व्यवसायिक प्रतिस्पर्धा र संञ्चारको प्रभावकारिता

रिसव गौतम
आजको युग सुचना र सञ्चारको युग हो । संञ्चार क्षेत्रमा भएको अभुतपूर्व विकासका कारण व्यवसायिक गतिविधिहरुमा आज भारी परिवर्तनहरु आइरहेका छन । मुलत सञ्चारले व्यापार र व्यवसायमा भयंकर ठुला अवसर सिर्जना गरेको छ । त्यसैगरी ठुलो मात्रामा चुनौतीहरु बढाएको छ । कसरी सुचना र सञ्चारको उपयोग गर्ने र प्रतिस्पर्धी व्यवसायिक जगतमा अघाडी बढने भन्ने प्रश्न आजको ज्वलन्त प्रश्न रहेको देखिन्छ । जुन नेपाल जस्ता अल्पविकसित मुलुकहरुको हकमा अत्यन्त महत्वपूर्ण समेत छ ।
ब्यवसाय सानो–ठुलो अथवा राष्ट्रिय–अन्र्तराष्ट्रिय स्तरमा फैलिएको बहुराष्ट्रिय कम्पनी नै किन नहोस् आजको युगमा लक्षित उद्देश्य हासिल गर्नका लागि प्रतिस्पर्धी र उपभोक्ताका आवश्यकतालाई ध्यानमा राखेर रणनीतिक ढंगले अगाडि बढ्नै पर्नेहुन्छ । त्यस्तो रणनीति निर्माणमा सुचना र सञ्चारको अहम भुमिका हुन्छ ।
विश्वव्यापीकरण र बहुराष्ट्रिय कम्पनीहरुको संसारभर सघन विस्तारले आज व्यवसायिक चुनौतीहरु थपिदै गएका छन । यधपी विश्वव्यापीकरण सञ्चारकै साहयतामा भएको हो । सञ्चारले यतिवेला पुरै विश्व व्राहण्डलाई नै अत्यन्त साँघुरो बनाएको छ । अर्थात यसले विश्वलाई मान्छेको हातमा पु्याएको छ । एउटा सानो मोबाइलमा चल्ने इन्र्टरनेटबाट हरचिज सम्भव हुने अवस्था सिर्जना भएको छ । संसारको जुन कुनै स्थानमा उत्पादित वस्तु तथा सेवा अन्य कुनै पनि मुलुकमा सजिलै उपलब्ध हुने स्थीति सृजना भएको छ । खासगरी सञ्चार क्षेत्रमा भएको अभुतपूर्व विकासले व्यवसायिक क्षेत्रमा सम्भावना र चुनौती दुवैलाई एकैसाथ निम्त्याएको देखिन्छ । त्यतिमात्र नभई विश्व समुदायका देशहरुबीच व्यावसायिक अन्तरनिर्भरताले आर्थिक, राजनीतिक, सांस्कृतिक सबैखाले वातावरणलाई प्रत्यक्ष प्रभाव पार्दै लगेको छ । यसरी व्यावसायिक सफलताका निम्ति फेस गर्नुपर्ने आर्थिक, राजनीतिक, साँस्कृतिक तथा कानुनी वातावरणमा विश्वब्यापीकरणको कारण क्रमिक रुपमा परिर्वतनहरु देखा पर्दैछ । जस्तो नेपालमा उत्पादित वस्तु तथा सेवाले स्वदेशमै पनि खासै बजार नपाउनुमा विश्वव्यापीकरणका कारण भित्रिएको नयाँ खालको संस्कृति, लवाइ–खवाई तथा मनोविज्ञानले काम गरेको देखिन्छ । त्यसले गर्दा नेपाली व्यावसायीहरुले विश्व अर्थव्यवस्थामा चुनौतीका रुपमा उदाएका यी अनगिन्ती परिर्वतनहरुलाई बेलैमा ध्यान पु¥याएर रणनीतिक ढंगले बजारमा प्रवेश गर्नुपर्ने आवश्यकता खड्किएको देखिन्छ ।
प्रतिस्पर्धात्मक बजारमा आफूले के गर्दैछु भन्ने अरुलाई सँधै चासो हुने गर्छ । बजारमा जानुअघि आफ्ना योजना प्रतिस्पर्धीले थाहा पाए त्यसबखत पछि हट्नुको विकल्प रहँदैन । यदि त्यसो गर्न नसकिए व्यवसायले ठूलो नोक्सानी व्यहोर्नुपर्ने स्थिति आउन सक्छ । खुल्ला बजारका नाममा अस्वस्थ प्रतिस्पर्धा चुलिदै गएको वर्तमान विश्वमा त्यसबाट बच्नका लागि रणनीति निर्माण र कार्यान्वयनको सचेत प्रयत्न अपनाउनै पर्ने हुन्छ । जसको लागि सञ्चारको नै भुमिका खोज्नु पर्ने हुन्छ । खुल्ला अर्थतन्त्रको आधार भनेको उद्यमशिलता, व्यावसायिकता र सिर्जनशीलता नै हो । तर, नेपालमा समेत खुल्ला बजारको नाममा अनगिन्ती विकृतिहरु मौलाँउदै गएका देखिन्छन् । अहिले विश्वमै प्रतिस्पर्धा यति धेरै चुलिएको छ की साधारण काम गर्न पनि असाधारण संघर्ष गर्नुपर्ने भएको छ । अझ भनौं साधारण जीवन जीउन असाधारण संर्घष गर्नुपर्ने भएको छ । जुन नेपालको आन्तरिक वातावरणको मात्रै प्रभाव नभएर अन्तर्राष्ट्रिय स्तरमा चुलिएको प्रतिस्पर्धाकै प्रमुख देन हो ।
