वैदेशिक रोजगार व्यवसायी र म्यानपावर कम्पनीको दबाबमा सरकारको अफगान पठाउने अनुमति

काठमाडौं २१ असार ।

सरकारले वैदेशिक रोजगार व्यवसायी र केही म्यानपावर कम्पनीको दबाब र प्रभावमा अफगानिस्ताबाट छुटि्टमा आएका कामदारलाई पनः र्फकन अनुमति दिलएको छ ।

Afgan Armyश्रम तथा रोजगार मन्त्रालले आइलतबार सचिवस्तरीय निर्णय गरी छुट्टीमा आएका कामदारलाई तोकिएको ढाँचामा निवेदन दिन लगाएर पुनः काममा र्फकन अनुमति दिने निर्णय गरेको हो ।

तोकिएको निवेदनको ढाँचामा कामदार आफ्नै इच्छाले गरेको व्यहोरा उल्लेख भएको आजकोअन्नपूर्णमा समाचार छ ।

अफगानिस्तानको राजधानी काबुलस्थित क्यानेडियन दूतावासमा काममा जाने क्राममा आतंकवादीको विस्फोटमा परी १३ नेपालीको हत्या भएपछि मन्त्रिपरिषदको असार ९ गतेको निर्णयले आफगानिस्तान, सिरिया, इराक र लिवियामा नेपाली कामदार पठाउन प्रतिवन्ध लगाएको थियो ।

मन्त्रिपरिषद्ले ती मुलुकहरुमा जान चाहने कामदारलाई श्रमस्वीकृति नदिने निर्णय गरेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया