व्यक्तिगत स्वार्थ भन्दा माथि उठेर काम गरे देश तुरुन्तै बन्छ

पूर्व संसद, दक्षिण कोरियाका पूर्व राजदुत, नेकपा नेता कमानसिंह लामा नेपालको राजनीतिक आन्दोलनमा चिनाईरहनु पर्दैन । उनी लामो समय वामपन्थी आन्दोलनमा सक्रिय हुनुहुन्छ । लामासँग वहुमतको सरकारको काम कारवाही, पार्टी एकता, विप्लव समूहको गतिविधि, नेपाली काँग्रेसले सरकार प्रति लगाइएको आरोपहरू र लगानी बोर्डका सम्बन्धमा विजनेसपाटीका प्रतिनिधी देवी चौंलागाईले गरेको वार्ताको ः प्रस्तुत अंश
सरकारले हालै माओवादी विप्लव समूहलाई लुटेरा समूह घोषणा गरेको छ । उसको गतिविधि माथि निगरानी र चन्दा नदिन र स्थानीय तहलाई निर्देशन दिएको छ । राजनीति गतिविधिलाई नै प्रतिवन्ध लगाएको विषयमा यहाँको प्रतिक्रिया के छ ?
लुटेरा समूह घोषणा गरेको होइन । विप्लव समूहलाई विप्लव समूहलाई प्रतिवन्ध जो लगायो नि त्यो प्रतिवन्धलाई दुई ऐंगलबाट हेर्न सकिन्छ । एउटा कुरो प्रतिवन्ध लगायो त्यो सिधा अर्थमा हेर्ने हो भने ठिकै लाग्छ । अर्को ऐंगलबाट हे¥यो भने अर्को कुरा हुन्छ । भनाईको मतलव के हो भने अहिले विप्लव समूहले क्रियाकलापको कारण भनेर शान्ति सुरक्षाको दृष्टिकोणले हेर्दा खेरी जुन ग¥यो ठिकै जस्तो लाग्छ । के गर्दा शान्ति सुरक्षा कायम हुन्छ । मुख्य त्यो हुँदैन माओवादी भन्ने त्यो ग¥यो के त रोकिन्छ त ! शान्ति सुरक्षा कायम हुन्छ त ? त्यो हुँदैन, मेरो भनाईको मतलव के हो भने दमनले सकिदैन । हिजो माओवादीको १० वर्षे जनयुद्ध धेरै सानोबाट शुरु भएको थियो । त्यसले संसारै हल्लायो भन्दा पनि हुन्छ । विप्लवलाई पनि सानो सोच्नु हँुदैन । यसरी त्यो टयाक्ल सही होइन । त्यो बाटो बाट जानु हुँदैन । सबैलाई एउटै खाडलमा हालेर हेर्नु त उपयुक्त हुँदैन । कहाँबाट शुरु गरे त्यो गराई चाहीँ भरिएको अभिव्यक्ति मात्रै हो । उ आफैले गर्न पाएको भएको ठीक हो भन्ने थियो । अहिले सरकारको शान्ति सुव्यवस्था कायम गर्नको लागि एउटा उपायहरू अपनाउनै पर्ने हुन्छ । अब सिके र विप्लवलाई एकै ठाउँमा राखेर हेर्ने कुरो पनि होइन । द्धन्द्धको कोणबाट हेर्ने हो भने विषयहरु एउटै प्रकारको देखिन्छ । तर विप्लव समूह र सिके राउतको विषयमा धेरै भिन्नता छ । त्यसैले एउटै डालोमा हालेर हेर्ने कुरानै अहिले प्रतिपक्षहरुले के सोचे भएपनि सरकारले गरेको कुराको विरोध गर्नु पर्छ ।
नेपाली काँग्रेसको सभापति शेरबहादुर देउवाले विप्लव माओवादी समूहमाथि प्रतिवन्ध लगाएको विषयमा सही भएपनि, सामाजिक सञ्जालमा हेर्दा विप्लवलाई यसरी प्रतिवन्ध लगाउँदा समस्या समाधान हुँदैन वार्ताद्धारा समाधान गर्नु पर्छ भनेको छ ?
धेरै ठाउँबाट विरोध आएपछि शेरबहादुर देउवाले धेरै पछि बोलेको हो । नेकपामै विरोध आएपछि उसले बोलेर क्यास गर्न खोजेको हो । उसको कुरो केही छैन । वातावरणको कुराको प्रतिपक्षीको मूल व्यक्तिले भन्ने कुरा हो । उसैको वरिपरि रहेर यो कुरो भइरहेको छ । राजनीतिको रुपमा विश्लेषण गरेर अगाडि ल्याउने पर्ने कुरामा सरकारले झनै गल्ती के गरेको छ भन्ने वहस भइरहेको छ । सिके राउतको विषयमा जनमत संग्रहको शब्द पनि प्रयोग गरेको छैन । जनमत संग्रह यो सरकारले गर्न पनि सक्दैन । मधेश पार्टी हुँदा त सक्दैन भने मधेश पार्टीले अब हात झिकी राखेको छ । अब यिनलाई सहयोग गर्ने भनेको अरु प्रतिक्रियावादीहरुले मात्र हो । त्यसले पुग्दा पनि पुग्दैन । संविधानले जनमत संग्रह गर्न दिएको पनि छैन ।
तपाई एउटा पूराना राजनीतिक नेता विगतमा संसद, राजदुत हुनु भयो । तपाईसँग निकै ठूलो अनुभव छ । अहिलो सरकारको कार्यकाल एक वर्ष वितेको छ । त्यो पनि वहुमत कम्युनिष्टको सरकार उसले चाहेमा हरेक काम गर्न सक्छ । एक वर्षको बीचको सरकारको काम कारवाहीलाई कसरी हेरिरहनु भएको छ ?
समीक्षा गर्ने बेलै भएको छैन । जुन ऐंगलबाट प्रश्न उठ्यो त्यो खालको समीक्षा गर्ने बेलै भएको छैन । कारण के देखिन्छ । दुईतिहाईले गोरु व्याउन्न । चाहे पनि घर बनाउन निस्चित समय लाग्छ । दुई तिहाई भएको कारणले अब तीन महिनामा बन्ने घर छ महिनामा बन्छ र तीस दिनमा बन्छ । यसको मतलब प्रकृया नाघेर गर्ने होइन । अर्को कुरो के हो भने तपाईलाई छोरो चाहियो भनेर बिहे गर्नु भयो । विहे गरेको भोली पल्टै श्रीमतीले बच्चा जन्मायो भने त्यो तपाईको हुन्छ ?
मानीलिँउ हिजो २० वर्षे शासन गर्नेले चाहीँ यो देश स्वर्गमा पु¥याएको थियो । आज एक वर्ष नपुग्दै विरोध गरेको छ । अनि सातआठ महिनामै के परिवर्तन हुन्छ ? त्यसैले त्यो जाने बाटो देखिएन भनिएको छ । त्यो पनि उसलाई औडाह भो । अब यसले गरिहाल्यो भने गर्न नदिने भन्न खोजेको हो ।
उदाहरणको निम्ति पानी जहाज अहिले चाहिएको होइन । तपाईलाई रोजी रोटी चाहिएको छ । पानी जहाजले रोजी रोटी आउँछ ? विकास हुन्छ भनेर भन्छ । मध्य पहाडी लोक मार्गको खाना दिन्छ ? भनेर भनेको छ । पारवहन सन्धी दुबै देशले ग¥यो के पठाउने रे एउटा सानो मान्छेले पनि नपत्याउने कु तर्क गरेर अब प्रश्न गरेको छ ।
म सानो छँदा मेरो गाउँमा अनिकाल लाग्यो । रोशी खोलापारी महाभारत लेकतिर अन्न थियो । मेरो गाउँको मान्छे भोकभोकै थियो । अहिले हामी वंैगलोरको भन्टा भन्छौं । समुद्रको माछाको कल्पना गर्दैनथ्यौं । हो अहिलो वंगलोरकै समुद्रकै माछा आउँछ । मैले भनेको के हो भने यातायातको कारण हो । अब नेपालमा ठूलो उद्योगमा लगानी गर्ने मान्छे किन आउँदैन । ठूलो उद्योग खोल्न फलाम चाहियो । उद्योग खोल्न फलाम बोक्ने पानी जहाजकै खाँचो हुन्छ । उद्योग त्यतिकै चल्छ ? ठूलो उद्योग खोल्ने ठाउँ छैन । त्यसैले यसको विकास चाहिने हो भने रोड चाहियो । यातायातको साधन चाहियो । अनि पानी चाहीँ बगेर विहार र वंगालमा सितै जाने । अनि यहाँको पानी प्रयोग गर्न हुँदैन भन्ने यस्तो तोरी लाहुेर सोचले हाम्रो विकास हँुदैन ।
प्रतिपक्ष नेपाली काँग्रेसको नेता गगन थापा लगायतले पनि के आरोप लगाईरहनु भएको छ भने २०६५ साल पछाडि धेरै समय कम्युनिष्टहरूले सरकार चलाई रहेको अवस्था छ । तर, परिवर्तन चाँही केही देखिदैन भनिरहेको छ ?
विरोधको लागि विरोध नगर कुरो गर्नु छ भने विरोधको आवश्यक छैन । स्वच्छता भन्ने कुरो प्रजातन्त्र होइन । प्रजातन्त्रमा अनुशासन हुन्छ । जनताले एउटा जिम्मेवार राजनीतिक पार्टीले जसले लङ ट्रम भिजन राखेर भन्नै पर्ने त्यस्तो शब्दहरु विरोध गरेर होइन । काँग्रेसले जुन तरिकाले भूमिका खेल्नु पर्ने थियो त्यो गरेको छैन । यो कारणले वेठिक यो–यो कारणले ठीक भन्ने कुरो उसले खै ल्याउन सकेको ?
वैकल्पिक कुरा ल्याउने सकेन । अहिले राष्ट्रियताको ठूला–ठूला कुरा गर्ने । कसले भन्यो त पञ्चेश्वर, महाकाली सन्धी गर्ने ? कमल थापाको आफ्नै ठूला कुरा पञ्चायतकालमा नै लिम्पिया धुरामा भारतीय फौज आएर बस्यो । राजा राष्ट्रवादी, तीन दर्जन भन्दा बढी ठाउँमा जंगे पिलर सारेर भारतले हाम्रो भू–भाग मिचेको थाहा भएकै कुरा हो । त्यो कस्को पालामा ? पञ्चायतकै पालामा शुरु भएको होइन ? अहिले पनि त्यो क्रम रोकिएको छैन । पञ्चेश्वर आएपछि खर्बौं खर्ब आउँछ भन्यो । यस्तो कुरा न सरकारले गर्न सक्यो न हामीले हावामा दौडिरिहेको छौं । खर्बौं आउने पक्का–पक्की हो । त्यो काम किन नगरेको त्यो बेलामा काँग्रेसनै सत्तामा थियो । अहिलेको वरिपरहरुनै सत्तामा थिए । तिनले किन गरेन ? नमिता सुनीताको हत्याकाण्डमा अहिलेसम्म पत्ता लगाउन सकेका छैन । निर्मलाको कुरो गर्छन । निर्मला–निर्मला भन्दै पछाडि दुइतिनवटा बालिका बलत्कार भयो । त्यो पनि कुरो गर्दैन किन भने निर्मला हत्याकाण्डमा सरकार दोषी छ भने । निर्मला हत्याकाण्डमा दोषी ठहरिएका सरकारको संरक्षणमा राखेको भनिन्छ । उनका पालामा को चोखा थिए । यहाँ के–के गल्ती कमजोरी छ त्यो सबै अहिले सुनकाण्डका कुरा भएर यिनीहरुले हो मात्र ग¥यो । यिनीहरुको पनि भेटेको होला । त्यहीबाट आएको जरो हो यो । हाम्रो जनमानसमा कागले कान लग्यो भनेर पछि पछि लाग्ने कि आफ्नो कान छ कि छैन भनेर छाम्ने ?
