शरणार्थीका लागि बेलायत सरकारले गर्यो यस्तो निर्णय

बेलायत १३ कात्तिक ।

फ्रान्सको कालाइसस्थित जङ्गली क्षेत्रमा फ्रान्स प्रशासनद्वारा उक्त शरणार्थी बस्ती त्यहाँबाट हटाउने नाटकीय निर्णयपछि अलपत्र रहेका शरणार्थीलाई नयाँ जीवन दिन लन्डन सहर प्रवेशमा उनीहरुका लागि ढोका खुल्ला रहने बेलायती अधिकारीले जनाएका छन् । फ्रन्सको उत्तरी बन्दरगाह सहर कालाइस क्षेत्रमा अस्थायी शिविर निर्माण गरी बसिरहेका शरणार्थीका बस्तीमा फ्रान्सेली सुरक्षा अधिकारीले डोजर लगाइ हटाएपछि अलपत्र परेका अभिभावकबिहीन बालबालिका समेतका बस लन्डन पुग्दै गर्दा लन्डनका ह्यामरस्मिथ तथा फुलह्याम नगर क्षेत्र शरणार्थीको स्वागतका लागि खुला रहने बताइएको हो ।

यद्यपि यहाँका अधिकारीले देखाएको सदासयताप्रति युद्धको पृष्ठभूमिबाट भागेर आएका विदेशी नागरिकलाई व्यवस्थापन गर्न कठिनाई हुने भन्दै प्रत्येक चार प्रशासकमा एकजनाले विमती जनाएका बुझिएको छ । युद्ध र गरिबीको अफगानिस्तान, एरिटे«या तथा सुडानबाट पीडित यी शरणार्थीलाई व्यवस्थापन सहज नहुने भन्दै बेलायती समुदायमा विरोधका स्वर पनि सुन्ने गरिएका बेलायती सञ्चारमाध्यमले जनाएका छन् ।उनीहरुले बेलायतमा अभिभावक रहेका किशोरकिशोरीले बेलायती भूमिमा शरणार्थी जीवन बिताउन चाहनु उनीहरुको अधिकार भए पनि प्रशासनले केही यस्ता शरणार्थी किशोरकिशोरीहरू, जसको बेलायतसँग कुनै सम्वन्ध छैन, लाई बेलायत भित्र्याएको भन्दै यो बेलायतका लागि समस्या बन्नसक्ने बताएका छन् । रासस/एएफपी

फेसबुकबाट तपाईको प्रतिक्रिया