विश्वमै बढी कमाउने आठौं नायिका बनिन् प्रियंका चोपडा

मुम्बई ३० भदौ
  चर्चित भारतीय नायिका प्रियंका चोपड़ा विश्वकै सबैभन्दा बढी पारिश्रमिक लिने नायिकाको सूचीमा ८ औ नम्बरमा पर्न सफल भएकी छन् । फोब्स म्यागेजिन्ले जारी गरेका विश्वको सबैभन्दा बढी पारिश्रमिक लिने नायिकाको सूचीमा प्रियंका ११ मिलियन कमाइका साथ आठौं नम्बरमा छन् ।
फोब्सको सूचीमा  ‘मोडर्न फेमिली’ नामक टीभी सिरिजकी नायिका सोफिया वेर्जारा पहिलो नम्बरमा परेकी छन् । उनको कमाइ ४३ मिलियन डलर रहेको छ ।  २४.५ मिलियन डलर कमाइका साथ दोस्रो नम्बरमा ‘द बिग ब्यांग थ्योरी’ की नायिका केली कुओ छन् भने १५ मिलियन डलर कमाइका साथ ‘द मिंडी प्रोजेक्ट’ शो की नायिका मिन्डी कलिङ्ग तेस्रो स्थानमा छन् ।  फोब्सको सुचिमा पर्ने एक मात्र भारतिय टेलिभिजन नायिका हुन् प्रियंका ।

फेसबुकबाट तपाईको प्रतिक्रिया