लगानी बोर्डमा प्रतिपक्षलाई राखिएन भनेर पत्रपत्रिामा समाचार आयो । प्रतिपक्षलार्ई किन सहभागी गराइएन यस विषयमा के भन्नु हुन्छ ?
राख्नै पर्छ भन्ने केही छैन ? चुनावको बेला शेरबहादुर देउवा सरकारको नेतृत्व गरेको थियो । वहुमत गुमाएको बेलामा सरकारले गरेको जति काम पनि यो सरकारले गरेको छैन ।
त्यसैले प्रतिपक्षले पाएकी पाएन भनेर भन्ने होइन । देउवाको कुरो प्रतिपक्ष भएर आएको हो । सुरक्षाको परिषद्को बैठकमा जानु पर्ने बेलामा उपस्थिति नहुने अन्तमा सहभागी भए पनि नभए पनि निर्णय गर्नु पर्छ । संवैधानिक नियुक्तिको बारेमा उपस्थिति नभईदिने बोलाउँदा नआउने अनि निर्णय ग¥यो उपयुक्त भएन भन्ने । अब रामचन्द्र पौडेलले १७ पटकसम्म सरकार बनाउन वाधा पु¥याउनु भयो । राज्यलाई त्यसरी होल्ड गरेर राख्न मिल्छ ? यिनीहरु कति निष्किृष्ट छन् भन्ने कुरो त्यो हो । उसलाई थाहा छ । त्यसलाई स्वीकार गर्नु पर्छ उसलाई जनताले दिएको ५ वर्षे म्याण्डेट हो । चुप लागेर बस भनेर दिएको आदेश हो । वहुमतको तानाशाही भयो रे । उनीहरु अल्पमत हुँदा त तानाशाही भएको थियो । वहुमतको त तानाशाही हुन्छ नै । प्रजातान्त्रिक व्यवस्था भनेको वहुमतको तानाशाही हो । त्यस्तो कुरामा पनि बग्ने अब हामी कस्तो ?
तपाईको पार्टीको तल्लो कमिटीसम्म एकता हुन सकिरहेको छैन । यो चाहीँ किन नभएको ?
नेताहरूलाई भाग पु¥याउने सानो बनाउने । हिजो ठूलो कमिटी बनाउने आज सानो बनाउने दुई वा एकै ठाउँमा हँुदैन । झनै ठूलो बनाउनु पर्ने । धेरै सानो बनाउँदा अप्ठेरो परेको हो । अर्को कुरो हेर्नुस् केन्द्रीय कमिटी त ठूलै हुने भयो । केन्द्रीय कमिटीमा गएर निर्णय गर्नु तलाई आधी मलाई आधी भन्दा त सजिलो हो । त्यसकारण पनि यो एकता हतपत नभएको होला ।
दुईजना मिलेर अरुलाई बेकामी अवस्थामा राखेको छ । पार्टी चलेकै छ । कोही जाँदैनन् पो कतै । तपाई पानी परेको बेलामा कुखुरा छ नि घरवाला नभए पनि पिँढीमा गएर बसी हाल्छ । काक्राक् कुक्रुक् परेर बसी रहन्छ । उसलाई के–को पीर र पार्टी चलेको छँदै छ । भोली भोट हाली हाल्छ । अर्को कुरो दुईजनाको विचमा दुईवर्षमा चेनफेन गर्ने भनेर भनिएको छ ।
मन्त्रीमण्डल परिवर्तन गर्ने भनिएको छ नि ?
