वैशाखभर एक लाख २६ हजार यात्रुले चढे गोरखाको मनकामना केबलकार

काठमाडौं ०२ जेठ २०८०।

गोरखाको मनकामना केबलकार चढ्ने यात्रुको संख्या कोभिड यताकै सबैभन्दा बढी भएको छ । कोभिड नियन्त्रणमा आएसँगै मनकामना दर्शन गर्न आउने भक्तजनको आवागमनमा वृद्धि भइरहेको संचालक लक्ष्मण बाबु श्रेष्ठले बताए ।

अहिले दैनिक औसत ४ हजार भन्दा बढी भक्तजन र यात्रुले सेवा लिँदै आएको छन्, वैशाखभर एक लाख २६ हजार यात्रुले केबलकार सेवा लिएको छन्, उनले भने ।

उनका अनुसार चालु आर्थिक वर्षको वैशाख महिनासम्म केबलकार सेवा लिने यात्रुको संख्या ८ लाख ७० हजार पुगिसकेको छ । आउँदो असारसम्म सेवाग्राही संख्या साढे १० लाख पुग्ने प्रक्षेपण रहेको उनले बताए। वैशाखसम्म कुल यात्रुमध्ये नेपाली ७१.१७ प्रतिशत (छ लाख १९ हजार ३७३) र भारतीय २४.१० प्रतिशत (दुई लाख ९ हजार ७४३) रहेको उनले जानकारी दिए ।

पछिल्लो समय भारतीय पर्यटकको आवागमनमा उल्लेख्य वृद्धि भएको उनले बताए । कम्पनीले मनकामना केबलकार केही समयअघि एनालगबाट डिजिटल प्रणालीमा स्तरोन्नतिको गरिसकेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया