विश्वव्यापी मान्यता हेर्ने हो भने संविधानका दुइ तिहाइ धारा संशोधन गर्नुपर्छ ।
युवराज कार्की,
वरिष्ठ उपाध्यक्ष–संघीय समाजवादी फोरम, नेपाल
एवं खस आन्दोलनका प्रणेता
१) संविधान संशोधन विधयक संसदमा टेवल भएको छ । यस विषयमा तपाइको पार्टीको धारणा के छ ?
अहिलेको प्रचण्डजीको नेतृत्वको सरकार संघीय गढबन्धनसँग गरेको ३ बुदे सम्झौताको आधारमा गठन भएको हो । ३ बुँदामा सबैभन्दा महत्वपूर्ण बँुदा नै आन्दोलनकारीको माग सम्बोधन हुनेगरी संविधान संशोधन हो । आन्दोलनकारीको माग भन्नाले मधेशी, जनजाती, खस, मुस्लिम, सिल्पी (दलित) र महिलाहरुले राज्यसँग यस अघि गरेका सम्झोताहरु नै हुन । यस बाहेक विना बहस हुइप जारी गरेर फाष्ट ट्रत्याकमा संविधान बनाउँदा हतपतको काम लतपत भने जस्तै धेरै कमीकमजोरी रहेका छन । यो कुरा विगतको संशोधन र सरकार गठनमा व्यवहारमै पुष्टी भइसकेको छ । यस्तो अवस्थामा आन्दोलनकारीको सहमतीमा संशोधन विधयक ल्याउनु पर्दथ्यो । यस्तो भएको छैन । यस्तो अवस्थामा तपाइलाई थाहा भएकै विषय हो की यही रुपमा संशोधन प्रस्ताव पाश गर्ने पक्षमा हाम्रो पार्टी र संघीय गठबन्धन छैन ।
त्ौपनि, सम्माननीय प्रधानमन्त्रीबाट संशोधनको पुरक प्रस्ताब ल्याउने सार्वजनिक अभिव्यक्ति आएको छ । हामी आशावादी छौ की पुरक प्रस्ताबमा हाम्रा न्युनतम माग मात्र सम्बोधन भएमा बाँकी मुद्धामा आफना अडान कायम राख्दै प्राप्त उपलब्धी रक्षा गर्न हामी चुनाबमा जान्छौ । हैन, न्युनतम राजनीतिक इमानदारी पनि बहन नगरी कर्मकान्डी संशोधनको पुरक प्रस्ताब ल्याएर चुनाब घोषणा गरेमा त्यसको शसक्त प्रतिरोधमा जान्छौ । यस बाहेक सरकारलाई बाहिर बसेर सर्मथन गर्ने वा सर्मथन फिर्ता लिने विषयमा सोच्ने अवस्था आँउदछ ।
२) यस्तो अवस्थामा चुनाव हुने सम्भावना नै छैन भन्ने बुझदा हुन्छ ? चुनाब भयो भने तपाइको दलको हैसियत कस्तो रहला ?
प्रजातन्त्रको आत्मा र अविरलता चुनाबमा निहित हुन्छ । चुनाब हुन नसक्नु भनेको आन्दोलनबाट स्थापित मान्यता मध्ये आधा अधुरा व्यवस्थीत भएका मुद्धा पनि समाप्तीको दिशातर्फ जानु हो । एउटा जिम्मेवार राजनीतिक दलको हैसियतबाट हामी आन्दोलनबाट स्थापित मान्यतामा पनि अधिकतम लचकता अपनाइरहेका छौ । यसैले हामीले न्युनतम माग सम्बोधनको कुरा उठाएका हौ ।
हैन, सरकारमा रहेका र प्रतिपक्षमा रहेका दल गैरजिम्मेवार बन्दै चुनाबी वातावरण तयार गर्दैनन् भने भन्नुहोस कसरी चुनाव हुन सक्छ ? बल उनीहरुकै कोटमा छ । तैपनि आशा गरौ । ठुला दल जिम्मेवार बन्नेछन । र, निर्धारित समयमा चुनाब हुनेछ ।
संविधान घोषणा, आन्दोलन र प्रतिआन्दोलनले यस अघिको जनमतमा ठुलो उथलपुथल ल्याएको छ । यस बाहेक चुनाबी परिणाममा चुनाब सम्बन्धी नियम, मुद्धा, स्रोत साधन र संगठनले असर पार्दछ । चुनाबको अन्तिम केही दिनमा पनि परिवर्तन हुन सक्दछ । आजको अवस्थामा तराइमा हामीले सबै दललाई बढार्ने स्थीति छ । पहाडमा एमाले र हाम्रो पार्टीले जनमत बढाउने स्थीति छ । नेका र माओवादी केन्द्रले जनमत गुमाउनेछन । र, राप्रपाको एकताले बढाएको मत हिजोको धर्म र राजतन्त्रको भावनामा आएको मतको कमी पुर्ती गर्न कठिन छ । यो समग्र अवस्थाको अध्ययन गर्दा अवको निर्वाचन परिणाममा तीन ठुला दल मध्ये एकको हैसियत हाम्रो पार्टीले प्राप्त गर्ने अवस्था देखिन्छ ।
३) त्यसो हो भने अहिलेको राजनीतिक अन्यौलता छ भन्नु पत्यो । यो अन्यौलताको निकाश के होला ?
राजनीति भनेको कुनै पनि समाजको जटिल विषय हो । जटिल विषयको पाटो सोझो र सरल हुदैन । फेरी समुन्द्रको छाल जस्तो अघाडी बढने र फर्केर पुरानै ठाउँमा आउने पनि हुन्न । तल माथी, अगााडी पछाडी हुदै समग्रतामा अगाडी नै बढी रहन्छ । कहिलेकाँही अन्यौलग्रस्त र दुर्घटना पनि हुन सक्दछ । स्थिर त हुनैसक्दैन । पहिलो चुनावको मत परिमाणले स्थापित भएका ठुला दलहरु अलग अलग कालखण्डमा क्रान्तिकारी, देशभक्त र राष्टवादीका रुपमा ठुल्ठुला परिवर्तनका बाहक भएका थिए । त्यसकै आधारमा शक्तासिन ( सरकार र विपक्षमा ) पुगेका हुन । सक्ता सञ्चालनमा तीनै दल भ्रष्ट अपराधीका संरक्षक, अदुरदर्शी, वेइमान, आत्मकेन्द्रित र राष्टीय हीतको वास्तै नगर्ने हुदै असफल भइरहेका छन । त्यसैले अनयोलताको स्थीति भएपनि समग्रमा राजनीतिले निकासका लागि आफैभित्र विकल्प तयार गरिरहेको छ ।
माथि बताएका दोष रहीत विकल्प दिने प्रयास हामे पार्टीले गरेको छ । जनवलको दबाबमा चुनावकै प्रकृयाबाट हामी निकासको प्रयास गर्दछौ र आशा छ सफल हुन्छौ । यदी हामी पनि सफल भएनौ भने दुर्घटनातर्फ देश जाने छ ।
४) वावुराम भटराइले नेतृत्व गरेको नयाँशक्ति पाटीसँग तपाइको पार्टीको एकताको चर्चा छ । वास्तम्बमा के भइरहेको छ ?
बाबुरामजीसँग मात्र होइन । अरु थुप्रै दलहरुसँग एकताको औपचारिक र अनौपचारिक वार्ता भइरहेको छ एकीकरणकै विषयमा । यसै विषयमा मध्येनजर गरेर भर्खरै सम्पन्न हाम्रो दलको राजनीतिक समितिले मुद्धा मिल्ने दलहरुसँग गठबन्धन र सहकार्य गर्ने, सिद्धान्त नीति मिल्नेसँग एकता गर्ने भनेर नीतिगत निर्णय गरेको छ । यसवीचमा हालसालै दुइ तीन ओटा साना दलहरुसँग एकता भैसकेको अवस्था पनि छ । वावुरामजीको नयाँ शक्ति पार्टीको हकमा अहिलेसम्मको प्रगती के हो भने मुद्धाको विषयमा अब कुनै विमत्ति रहेन र उहाँको दल गठबन्धनमा आउने औपचारिक निर्णय भइसकेको अवस्था छ । हामीलाई विश्वास छ गठबन्धन र सडकको सहकार्यले विगतमा रहेको अविश्वास हटाउँदै आत्मियता बढाउनेछ । जहाँसम्म एकताको सवाल छ त्यसमा औपचारिक प्रस्ताव आएको छ । यसलाई मुर्तरुप दिन शिर्षस्थ नेताहरु बिच बाक्लो भेटघाट, अनौपचारिक वार्ता चलिरहेको छ । यस गृहकार्यले मुर्तरुप लिएमा औपचारिक वार्ता समिति गठनसँगै प्रक्रिया अघि बढनेछ । जे जति भइरहेको छ । त्यो सकारात्मक दिशातर्फ नै छ । यी सबै एकताको प्रक्रियाले चुनाव नियमावलीमा थ्रेस होल्ड गठबन्धनले साझा चुनाव चिन्हमा निर्वाचनमा भाग लिन नपाउने र चुनाव हुने निश्चित भइसकेपछी गति लिनेछ ।
५) सिद्धान्त भन्दा कार्यक्रम र एजेण्डामुखी राजनीति विश्वभर मौलाएको देखिन्छ । तपाइको पार्टीको आर्थिक सामाजिक कार्यक्रम र ऐजेण्डा कस्तो रहेको छ ?
ठीक भन्नुभयो । खासगरेर स्वभियत संघको पतनपछी विश्वभर सिद्धान्त प्रति राजनीतिक दलको सर्मपन फिक्का भएको देखिन्छ । तर आर्थिक सामाजिक कार्यक्रम सिद्धान्तले नै निदृष्ट गर्ने भएबाट सिन्दान्त विहिन राजनीतिक दलले स्थायित्व भने प्राप्त गर्न सक्दैन । हाम्रो पार्टीको आर्थिक कार्यक्रम समाजवाद र सामाजिक कार्यक्रम संघीयता हो । एउटै शब्दमा संघीयता सहितको समाजवादी कार्यक्रम भन्न सक्दछौ । हामीसँग झण्डै झण्डै सय बर्षको समाजवादी कार्यक्रमको सफलता र असफलताको विश्व इतिहासको अनुभव छन । राजकीय र नोकरशाही प्रवृत्ति र व्यक्तिको क्षमता विकासमा निरुत्साहीत गर्दै रोबट बनाउने समाजवाद असफल भएका छन भने आफना मौलिक विशिष्ठतालाई सम्बोधन गर्दै चीन, स्क्याडेभियाको समाजवादी कार्यक्रमले आशातित सफलता पाएका छन । यसैले समाजवादी विश्व इतिहासको अनुभव वैज्ञानीक ज्ञान, सीप र आविष्कारलाई हामे समाजको विशिष्ठता अनुकुलको सार्वजनिक र नीजि साँझेदारीलाई प्रोत्साहन गर्ने आर्थिक कार्यक्रम पार्टीले स्वीकारेको छ । यो भनेको मिश्रित स्वामित्वको प्रणाली हो । व्यक्तिको उत्साहलाइ पनि अभिवृद्धि गर्दै उत्पादनका साधनमा सामाजिकीकरण र पुँजीवादी स्वषणबाट मुक्त हुने कार्यक्रम हो ।
६) अहिले जुन ढंगको राजनीतिक गतिरोध र वेमेल छ त्यसको निकास कसरी सम्भव होला त ?
ह्ेर्नुस आन्दोलनबाट स्थापित मान्यता, विश्वव्यापी रुपमा स्थापित मान्यता र हतारका कारण भएका गल्ती सबै सच्याउने हो भने संविधानका दुइ तिहाइ धारा संशोधन गर्नु पर्दछ । यतिका धारा संशोधनलाई पुर्नरलेखन नै भनेपनि हुन्छ भनेर नै हामीले त्यो शब्द प्रयोग गरेका हौ । अव आएर सक्तासिनको ढिपी हेर्दा हामीले अडान कायमै राख्दा प्राप्त उपलब्धी पनि गुम्ने हुनकी भन्ने आंशकामा अधिकतम लचकता देखाएका छौ । राज्यको पुर्नरसंरचनाको हकमा हाम्रो माग १० प्लस १ भएपनि न्युनतम समुदायगत अवस्थीतिलाई मध्येनजरमा हेरफेरमा अहिलेलाई चित्त बुझाउन सकिन्छ । त्यस्तै समानुपातीक समावेशीका लागि बनाइएका गैर समुदायगत इकाइ हटाउने र खस आर्यलाई भिन्ना भिन्दै कल्ष्टर बनाउने । स्थानीय निकायलाई प्रदेशको समानान्तर अधिकार हैन । प्रदेश माताहातको व्यवस्था, भाषा लगायतमा बहु–सास्कृतिबादी राष्टियताको अवधारणामा सम्बोधन भएमा निकास सम्भव छ ।
७) अनि अंगीकृत नागरिताको विषयमा नी ?
अंगीकृतले संवैधानिक प्रमुख पाउन सक्ने व्यवस्था हुनुपर्दछ भन्ने जुन हल्ला छ । त्यस विषयमा हाम्रो पार्टीको धारणामा अंगीकृतलाई दुनियाँमा कहँी नभएको संवैधानिक प्रमुख हुनु हुदैन भन्ने हो । संघीय गठबन्धन र मधेशी मोर्चाको औपचारिक मागमा पनि त्यस्तो माग छैन । केही मधेशबादी दलको यस्तो धारणा छ जुन हाम्रो पार्टीको धारणासँग मेल खाँदैन । हामी राष्टपतीय शासन भन्दछौ तर उनीहरु अहिलेको जस्तै संसदीय भन्दछन । यस्तो हुनु स्वभाविक हो । नागरीकताको हकमा हामीले केही सुधारका कुरा गरेका छौ । तर अन्य विषयमा सम्बोधन भएमा नागरिकताको सवालले कुनै अडचन हुदैन ।
प्रकाशित मिति: २०७३-१०-१५ प्रस्तुति: सगीता सुबेदी
फेसबुकबाट तपाईको प्रतिक्रिया