विद्युतीय सवारी खरिदमा ६० प्रतिशत ऋण पाइने

काठमाडौं १५ फागुन, २०८१ । विद्युतीय सवारी साधनको खरिदमा अब ६० प्रतिशत मात्र ऋण पाइने भएको छ । पहिले दिँदै आएको बजारमूल्यको ८० प्रतिशत ऋणबाट एकाएक २० प्रतिशत घटाएर ६० प्रतिशतमा झारेको छ । बैंक तथा वित्तीय संस्थाबाट ऋण लिँदा अब विद्युतीय सवारीसाधन खरिदका लागि सवारीको मूल्यको अधिकतम ६० प्रतिशतसम्म मात्र कर्जा पाइने भएको छ।
विद्युतीयबाहेकका अन्य व्यक्तिगत सवारीसाधन खरिदका लागि दिइने ऋणमा भने १० प्रतिशतले वृद्धि भएको छ । विद्युतीय बाहेकका सवारीसाधनमा यस अघि ५० प्रतिशत ऋण दिँदै आएकोमा अब भने ६० प्रतिशत पु¥याइएको छ ।
विद्युतीय सवारीसाधनको आकर्षण बढाउनका लागि पहिले ८० प्रतिशत ऋण दिँदै आए पनि अहिले भने सो दरबाट घटाएर ६० प्रतिशतमा झारेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया