शनिवार गोसाइकुण्ड स्वास्थ्य सेवा केन्द्रमा निशुल्क शिविर हुने

बिजनेसपाटी २५ फागुन ।
गोसाइकुण्ड स्वास्थ्य सेवा केन्द्रले भोली शनिवार निशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । सातदोबाटोमा रहेको केन्द्रले भोली विहान १० बजेदेखि ४ बजेसम्मका लागि निशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको हो । विशेषगरी बाथरोग, मधुमेय तथा थाइरोइड रोगको उपचारमा केन्द्रित रहँदै आएको केन्द्रले त्यस आलवा विभिन्न रोगहरुको समेत उपचार सेवा उपलब्ध गर्दै आएको छ ।

भोलीको शिविरमा बाथरोग, हाडजोर्नी तथा नशारोग, मधुमेह, थाइरोइड तथा हर्मोन, स्त्रीरोग तथा प्रसुती सेवा, जनरल फिजिसियन लगायत सेवा निशुल्क रुपमा पु¥याइने संस्थाका प्रबन्ध निर्देशक जयन्द्र न्यौपानेले बिजनेसपाटीलाई बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया