शंकास्पद फोन नउठाउन टेलिकमको आग्रह

बिजनेसपाटी २५ चैत्र ।

शंकास्पद नम्वरबाट केहि दिनदेखि मिसकल आएको भन्दै नेपाल टेलिकमले त्यस्ता फोन नउठाउन सर्वसाधारणलाई आग्रह गरेको छ । आफ्नो नेटवर्कमा आउने शंकास्पद नम्बरहरुको कल नउठाउन टेलिकमले  ग्राहकलाई आग्रह गरेको हो ।

टेलिकमका जिएसएम प्रिपेड तथा पोष्टपेड नम्वरमा ट्युनिसियाको कोडबाट मिसकल आएको पाइएको छ । टेलिकमले आफ्नो नेटवर्कमा आउने शंकास्पद नम्बरका कलहरुलाई विदेशी क्यारियर मार्फत ब्लक गरिसकेको जानकारी  दिएको छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया