विश्वको सबैभन्दा धनी अभिनेत्री एमा !

बिजनेसपाटी २ भाद्र
विश्वको सबैभन्दा धेरै पैशा कमाउने अभिनेत्रीमा यसवर्षको ओस्कारको अवार्ड विजेता हलिउड अभिनेत्री एमा स्टोन परेकी छन् । फोब्र्सको प्रत्येक वर्ष सार्वजनिक गर्ने सूचिमा एमालाई यस वर्ष पहिलो स्थान मिलेको हो । यसअघि पहिलो स्थानमा अभिनेत्री जेनिफर लरेन्स थिइन् ।

२८ वर्षीय एमाको कमाइ पछिल्लो महिनाको ३ सय करोड रुपैयाँ भन्दा पनि माथि हो। पछिल्लो वर्ष रिलिज भएको फिल्म ‘ला ला ल्याण्ड’ विश्वभरि नै लोकप्रिय भएको थियो । फिल्मले ४५ अरब भन्दा बढी कमाएको थियो । उनले यही फिल्मबाट ओस्कारको उत्कृष्ट अभिनेत्रीको अवार्ड जितेकी थिइन्।

यो सूचीको दुई स्थानमा अभिनेत्री जेनिफर आइन्स्टन छिन्। उनी एमा भन्दा केही तल मात्र छिन्। जेनिफरको अघिल्लो वर्षको कमाई साढे २ सय करोड भन्दा बढी थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया