विपदमा गाँउ जानेहरुले बुज्नु पर्ने!

अरुण कार्की
चीनको वुहान प्रान्तबाट सुरु भएको COVID-19 आज विश्ववापी रुपमा डढेलो झैँ सल्किरहेको छ।  यसले हालसम्म नेपालमा कुनै क्षेति गरेको छैन तर हामी अछुतो रहन्छौ भन्ने पक्कै होइन। कुनै पनि विपद पुर्व सूचना दिएर आउदैन।  यसको सबै भन्दा उतम विकल्प भनेको आफ्नो लागि आफै सावधानी र सचेत बन्नु हो। सामाजिक हितमा समर्पित हुनु पर्ने सामाजिक संजाल फेसबुक, युटुव का प्रयोगकर्ताको केहि गिरोह हाम्रो मुलुकमा यस मार्फत यसरी अफवाह फ़ैलाइदै छन् कि मानौ नेपालमा कोरोना भाइरस तिनीहरु दुत बनेर आएका हुन्। विश्ववापी रुपमा यसको सक्रमण तिव्र गतिमा फैलिरहेको अवस्थामा सरकारले यसको सबै भन्दा राम्रो उपाय भनेको घरमै बस्नु,भिडभाडमा नबस्नु, सकेसम्म आकस्मिक बाहेको काममा बाहिर ननिस्किनु, बाहिर जानै परेको खण्डमा माक्स प्रयोग गर्नु, प्रर्याप्त मात्रमा हात धुनु, केहि दुरी कायम गरेर एक अर्को बीचमा कुराकानी गर्नु भनेको छ।
हामी भने यसरी दौडिन थालेका छौ, मानौ उपत्यकामा माहामारीले अन्तिम चरण पुर्यासकेको छ।  स्वास्थ्य, खाद्यान्न लागायतका आधारभुत आवस्यकताहरु नियन्त्रण बाहिर पुगिसकेको छ। हामीले कहिलै पनि गाउघरको बारेमा सोचेनौ।  गाउघरमा खेतिपाती गर्न गाह्रो भयो, छोरा छोरीको शिक्षाको लागि भनेर, समग्रहमा भन्नु पर्दा सुविधा भोगी भएर गाउमा बुढा बुबा आमालाई चटकै छाडेर शहर पस्न थाल्यौ। श्रीमान रोजगारीको सिलसिलामा परदेश छिरेको केहि महिनामा श्रीमतीहरु गाउ छाड्न हतारिन्छन अनि अन्तमा न रह्यो बास नबज्यो मुरली जस्तै भको अहिलेको एउटा सामाजिक ज्वलन्त उदाहरण हो । सबै विपदले जोखिम बोकेर औछन् तर यो बुझ्नु जरुरी छ कि सबै जोखिम एकै खालका हुँदैनन्। जसरी अहिले गाउबाट काठमान्डौ आई अस्थाई बसोबास गर्ने मान्छेहरु गाउ जाने चटारोमा छन्।  उनीहरु बिना स्वास्थ्य परिक्षन सकी नसकी कोचाकोच गरेर घर जादै छन्।  यो महामारीले सबै भन्दा बढी सक्रमण गरेको भनेको माथिल्लो उमेर समुहकालाइ छ। हाम्रो गाउघरमा बुढा बुबा आमाहरु मात्र हुनुहुन्छ।
तथाकथित यदि कसैमा संक्रमण रहेछ भने यसले सारा गाउलाई सखाप पार्ने निश्चित छ त्यहाँ स्वास्थ्य उपचारको उचित प्रबन्ध छैन। कोरोना को बिरामी भन्यो भने एम्बुलेन्स लिन आउन नमान्ने अवस्था छ त्यसैले भिडभाड गर्न नहुने बेलामा भिडभाड गरेर घर जानु भनेको जोखिमबाट जोगिनु नभई अर्को एउटा ठुलो जोखिमलाइ निम्ता दिनु र जोखिम लिएर जानु हो। हामीले हत्तारमा आतिएर लतार गर्ने भन्दा पनि विवेकले काम गर्ने र आफु र आफ्नो परिवारको बारेमा सोच्नु पर्छ। त्यसैले हामी अहिले जहाँ छौ त्यहि सुरक्षित तरिकाले बसौ।  विपदमा मात्र गाउ सम्झने परिपाटीलाई त्यागौ। गाउमा पुर्वद्दार निर्माण गर्ने पनि सबै मिलेरनै हो नकि यसको विकल्पमा गाउ छोड्ने।”जननी जन्मभूमि स्वर्ग्दिप गरियसी”
published date: 2076-12-10

फेसबुकबाट तपाईको प्रतिक्रिया