पार्टीलाई प्रतिकुल लाग्यो भने ५ वर्ष होइन अहिले पनि चुनाव गर्न सक्छ । जसरी गिरीजाले गरे । त्यो भनेको ठूलो कुरो होइनन् । अहिले दुईजना अध्यक्ष छन् । अहिलेको पार्टी एकीरकरण दुईजना अध्यक्ष राख्ने मिल्ने एउटा अध्यक्ष राख्न पायो । एउटा अध्यक्ष राख्ने कि प्रधानमन्त्री बन्ने कसै–कसैलाई समस्या पर्ला । त्यो कारणले पार्टी एकीकरण नभए पछि दुबै जना अध्यक्ष पनि हुने भए, प्रधानमन्त्री पनि । पार्टी एकीकरण ग¥यो भने दुबैजना अध्यक्ष हुने पालैपालो प्रधान मन्त्री पनि चलाउने मिल्दैन । अर्को प्रधान मन्त्री भएकोले अध्यक्ष बन्ने पाइदैन । अर्को फेरि त्यही समस्या आउँछ । जनता र कार्यकर्ता भनेको उनको पिछलग्गु नै हो, कुन ठूलो कुरा हो ।
अन्तमा तपाई एउटा अनुभवी पूराना नेता, यो क्षेत्रको सरकारलाई के छ कसरी अगाडि बढाउनु सुझाव दिनेहुन्छ ?
सरकारले हामीसबैलाई व्यक्तिगत स्वार्थलाई त्यागेर राज्य सञ्चालन होस् भन्ने हो । यदी उभो लाग्ने हो भने व्यक्तिगत स्वार्थ भन्दा माथि उठेर जब हामी अगाडि जान्छौं । त्यसले धेरै गर्न सक्छ उदाहरण निम्ति प्रहरीको एकजना इन्स्पेक्टर एकजना जवान, एकजना डिएसपी, एसएसपीले धेरै ठूलो काम गरेका छन् । अरुले गर्न नसकेको हाम्रा गृह मन्त्रीले किन गर्न सकेन ?
कुलमान घिसिङले जे ग¥यो त्यो अरुले किन गर्न सकेन ? कुलमान घिसिङ आफ्नो स्वार्थलाई सर्वोपरि ठानेन । अरुले नुबुझेको के थियो उसले भन्दा बढी बुझेका थिए । तर के ले गर्दिएन भने व्यक्तिगत स्वार्थले दिएन । मेरो भनाईको मतलब अहिले सरकारलाई सुझाव के दिन चाहन्छु भने व्यक्तिगत स्वार्थ भन्दा माथि उठेर काम गर । कसैले विरोध गरेर पनि केही हुँदैन ।
मेरो पालोमा यो काम गर्न पाएन भनेर राज्य होल्ड गर्ने यस्तो नेताहरु अनि त्यस्तैलाई भोट दिइराख्ने अनि तपाई हामी । देश कहिले उभो लाग्ने ? लाग्दै–लाग्दैन । त्यसैले व्यक्तिगत स्वार्थ भन्दा माथि उठेर काम गर । लामो भिजन राख्नु । त्यो भिजनमा प्रतिवद्ध हुनुुु ।
देश तुरुन्तै बन्छ । त्यसो गर्न खोज्नेलाई अख्तियार लगाउछन् त्यसो भन्नेलाई हाम्रो विरोध गर्ने भनेर सदस्यबाट पनि निकाल्ने होला । तर, मलाई केही डर छैन ।
प्रकाशित मिति २०७५–१२–१९

फेसबुकबाट तपाईको प्रतिक्रिया