विश्वका १ सय शक्तिशाली महिलामा विद्या भण्डारी पनि

काठमाडौं २५ जेठ ।

अमेरिकी समाचार संस्था फोब्र्सले जारी गरेको सन् २०१६ को विश्वका १ सय शक्तिशाली महिलाको सूचीमा मा नेपालका राष्ट्रपति विद्यादेवी भण्डारी ५२ औँ स्थानमा परेकी छिन् ।

फोर्ब्सले हरेक वर्ष जारी गर्दै आइरहेको विश्वका सबैभन्दा शक्तिशाली महिलाको सूचीमा नेपालले प्रवेश पाएको यो पहिलो पटक भएको आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।

यस सूचीको पहिलो स्थानमा जर्मन चान्सलर एन्जेला मर्केल परेकी छिन् । उनी विगत १० वर्षदेखि शक्तिशाली महिलाको यो सूचीमा पहिलो स्थानमा रहँदै आएकी छिन् ।

दक्षिण एशियामा सबैभन्दा शक्तिशाली महिलाका रुपमा भारतका अरुन्धाती बट्टचार्य २५ औँ स्थानमा र यस क्षेत्रका दोस्रो शक्तिशाली महिलाकारुपमा बंगलादेशका प्रधानमन्त्री सैख हसिना वाजेद ३६ औँ स्थानमा परेकी छिन् ।

एसियाली महिलामा सबैभन्द शक्तिशाली महिलामा  दक्षिण कोरियाली राष्ट्रपति पार्क ग्वेन है परेकी छिन् । उनी सूचीमा १२ औं स्थानमा रहेकी छिन् ।  उनले अमेरिकी प्रथम महिला मिसेल ओवामालाई पनि उछिनेकी छिन् ।

म्यानमारका राजनीतिज्ञ आङ सान सूकी २६ औं स्थानमा रहेकी छिन् । चिनियाँ महिला लुसी पेङले पनि आफ्नो देशको प्रतिनिधित्व गरेकी छिन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया