विश्वकै पहिलो तिब्रगतिको चालकरहित विद्युतिय रेल
काठमाडौँ ७ कार्तिक
छाङ्शा- विश्वकै पहिलो तिब्रगतिको चालकरहित रेल सोमबार चीनको हुनान राज्य अन्तर्गत छाङ्सा शहरमा परिक्षण गरिएको छ। यसलाई सहरी यातायातको परिभाषामा बस, रेल र टार्मको क्रसका रुपमा ब्याख्या गरिएको छ।तीन वटा डिब्बा भएको ३२ मिटर लामो र ७० किलोमिटर प्रति घण्टाको गतिमा कुद्ने यो रेलले एक पटकमा ३०० जना यात्रु बोक्न सक्छ। बिजुलीबाट चल्ने स्वचालित रेलमा सडक अध्ययन गर्न सक्ने प्रविधि जडान गरिएको छ।तत्कालको लागि सेनोङ थिएटर देखि स्पोर्ट सेन्टरसम्मको ३.१ किलोमिटर सडकमा यो सेवा सुरु गरिएको छ। जसमा ४ वटा स्टेसन राखिएको छ।
छिटै अर्को ९ किलोमिटर सडकमा पनि स्वचालित रेल विस्तारको योजना बनाईएको छ।
उक्त रेलको निर्माण सिआरआरसी जुझोउ लोकोमोटिभले गरेको हो। यो कम्पनीले उच्च गतिका चिनियाँ रेलका लागि मुख्य पार्टहरु बनाउँदै आएको छ।
स्वचालित रेलको २४ घण्टासम्म लगातार परिक्षण गरिएको सिआरआरसीका प्रमुख ईन्जिनियर फेङ चियाङह्वा बताए।स्वचालित रेल १० मिनेट चार्ज गरेपछि २५ किलोमिटरसम्म गुड्छ। तीन डिब्बा भएको रेलले अर्को वर्ष देखि नियमित सेवा दिने जनाइएको छ।परम्परागत टार्मको तुलनामा यसको लिक निर्माण लागत २० प्रतिशत मात्र छ। प्रति किलोमिटर २२.६ मिलियन अमेरिकी डलर (दुई अर्ब ३५ करोड नेपाली रुपैयाँ) लागत लाग्ने सिआरआरसीले जनाएको छ। शिन्हा
फेसबुकबाट तपाईको प्रतिक्रिया