व्यापार घाटा घटाउन कृषि उत्पादनमा जोड ( सम्पादकीय )

नेपाल कृषि प्रधान देश हो । ६५ प्रतिशत जनता अझै पनि कृषिमा निर्भर छन् । निर्वाहमूखी कृषि भएको कारण नेपालले कृषिमा भने जति उपलब्धी हासिल गर्न सकेको छैन । देशको कूल गार्हस्थ उत्पादनको ३३ प्रतिशत कृषि क्षेत्रले ओगटेको छ । भन्दा र गर्दाको फरकपनले गर्दा कुनै पनि निकाय कृषि प्रति त्यति गम्भीर भएर सोचेको जस्तो देखिदैन ।
एकातिर कृषि क्षेत्रको विस्तार देखिन्छ । लगानी बढ्दै गएको छ । कृषकहरूको लगानी डुब्दै गएको छ । अनुपात्दक क्षेत्रले भने दिनप्रतिदिन प्रसय पाउँदै आएको छ । फाइदा राज्यले भन्दा व्यक्ति विशेषले लिँदै आएको छ । यस्तो अवस्थाको सिर्जना भएको कारण कृषि क्षेत्रमा नैराश्यताको बादल लाग्दै आएको छ । कृषिका एकदुई विषयवस्तुको क्षेत्र बाहेक अरु सबै क्षेत्रमा नेपाली कृषि खस्कदै गएको छ । सरकारले कृषि क्षेत्रको व्यवस्थापन गरेको छ भन्दै आएको छ तर, भनाई र गराईमा निकै अन्तर देखिएको छ । त्यति मात्र होइन हरेक किसानहरूको फार्महरूमा स्थलगत भ्रमण गरेरमात्र किसानका वास्तविक समस्या थाहा हुन्छ ।
त्यसकारण पनि कृषि कर्मचारी, जनप्रतिनिधी, कृषि क्षेत्रको प्राविधिकहरू किसानहरू के गरी रहेका छन् र कस्तो अवस्थामा छन् भनेर स्थलगत रुपमा पुग्न जरुरी छ । किसानहरूमा हौसला बढाउन सैद्धान्तिक र व्यवहारिक पक्षमा जोड दिएर उनीहरूको घरखेत कृषि फार्महरू पुग्न सक्यौं भने मात्र पनि कृषि क्षेत्रमा सरकारी कर्मचारीहरू प्रति हेर्ने दृष्टिकोणमा सकारात्मक बन्न सक्छ । यसले नेपालको कृषि उत्पादनलाई समेत बढाउन सहयोग पु¥याउँछ ।
व्यवसायिक कृषि किसानहरूमा जटिल समस्या छ । भावनात्मक रुपमा धेरैजसो कृषि गर्ने किसानसँग कृषि गर्न जमिनको सम्झौता हुँदैन । यो प्राविधिक पक्ष भएको छ भने कृषि गर्ने स्थानका अभाव त छँदैछ त्यसमाथि पनि जमिन भएकाहरूले अरु पसल सञ्चालन गर्नेहरूको जस्तै जमिन भाडा दर बढी असुल्ने गरेका छन् । भाडादरमा एकरुपता कहीँकतै पाइदैन । मनपरी भाडा असुल्छन् । त्यसकारण पनि किसानहरू डुब्ने गर्छन । सरकारले जमिनको भाडा दरमा व्यवस्थापन गरिनु पर्छ । काम गर्ने जनशक्तिको अभाव त छँदैछ । त्यसमाथि पनि आफूले मात्र गर्न नसकेर जनशक्ति लगाउँदा कृषिमा महँगो ज्याला तिर्नु पर्छ । कालान्तरमा लगानीको खर्च पनि उठ्न सक्दैन । जसले गर्दा किसानले गर्न चाहेर पनि किसान उक्सन सक्दैन । यसले न राज्यलाई सहयोग पुग्छ नत किसानलाई नै यस्तो भावनात्मक रुपमा जागेको जाँगर पनि क्रमशः शिथिल बन्दै जान्छ । कृषि कर्म नै उसले त्यागेर अरु व्यवसाय अंगाल्न वाध्य हुन्छ । यस्तो अवस्थामा स्वदेशी उत्पादन र व्यवस्थित बजारको अभाव, उपभोक्ता चर्को महँगीमा पर्दछ । विचको विचौलियाले मात्र बढी आम्दानी लिन पुग्छ । यसले व्यापार घाटा घटाउने भन्दा बढाउँछ नै । व्यापार घटाउन व्यवस्थित कृषि उत्पादनमानै जोड दिनु पर्छ ।

प्रकाशित मिति २०७५-९-२४

फेसबुकबाट तपाईको प्रतिक्रिया