विद्युत् महसुल नतिर्ने ग्राहकको लाइन काटेर एक करोड १७ लाख असुल

काठमाडौँ ८ पौष

कावासोती-नेपाल विद्युत् वितरण केन्द्र, कावासोतीले विद्युत् महसुल नतिर्ने ग्राहकको लाइन काटेर एक करोड १७ लाख ९४ हजार एक सय १५ रुपैयाँ असुल गरेको छ ।

पाँच महिनाको अवधिमा कावासोती केन्द्रले पाँचसय ६२ ग्राहकको लाइन काटेको छ। हुकिङ गरी विद्युत् चोरी गर्ने ६ सय ४९ जनालाई कारबाहीसमेत गरेको नेपाल विद्युत् वितरण केन्द्र कावासोतीका प्रमुख उमेशप्रसाद यादवले बताए। मिटरबाट चुहावट गर्ने ग्राहकबाट मात्रै ६ लाख नौहजार दुईसय ५७ रुपैयाँ असुल गरेको यादवले बताए।विद्युत् वितरण केन्द्र कावासोतीले आफ्नो क्षेत्रभित्र चुहावट कम गराउन अभियान थालेपछि अनियमित तरिकाबाट विद्युत् प्रयोग गर्ने निरुत्साहित भएका छन् । रासस

फेसबुकबाट तपाईको प्रतिक्रिया