । पूर्व अर्थ सचिव खनाल विगत दुईवर्ष देखि विद्युतीय कार चढी रहेका छन् । यिनी कोरिएन अटोमोबाइल्स कम्पनी कियाको विद्युतीय सोल कार चढछन् । विद्युतीय सवारीको प्रयोग बढाउन धेरै व्यक्तिले आवश्यक पूर्वाधार निर्माणमा जोड दिइरहेका छन् । नेपालमा हाम पाँच हजारको हाराहारीमा विद्युतीय सवारी सन्चालनमा छन् । यस्को अधिकतम हिस्सा काठमाण्डौ उपत्यकाले ओगटेको छ । सबै निजी प्रयोजनका विद्युतीय सवारी हुन । दिउसोको समयमा सवारी चलाउने र रातको समयमा चार्ज गर्ने गरेका छन् । विद्युत प्राधिरकण र चिनिया कम्पनी बीवाईडी अटो सँग सहकार्य गरेर राजधानीका पाँच स्थान रत्नपार्क, सिंहदरबार, थापाथली, नक्साल र सीतापाईला मा विद्युतीय चार्जिङ स्टेशन स्थापना गरिएको छ ।
विद्युतीय सवारी सन्चालन सँगै विद्युतीय रेल मार्ग पनि निर्माणाधिन छ । भारतीय सिमावर्ति रक्सौल देखि काठमाण्डौ सम्म नया विद्युतीय रेल जोडने कार्य निर्माणाधिन छ । न्यु जालपाईगुडी काकडभिट्टा र नौतुनरह भैवा सम्म तथा सीमावर्ती नेपालगन्ज रेलमार्ग अघि बढने क्रममा छ । सीमा बजार रुपेडियाको नेपालगन्ज रोडबाट कोहलपुर सम्मको लिंक रेखांकन भैसकेको छ । रुपडिया स्थित रेल्वे स्टेशन र कोहलपुर सम्मको १८ कि.मि.दुरीमा रहेको छ । नेपालगन्जको पूर्वीक्षेत्र पिप्रहवा हुदै सिधै राझा सम्म लिंक रेखांकन भएको छ । सुखा बन्दरगाह निर्माण स्थल जयपुरबाट सिधै कोहलपुर सम्म रेल सेवा विस्तार हुनेवाला छ । सिध्दार्थ नगरदेखि काठमाण्डौ सम्म रेल नेटवर्क जोडिने भएको छ । बरौनी–काठमाण्डौ रेल्वे नेटवर्क ६० कि.मी. छ । रक्सौल –काठमाण्डौ विद्युतीय रेलमार्ग निर्माणले काठ–तराई द्रुतमार्ग दुई लेनको भएपनि पुग्ने देखिएको छ । वीरवन्जबाट काठमाण्डौ रेलमार्ग बनाउन निजगढ विमानस्थललाई प्राथमिकतामा राखिने भएको छ । सरकारले प्रस्तावित पूर्व पश्चिम रेलमार्गमा भारतको सिलुगढी हुदै वंगलादेशबाट आउने रेलको अन्तराष्ट्रिय लिंक पनि जोडिनेवाला छ । मेची महाकाली विद्युतीय रेलमार्ग परियोजना अन्तर्गत २० वर्ष भित्रमा ४ हजार किलोमिटर रेलमार्ग निर्माण गर्ने लक्ष्य छ । दशवर्ष भित्र १५०० कि.मि. र ५ वर्ष भित्र ७५० कि.मि. रेलमार्ग निर्माणको योजना छ । मेची महाकाली विद्युतीय रेलमार्गको सिलान्यास २०७१ सालमा भएर काम सून्य छ । वर्दिवास सिमरा खण्डको कामपनि तिव्रमा छैन ।

जनकपुर जयनगर व्रोडगेज रेल सन्चालनमा आईसकेको छ । वजनाहसम्म मालवस्तुको रेल आइसकेको छ । विराटनगर कटहरी सम्म आउदै छ । कलकत्ताबाट विराटनगर भन्सारसम्म टे«लरमा कन्टेनरलोड आउदासम्म रेलमार्ग हुदै मालवस्तु ढुवानी गर्दा ४० प्रतिसत ढुवानी भाडा घटी लाग्छ । राष्ट्रिय गौरवको योजना अन्तर्गतको मेचीमहाकाली रेलमार्गलाई चारखण्डमा बुटवल, लमही, लमही कोहलपुर, कोहलपुर सुख्खड, सुख्खड गडडाचौकी गरी चारभागमा कार्य अगाडी बढीरहेछ । मेची महाकाली ९४५ कि.मि., १८७ कि.मि काठमाण्डौ, ७३ कि.मि.को दुवै लिंक जोडने भरतपुर आवुखैरेनी गरी १३१७ कि.मि. विद्युतीय रेल निर्माणको कार्य जारी छ । बुटवल–सिमरा–बर्दिवास खण्डको निर्माण जारी छ । यसै वर्ष चिनियाँ रेल केरुङ आएपश्चात काठमाण्डौ आइपुग्ने चिनियाँ रेललाई पोखरा चितवन हुदै लुम्बिनी पुरयादैछन् । वि.सं. २०८० भन्दा पहिलेनै काठमाण्डौमा रेल आइपुग्ने जनविश्वास छ ।

प्रकाशित मिति

२०७५-७-२४

फेसबुकबाट तपाईको प्रतिक्रिया