विष्णुभक्तका सपनाहरू
—वैरागी जेठा
सपनाका सरोवरमा
पौडिखेलिरहेको म
हापझाप गरिहेका मान्छे भन्दा फरक छु
हेमन्तको ठण्डी जस्तै
धर्तीबाँजो बनाउन उठेका काँडाहरू
रक्सीजस्तै दुर्गन्धी भएर फैलिएकाछन्
राजनीति जराहरू
शहीद बाँचेकाछन्
युगयुग
कलियुगका धृतराष्ट्रहरू
सधैँ मरिरहेछन्
आफ्नै घमण्डहरूले
विष्णुभक्तका सपनाहरू
शान्तिका परेवाझैँ नाचीरहेछन्
मेरो मुटुमा
कालले षडयन्त्र रच्यो
रङ्गमञ्चमा ढले उनी
मेरो बाँध फुट्छ
तछाड् मछाड् गरेर
बछ््युँ जस्तै सरकार
लोकतन्त्रको भूमीमा
गजधम्म गुँड लगाएर
जिउँदै मरेको छ
यतिबेला
सबै नेपालीका दृष्टीहरू
कलाकारका जीवनसँग दौडिरहेछन्
आकाशका श्यामहरू
आज फुर्सत छैन
कलाकारको जीवनबारे बोल्न
हेर्छु सुन्न खोज्छु
छातीमा धाँजा फाट्छ
कुर्सीमा धमिराझैँ टाँसिरहने मन छ
ऊ सँग
देश र जनताका कलाकारबारे
सोच्ने समय छैन
ऊ लोकतन्त्रको शासक हो ?
राष्ट्रिय कलाकार , सङ्गीतकार
भाषा साहित्यकार प्रति
उसको कुनै दया र सम्मान गर्ने
हृदय छँदै छैन ऊ सँग ।
विष्णुभक्तका सपनाहरूमा
विचारको धुनी बाल्न चाहन्न
लेउले ढाकिएको दिमागले
फुयाँल बाजेका नृत्यले
देशजोगाउँने थाँक्रो खोजिरहेको
मैले महशुस गेरेको छु ।
फेसबुकबाट तपाईको प्रतिक्रिया