खासगरी व्यावसाय सञ्चालन गर्ने क्रममा आउने विभिन्न क्रियाकलापहरुको उचित योजना, नीति, कार्ययोजना तथा कार्यक्रमको कुशल या भनौ जुक्तियुक्त उपयोग नै व्यावसायिक रणनीति हो । ‘अक्सफोर्ड डिक्सनेरी’ले व्यावसायिक रणनीतिलाई दीर्घकालीन योजना अथवा नीति वा युद्धकौशलता भनेर अर्थाएको पाइन्छ । जसको अर्थ भनेको अहिलेको अवस्थामा संगठनात्मक सफलताका लागि सिधा अथवा अल्पकालिन हिसावले क्रियाकलाप गरेर मात्र पुग्दैन, लामो समयका लागि बजार, वस्तु, साधन बाँडफाँड, कामदारको प्रयोग, वस्तु विकास तथा वितरण जस्ता क्रियाकलापलाई वातावरणीय परिर्वतन अनुरुप अगाडि बढाउनु आवश्यक हुन्छ भन्ने हो । व्यावसायको सवलता तथा दुर्वलता पहिचान गरी बजारमा दीर्घकालसम्म टिकिरहन र अधिकतम कुशलताका लागि प्रतिस्पर्धात्मक लाभ आर्जन गर्न बनाइने जुक्ति नै रणनीति हो । र, अहिलेको २१ आंै शताब्दीको सन्दर्भमा रणनीति अनिवार्य नै भइसकेको छ । तर नेपालमा भने कुशल रणनीति अख्तियार गरेर अगाडि बढ्ने चलन खासै चल्न सकेको देखिदैन । रणनीति पनि विश्वव्यापी व्यावसायिक वातावरणलाई मध्यनजर गर्दै निर्माण गर्नुपर्ने हुन्छ । जुन झनै गहन विषय त हुने नै भयो । यद्यपी नेपालमा केही संघ संगठनहरुले रणनीतिक व्यवस्थापनलाई अनुशरण नगरेका भने होइनन् । जस्तो चौधरी गु्रपले नेपालमा गणतन्त्र आइसकेपछि र संघीयतामा देश जाने निश्चित प्रायः भइसकेपछि वाईवाई चाउचाउको विज्ञापन प्रर्वद्धनमा हिमाल, पहाड, तराई जताततै वाईवाई भनेर सबैलाई समेट्न खोजेको देखिन्छ । त्यो उसको रणनीति हो । त्यस्तै अरु केहिले पनि परिस्थितिलाई मध्यनजर गर्दै रण्नीति विकास गर्दै आएका छन् । यसर्थ नेपालमा व्यावसायिक क्षेत्रमा रणनीति कार्यान्यवनको सुरुवात त भएको छ तर त्यो जति घनिभुत मात्रामा हुनुपर्ने हो भएको छैन । नेपालका उद्यमी व्यावसायीहरुले निर्यात व्यापारलाई प्रवद्र्धन गर्न विश्वसामू चर्चामा रहेको सगरमाथा, लुम्बिनी जस्ता स्थलहरुको परिचय झल्कने हिसावले उत्पादित वस्तु तथा सेवाको विज्ञापन गरेर अगाडि बढ्ने रणनीति अख्तियार गर्न सक्दछन । अन्र्तराष्ट्रिय बजारको लागि मात्र नभई घरेलु बजारमा समेत प्रतिस्पर्धीहरुद्वारा उत्पादित वस्तु तथा सेवा भन्दा आफना वस्तुको बजार हिंस्सा कब्जा गर्ने रणनीति निर्माण गरेर अगाडि बढ्न सक्दछन । त्यसका निम्ति ग्राहकका चाहना, राष्ट्रिय अन्र्तराष्ट्रिय वातावरण, प्रतिस्पर्धीको सवलता तथा दुर्वलता लगायतका यावत पक्षहरुको सुक्ष्म अध्ययन–अनुसन्धान गरेर अरुलाई जित्ने किसिमले रणनीति अख्तियार गर्न सकिन्छ । जस्तो चीनमा सन् १९७० को दशकबाट देङ स्याओ पिङले रणनीतिक आर्थिक विकासको प्रारम्भ गरे । त्यसयता चीनले निकै ठूलो प्रगति गरिसकेको छ । विश्वमा