विप्लब माओवादीको बन्दले जनजीवन प्रभावित

काठमाडौं २७ जेठ ।

नेत्रबिक्रम चन्द विप्लब नेतृत्वको माओवादीले आयोजना गरेको बन्दका क्रममा आज  एउटा ट्याक्सीमाथि तोडफोड भएको छ  । कोटेश्वरमा बा १ ज ८२०६ नम्बरको ट्याक्सीमा चालक भित्रै रहेका बेलामा बन्दकर्ताले आगजनी गरेको प्रहरीले जनाएको छ ।
बिहान कलंकी जान ट्याक्सी रोकेका दुई जनामध्ये एकले वार्गेनिङ गरेको र अर्को व्यक्तिले ट्याक्सिमा पेट्रोल खनाएर आगजनी गरेको प्रहरीले जनाएको छ । आगो लाग्न सुरुगरेसँगै चालक बाहिरिएका थिए  भने आगजनीका कारण ट्याक्सीमा क्षति पुगेको छ ।  बन्दका कारण सवारीसाधान चल्न सकेका छैनन् । सवारी साधन नचल्दा गन्तव्यमा पुग्ने सर्वसाधारण समस्यामा परेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया