विश्व भरको सेयर बजार उच्च सुधार

काठमाण्डौ२२ मंसिर २०८० ।

पछिल्लो समय अमेरिकासहित विश्वभरको सेयर बजारमा सुधार देखिएको छ ।

विश्व पूँजीबजार शुक्रबार पनि पनि बढोत्तरी आएको छ । भारतीय सेयरबजार सूचक सेन्सेक्स यो दिन ३०४ अंक बढेर ६९हजार ८२५ अर्थात् ७० हजार नजिक पुगेको छ ।
त्यसैगरि, निफ्टी ५० पनि ६८ अंकले बढेर २० हजार ९६९ मा बन्द भएको छ । यूरोपियन बजार अन्तरगत जर्मनको ड्याक्स, फ्रान्सको क्याक, इटालीको फुट्सी मिब्,लण्डनको फुट्सी पनि बढेको छ ।

एसियाली बजारहरुमा जापानको निक्की र हङकङको ह्याङसेङमा पनि सामान्य करेक्सन आएको छ भने दक्षिण कोरियाको कोस्पी र अष्ट्रेलियाको एएसएक्स बजार पनि बढेको छ ।

विश्वबजारमा नै बीटीसीको मूल्यमा पनि निरन्तर बढोत्तरी आएको छ । बीटीसीको सेयर भाउ ४३ हजार ६८० पुगेको छ । योसँगै इथेरियम, लाइट्क्वाइन, एक्सआरपीमा पनि बढोत्तरी आएको छ । -एजेन्सीहरु

फेसबुकबाट तपाईको प्रतिक्रिया