सबैभन्दा बढि बहुराष्ट्रिय कम्पनीहरु हाल चीनमा नै छन् । विश्वका जुन कुनै कुनामा चीनले विकास गरेका सामानहरु प्रयोगमा आइरहेका छन् । पछिल्लो समय विश्वका विकासोन्मूख देशमा १०० भन्दा बढी प्रमुख जलविद्युत परियोजनामा चीनका अधिकतम वित्तिय तथा व्यापारिक संस्थाहरु संलग्न छन् । ती कम्पनी निकै विशाल आकारका छन् । त्यसको ज्वलन्त उदाहरणको रुपमा ‘सिनो हाइड्रोपावर’ कम्पनीलाई लिन सकिन्छ । जुन संसारकै सबैभन्दा ठूलो जलविद्युत कम्पनी हो र यसले विश्वभर ५९ शाखा विस्तार गरिसकेको भनिन्छ । हाल नेपालमै पनि सिनो हाइड्रोपावरले लगानी अघि बढाइरहेको छ । विश्वभर जलविद्युत र बाँध निर्माणका लागि चीनले गरेको इन्जिनियरिङ कौशलता प्रदर्शनको रणनीतिक उद्देश्य नाफा कमाउने र कुटनीतिक प्रभावको विस्तार गर्ने देखिन्छ । यसलाई चीनको मजबुत रणनीतिको रुपमा अवश्य लिन सकिन्छ ।
यी प्रगति वास्तवमा चीनको रणनीतिक कौशलताका कारण नै भएको हो । चीनले नेपालको बजारको लागि पठाउने सामान बनाउँदा समेत यहाँको जनताका आर्थिक हैसियतलाई तथा समग्र बजार तत्वहरुलाई ध्यान गर्दै आएको देखिन्छ । त्यस्तै अमेरिका तथा युरोप जस्ता धनान्द्य मुलुकहरुको लागि तिनका सबै पक्षहरुको अध्ययन गरेर उपयुक्त हुनेगरी वस्तु विकास गर्ने रणनीति अख्तियार गर्दै आएको छ । जसले गर्दा चीन विकास र सम्पन्नताको दृष्टिले विश्वमा दोश्रो स्थानमा आउन सफल पनि भइसकेको छ । चीनको रणनीतिक विकासको प्रभाव हेर्दा विश्वका १० ठूला पुलहरु मध्ये ७ वटा चीनमै अवस्थित छन् । उसको सबैभन्दा लामो पुलको लम्वाई ४२ कि मि सम्म रहेको समाचार चीनियाँ लार्जेस समाचार संस्था बेइजिङ रिभ्युले केहि पहिले प्रकाशित समेत गरेको थियो । त्यस्तै २७ हजार मेगावाट क्षमता सम्मको एउटै जलविद्युत आयोजना चीनमा सन् २००५ देखि निर्माणाधिन छ । यस्ता कयौ ठुला तथा दीर्घकालिन महत्वका परियोजनाहरु चीनमा क्रमिक विकास भइरहेका देखिन्छन । चीनले पछिल्लो समय महाशक्ति राष्ट्र भनिने अमेरिकाको सवसे लोकप्रिय न्युयोर्क शहर जस्तो १० वटा शहर सन् २०२५ सम्म निर्माण गर्ने लक्ष्य लिएको छ ।
तर नेपालको हालत भने झन झन् दयनीय बन्दै गएको स्थिति उदाङ छ । नेपालमा रणनीतिक विकासका ठुला आयोजनाको सघन विस्तार त कुरै नगरौ लामो समय देखि चर्चामा रहेका आधारभुत आवश्यकताका आयोजना निर्माण कार्य समेत हुन सकिरहेको छैन । मेलम्ची खानेपानी आयोजना ,चार्चामा रहेका विभिन्न जलविद्युत परियोजना ,काठमा०डौ–निजगढ फास्टट्र¥याक, दोश्रो अन्र्तराष्ट्रिय विमानस्थल लगायतका ठुला रणनीतिक महत्वका आयोजना चर्चामा हुदाँहुदै पनि त्यसको निर्माण हुन सकिरहेको छैन । यसर्थ घरेलु तथा अन्र्तराष्ट्रिय व्यापार व्यावसायको विस्तार तथा सफलताको लागि चीनको झै नेपालले पनि रणनीति व्यवस्थापनलाई ध्यान दिनु जरुरी हुन्छ । यसका लागि सरकारी तवरबाट नै विशेष ध्यान आकर्षित हुनुपर्ने उत्तिकै आवश्यकता छ । विकासका रणनीतिक पाइलाहरु अघि नबढाँइदासम्म देशको मुहार फेरिन असम्भव छ । त्यसकारण व्यवसायिक जगतले सुचना र सञ्चारको सही उपयोग गर्न सक्नुपर्छ ।

प्रकाशित मिति २०७४-४-३

फेसबुकबाट तपाईको प्रतिक्रिया