विविध कार्यक्रम आयोजना गर्दै जनता बैकले मनायो वार्षिकोत्सव

बिजनेसपाटी २३ चैत्र ।
आज शुक्रबारबाट जनता बैंक नेपाल लिमिटेड ८ वर्ष पुरा गरि ९औं वर्ष प्रवेश गरेको छ । यस अबसरमा बैकले ग्राहकवर्ग, शेयरधनी, नियमनकारी निकाय तथा शुभ चिन्तकहरु प्रति कृतज्ञता प्रकट गरेको छ । नवौं बर्ष प्रबेशको शुभ–अवसरमा बैकले समाज प्रतिको दायित्व पुरा गर्न विविध कार्यक्रमहरु आयोजना गरेको छ । बैकले आयोजना गरेको कार्यक्रमहरु निम्न छन् ।


१. प्रभातफेरी ः ९ औं वर्ष प्रवेशको अवसरमा आज चैत्र २३ गते विहान बैकले प्रभातफेरी सम्पन्न गरिएको छ । बैकिङ्ग साक्षरता सम्बन्धी चेतना मुलक ब्यानर र प्लेकार्ड सहित सम्पन्न भएको प्रफातफेरी कार्यक्रममा बंैक संचालक समितिका अध्यक्ष, संचालकहरु, र काठमाडौं उपत्यकाका शाखामा रहेका सबै कर्मचारीहरुको सहभागिता रहेको थियो । यस्तै प्रकारको प्रभातफेरी कार्यक्रम उपत्यका बाहिर रहेका अन्य शाखाहरुले पनि सम्पन्न गरेको बैकले जनाएको छ ।

२. निःशुल्क स्वास्थ्य सिविर ः बार्षिककोत्सवको उपलक्ष्यमा देशको ग्रामिण क्षेत्रमा रहेका महिलाहरुको स्वास्थ्य अवस्थालाई मध्येनजर गरि जनता बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तगत ‘स्वस्थ्य नारी पहल’ अभियान संचालन गर्ने निर्णय गरेको छ । यसै लक्षलाई अवलम्बन गर्दै ९औं बर्ष प्रवेशको अवसरमा आज २३ गते चौतारा शाखा, सिन्धुपाल्चोकमा निःशुल्क बृहत स्वास्थ्य शिविरको आयोजना गरेको छ । उक्त स्वास्थ्य शिविरमा करीव ५०० भन्दा बढी जना महिलाहरुले स्त्री तथा प्रसुति रोग सम्बन्धि परिक्षणका लागि सहभागि भएका छन् । सोमध्ये आङ खस्ने सम्बन्धी समस्याको अपरेशन गर्नु पर्ने बिरामीको निःशुल्क अपरेशनको व्यवस्था मिलाइएको छ । उक्त सिविरमा निःशुल्क औषधि वितरण गरिएको थियो । यसैगरी नयाँ बानेश्वर शाखामा निःशुल्क थायोराइड परिक्षण शिविर राखिएको छ । साथै धनगडी शाखा, कैलालीमा निःशुल्क डेन्टल, आँखा र जनरल मेडिसिन परिक्षण शिविर संचालनमा ल्याईएकोछ उक्त सिविरमा पनि बिरामीहरुलाई आवश्यक औषधि निःशुल्क वितरण गरिएको छ ।
यसै अवसरमा चैत्र २४ गते भने शनिबार बैकले नयाँ बानेश्वर शाखामा निःशुल्क बृहत स्वास्थ्य शिविरको आयोजना गरेको छ । उक्त शिविरमा स्त्री तथा प्रसुति रोग, हाडजोर्नी ग्यास्ट्रो, नाक, कान, घाँटी र जनरल मेडिसिन सम्बन्धी निःशुल्क परिक्षण आयोजना गरीएको छ ।
३. रक्तदान कार्यक्रम ः रक्तदान कार्यक्रमलाई जनता बैंकले हरेक बार्षिकोत्सवमा महत्वका साथ निरन्तरता दिदै आएको छ । यसै अवसरमा चैत्र २३ गते बैंकको नयाँबानेश्वर, बिराटनगर, हेटौडा, नारायणघाट, पोखरा, वुटुवल, भैरहवा, नेपालगञ्ज र धनगढी शाखामा रक्तदान कार्यक्रम राखिएको थियो ।

४. सहयोग ः सोही अवसरमा नागरिक समाज प्रतिष्ठान दमकको जेष्ठ नागरिक आवासमा भान्साकोठा सुधारको लागि रु. २५,०००÷– नगद र समाज कल्याण आँचल अनाथालय महेन्द्रनगरका २० जना विद्यार्थीहरुलाई पोषाक र करिव रु. १० हजारको खाद्यान्न वितरण गरिएको छ ।

५. छात्रवृत्ति ः जनता बैंक नेपाल लिमिटेडले देशको विभिन्न भागका सरकारी स्कूलमा अध्ययनरत वालवालिकालाई नियमित छात्रवृत्ति प्रदान गर्दै आइरहेको छ । यसै अवसरमा विभिन्न विद्यालयका ४४ जना विद्यार्थीलाई रु. २ लाख २० हजार छात्रवृत्ति वितरण गरिएको बेकले जनाएको छ ।
बैंकले हाल देशभर रहेका १०६ शाखा कार्यालय मार्फत सेवा प्रदान गर्दै रु. ५३ अर्ब निक्षेप संकलन तथा रु. ५० अर्व कर्जा प्रबाह गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया