विश्वव्यापीकरणको बढ्दो प्रभाव र चुनौती
रिसव गौतम
आजको युग २१औं शताब्दीको विश्वव्यापीकरणको युग हो । विश्वव्यापीकरणकै कारण आज पूरै संसार एउटा व्यापारिक ग्रामको रुपमा रुपान्तरण भइरहेको छ । कुनैपनि राष्ट्र पहिले जस्तो अन्र्तमुखी भएर बस्न सक्ने स्थिति आज छैन । हरेक उधोग, व्यवसाय वा संगठन कुनै एक देशमा मात्र सिमित रहीरहनु पर्ने बाध्यता छैन । संसारमा कुनै एक देशको कुनामा उत्पादित बस्तु अर्को कुनै देशको कुनामा व्यापक उपभोग भइरहेको अवस्था छ । व्यापारिक संगठनहरु अन्तर्राराष्ट्रिय कम्पनीको रुपमा रुपान्तरित भइरहेका छन् । यसर्थ विश्वव्यापिकरण वर्तमान समयमा व्यापक रुपमा प्रयोग भइरहेको छ ।
विश्वव्यापिकरण विश्व समुदायको राष्ट्रहरु बीचको बढ्दो र निरन्तर एकीकरण हो । विश्व राजनीतिक एवं आर्थिक क्षेत्रमा आएको उल्लेखनीय परिवर्तन, बजार उन्मुख अर्थतन्त्रको प्रभाव, खुल्ला अर्थतन्त्रको प्रभाव, ठूला–ठूला बहुराष्ट्रिय कम्पनीहरु, (सार्क, साफटा्, युरोपियन युनियन, ब्रिक्स संगठन, विश्व व्यापार संघ, विश्व स्वास्थ्य संगठन, संयुक्त राष्ट संघ, अन्र्तराष्टिय मुद्रा कोष, विश्व बैंक लगायतका संगठनहरु) आदीको उपस्थितिको कारण विश्वव्यापिकरण आजको यर्थात बनेको छ ।
नेपालमा विश्वब्यापिकरणको प्रभाव
नेपाल आर्थिक रुपमा बाह्य मुलुकहरुसँग अन्र्तर सम्बन्धित भएसँगै विश्वव्यापिकरणमा प्रवेश गरेको हो । खासगरी नेपाल नीतिगत रुपमै २०४८÷०४९ साल तिर अन्र्तराष्ट्रिय मुद्रा कोषसँगको ऋण सम्झौता भएसँगै उदारवाद उन्मुख अथवा भनौं विश्वव्यापिकरणको दिशामा अघि बढेको हो । संसारमा प्राय जसो देशहरु सबै एक अर्कामा अन्र्तनिहित बनिसकेको अवस्थामा नेपाल पनि त्यसबाट अछुतो रहन सम्भव पनि थिएन । नेपालले उदारवाद उन्मुख आर्थिक नीति अँगालेसँगै यहाँ बहुराष्ट्रिय कम्पनीहरु, बैकिङ्ग तथा विमा संस्थाहरुमा विदेशी लगानी अभुतपूर्व रुपमा मौलाउँदै गएका छन । विश्व व्यापिकरणकै प्रभावको रुपमा नेपाल सयुक्त राष्ट्र संघको सदस्य राष्ट्र, सार्क सदस्य राष्ट्र, विश्व ब्यापार संघको सदस्य राष्ट्र जस्ता धेरैभन्दा धेरै अन्र्तराष्ट्रिय सहयोग तथा अन्य गतिविधिसँग सम्बन्धित संघ संस्थाहरुसँग आबद्ध भइसकेको छ । विश्वव्यापिकरणकै कारण नेपालका कयौं श्रमशील जनशक्तिले वाह्य मुलुकमा रोजगारी पाइरहेका छन । अहिले हाम्रो अर्थतन्त्रको कुल ग्राहस्थ उत्पादनमा ३१ प्रतिशत स्थान रेमिन्ट्यान्सले नै ओगटेको छ । त्यस्तै भारतसँगको हाम्रो सम्पूर्ण निर्यात व्यापार झण्डै ६५ प्रतिशत बराबर छ । अमेरिका तथा अन्य युरोपियन मुलुकहरुमा विश्वव्यापिकरणकै कारण नेपलको गलैंचा, पश्मिना जस्ता विविध सरसामाग्री तथा जडिबुट्टीको माग तिब्र बढ्दो छ । यसर्थ नेपालमा पनि विश्वव्यापिकरणको प्रभाव तिव्र बढिरहेको छ ।
विश्वव्यापिकरणको बढ्दो चुनौति
जसरी विश्वव्यापिकरणको संसारभर व्यापक भुमण्डलीकरण भइरहेको छ, यसैगरी अन्र्तराष्ट्रिय समुदायहरु बिच प्रतिस्पर्धामा पनि व्यापक बढोत्तरी हुँदै गइरहेको छ । विश्वव्यापिकरणसँगै बढ्दै गएको प्रतिस्पर्धात्मक वातावरणका कारण कतिपय प्रतिस्पर्धात्मक क्षमता बढी भएका देशहरु आर्थिक, सामाजिक तथा मानवीय दृष्टिले धेरै सम्पन्न हुँदै गइरहेका छन् भने कतिपय साधन स्रोतका हिसावले कमजोर एवं गरिव मुलुकहरु प्रतिस्पर्धा गर्नै नसकी झनै जिर्णद्वार पनि बन्दै गइरहेका पनि छन् । त्यसको संजिब उदाहरण नेपाललाई नै लिन सकिन्छ । विभिन्न अन्तर्राष्ट्रिय संस्थाहरुले वेला वेला गर्ने प्रक्षेपणमा प्रतिस्पर्धात्मक क्षमतामा पुछारमा रहने गरेको छ । जस्तो कि नेपालले १४० वटा देशमध्ये प्रतिस्पर्धामक क्षमतामा १३१ औं स्थानसम्म रहेको छ । त्यो भनेको प्रतिस्पर्धामा नेपाल अति कमजोर देखिनु हो । त्यसो हुनुमा नेपालमा दिर्घकालदेखि चल्दै आएको रुढीवादी परम्परा, सँस्कृति, चेतना अभाव, कमजोर व्यवसायिक वातावरण, उद्यमीय सोचको कमी र विकृति राजनीतिले गर्दा नै हो । कतिपय राजनीतिक दलहरुले त्यसो हुनुलाई उदारवादी अर्थव्यवस्था तथा विश्वव्यापिकरणको कयामत हो पनि भन्ने गरेका छन् । त्यो सरासर गलत हो । तर विश्वव्यापिकरणले र्सिजना गरेको चुनौति भने नेपालमा धेरै नै छ । कुनैपनि देशमा विश्वव्यापिकरणबाट लाभ लिनको लागि शैक्षिक जनशक्तिको निर्माण, शन्तिपूर्ण वातावरण, स्थायी सरकार र दरिलो तथा प्रगतिशिल नीति तथा कार्यक्रमको अति आवश्यकता पर्दछ । यदि त्यसो हुन सकेन भने विश्वव्यापिकरणबाट लाभ लिन सकिने छैन् । आज आर्थिक रुपले सम्वृद्ध बन्दै गइरहेको हाम्रै छिमेकी राष्ट्रहरु भारत र चीन राम्रो प्रतिस्पर्धात्मक आन्तरिक वातावरणकै कारण सफलताको शिखर चुम्दो छन् तसर्थ नेपालको आर्थिक उन्नतीको लागि आन्तरिक वातावरणलाई मजबुत बनाउनु पर्ने दरिलो चुनौति खडा छ ।
नेपालमा विश्वव्यापिकरणको महत्व
नेपाल एउटा प्राकृतिक रुपले सु–सम्पन्न राष्ट्र हो । यद्यपी भौगोलिक विकटता एवं विषमता त छ । तर यहाँको सुन्दर प्राकृतिक छटाले अथाह पर्यटकीय सम्भावनालाई भने उज्जागर गरेको छ । त्यस हिसावले पनि नेपाल प्राकृतिक दृष्टिले नै सम्भावना बोकेको राष्ट्र हो । जसको संभावनाको कुनै यकिन नै गर्न सकिदैन । पर्यटकीय दृष्टिकोणले मनोरम वातावरण हुनु, जलस्रोतको धनी देश हुनु, अथाह जडिबुट्टीको स्रोत हुनु, उर्जाशील श्रमशक्तिको भण्डार हुनु, उर्वर भूमि हुनु, बहुसांस्कृतिक परम्पराको धनी हुनु नेपालको सम्भावनाका उत्कृष्ट स्रोतहरु हुन् । विश्व सामु नेपालले यी सो्रतहरुको उचित सदुपयोग गर्न विश्वव्यापिकरणकै आबश्यकता र महत्व छ । हामिले यी भरपुर स्रोत सम्पदाको राम्रो सदुपयोग गरि विश्व बजारमा प्रर्वद्धन गरी ठूलो धनराशि आर्जन गर्ने प्रबल सम्भावना छ । तर त्यसको लागि दक्ष जनशक्ति निर्माण, ठोस आर्थिक नीति, प्रभावशाली कुटनीति, स्थायि सरकार आत्यावश्यक छ । र, सुचना र सञ्चारको युग भनिएको यो समयको यथोचित विशेषता र महत्व बुझेर त्यसलाई समेत उचित उपयोग गर्नसके विश्वव्यापिकरणबाट नेपाललाई सकारात्मक योगदान पु¥याउनेमा शंका गर्न मिल्दैन ।
विश्वव्यापिकरणबाट कसरी फाइदा लिन सकिन्छ भन्ने कुरा आइल्याण्ड, अमेरिका, चीन, डेन्मार्क, फिनल्याण्ड, फान्स, नेदरल्याण्ड आदि देशहरुले पर्यटनबाट लिएका लाभलाई नियाल्न सकिन्छ । एउटै मात्रै उदाहरण पस्कदा जस्तो कि अमेरिकाको लश भेगास भन्ने शहर सन् १९५० भन्दा अघि करिव मरुभुमी शरह थियो । अमेरिकाले त्यो शहर भएको ठाउँलाई त्यसबेला आणबिक हतियारहरुको परिक्षण गर्ने थलोको रुपमा उपयोग गथ्र्यो । जब त्यस ठाँउलाई आवासीय रुपले सुरक्षीत गराउने गरी अमेरिकाले ठुलो धनराशी खर्चेर बाँध बाध्ने काम गर्यो । त्यसपछी भने त्यहाँ आधुनिक शहर निर्माण हुने क्रम बढ्यो । एक जना कहलिएका व्यवसायीले जव त्यहाँ ठुलो लगानीमा होटल खोले । त्यसपछी अरु धेरै त्यहाँ लगानी गर्न थाले । आज संसारकै सबैभन्दा बढी पर्यटक जाने, सबैभन्दा बढी होटलहरु भएको, सबैभन्दा बढी क्यासिनो र जुवा घरहरु भएको शहरको परिचय लश भेगासले बनाएको छ । संसारभरका महाधनीहरुले जुवा खेलेर आनन्द लिने त्यो शहर विश्वव्यापिकरणकै फाइदा लिएर मरुभुमीबाट जुरुक्क उठेको हो । यदी विश्वाव्यापिकरण हुदैनथ्यो र त्यसबाट फाइदा लिने रणनीति त्यो शहरको थिएन भने आज त्यहाँ बार्षिक ४ करोड भन्दा बढी धनी मानिसहरु पर्यटक भएर कहाँबाट जान्थे र । अमेरिकाको लश भेगास जस्तै चीनको बेइजिङ पनि अन्र्तराष्ट्रिय शहर बनिसकेको छ । विश्वशक्ति राष्ट्र अमेरिकाको आधुनिक शहरहरुलाई माथ खुवाउने चीनको बेइजिङले यतिवेला विश्वभरका मानिसहरुलाई आर्कषण गरिरहेको छ । संसारले यतिबेला पहिले–पहिलेको जस्तो सैन्य शक्तिको होइन् सौम्य शक्ति (सफ्ट पावर) को जगमा आफनो प्रभाव र आर्कषण बढाइरहेको छ । उनीहरुको बढिरहेको सौम्य शक्ति (सफ्ट) पावरको जग अथवा पुल भनेको विश्वव्यापिकरण नै हो । त्यसकारण विश्वव्यापिकरणको महत्व छ । नेपालको परिपेच्छमा अझ बढी महत्व छ । जस्तो एउटा विधार्थी सुदुर गाउँबाट शहर छिरेपछी जसरी उसले सम्भवनाहरु पाउँछ त्यसरी नै नेपालले आफनो व्यापारको, श्रमको विनिमयको, पर्यटनको, कुटनीतिको दायरा बढाउन सक्दा उति नै फाइदा पाउन सक्ने छन् । त्यसकारण फराकिलो दृष्टिकोण सहितको विकास रणनीति आवश्यक छ ।
त्यसकारण नेपालले विश्वव्यापिकरणबाट लाभ लिने ठाँउ अथाह छ । नेपालको सम्भावित विकास निर्माणको लागि विश्व–व्यापिकरणको ठूलो महत्व छ । तर अहिलेसम्म हामीले न विश्वव्यापिकरण बुझन् सकेका छौ न त यसबाट फाइदा लिन सकेका छौ । केवल हामी विश्वका देशहरुको बजार मात्रै बनिरहेका छौ ।
प्रकासित मिति २०७८–७–३०
फेसबुकबाट तपाईको प्रतिक्रिया