विश्वका साढे ४ अर्ब ६० करोड गरीवसँग भन्दा २ हजार धनीसँग बढी सम्पत्ति

एजेन्सी ६ माघ 

विश्वका सबैभन्दा धनी २ हजार १५३ जना व्यक्तिसँग ४ अर्ब ६० करोड गरीवहरुसँग भन्दा बढी सम्पत्ति रहेको अक्सफामको रिपोर्ट देखाएको छ । रिपोर्ट  अनुसार सन् २०१९ मा विश्वका २ हजार १५३ जना धनीहरुले ४ अर्ब ६० करोड गरिबहरुसँग भएको भन्दा धेरै पैसा नियन्त्रणमा रहेको छ ।

रिपोर्टका अनुसार, प्रविधि कम्पनीको तुलनामा बिना तलब अर्थात् अन्डरपेइड काम गर्ने महिला र केटीहरुको संख्या विश्व अर्थतन्त्रमा वर्षेनी तीन गुणाका दरले बढिरहेको बताइएको छ ।

स्वीट्जरल्याण्डको नैरोबीको मुख्यालयमा सार्वजनिक गरिएको रिपोर्टमा विश्वभरका महिलाले हरेक दिन १२ अर्ब ५० करोड घण्टा बिना ज्याला भुक्तानी काम गर्न बाध्य रहेको वा उनीहरुलाई कामको कम मात्र मान्यता दिइएको उल्लेख गरिएको छ ।

अक्सफमले आफ्नो ‘टाइम टू केयर’ रिपोर्टमा बिना ज्याला हेरचाहको काम गर्ने महिलाहरुले विश्व अर्थतन्त्रमा कम्तीमा १०८ खर्ब डलर बराबरको मूल्य जोडेको बताइएको छ । जुन प्राविधिक उद्योगको मूल्यभन्दा तीन गुणा बढी हो ।

अक्सफ्यामका लागि इण्डियाका सीईओ अमिताभ बिहारले भने, अर्थव्यवस्थाका लागि लुकेको इन्जिनका रुपमा जुन हामी देख्छौँ, त्यो वास्तावमा महिलाहरूले ज्याला नलिई गर्ने हेरचाहको काम हो र हामीले यो लुकेको पाटोलाई परिवर्तन गर्न जरुरी छ ।

विश्व अर्थव्यवस्थामा असमानताको स्तरलाई स्पष्ट रुपमा देखाउनका लागि यो रिपोर्टले महत्वपूर्ण भूमिका निर्वाह गरेको छ ।

रिपोर्टमा एक भारतीय महिलाको उदाहरण दिदैँ उनले दिनमा १६ देखि १७ घण्टासम्म लगातार बिना तलब घरव्यवहार र परिवारको हेरचाहको काम गरेको र यसलाई तलब बिनाको एउटा खराब कामका रुपमा लिने गरेको बताइएको छ । एजेन्सी

फेसबुकबाट तपाईको प्रतिक्रिया