शाहीराम फुड्सको लगानीमा ‘खुमलटार तरकारी बजार’ सञ्चालनमा आँउदै

काठमाण्डौ २० मंसिर २०७७ ।
शाहीराम फुड्स प्रालिको लगानीमा ललितपुर खुमलटारको चापागाँउ रोडमा ‘खुमलटार तरकारी बजार’ सञ्चालनमा आउने भएको छ ।  ३० वटा स्टल र १२ वटा सटरमा व्यवस्थीत तरकारी बजार सञ्चालनमा आउने भएको हो । सोको आवश्यक सबै तयारी पुरा भएको शाहीराम फुड्स प्रालिका प्रबन्ध निर्देशक रामबहादुर शाहीले बताए ।
सो तरकारी बजारबाट विशेषगरी खुमलटार क्षेत्रका जनताले आधारभुत सेवा प्राप्त गर्ने विश्वास आफुमा रहेको शाहीले बताए । स्टलहरुको बुकिङ खुल्ला भइसकेको र ५ वटा स्टल निम्न बर्गबाट व्यापारमा आउने सोच बनाएका व्यक्तिलाई विशेष सहुलितमा प्रदान गरिने पनि उनले बताए । शाहीका अनुसार सो तरकारी बजारमा सागपात, विविध तरकारी, माछामासु, फलफुल, दुधजन्य पर्दाथ, विउविजन लगायतमा आधारित रहेर ब्यापार गर्न चाहनेका लागि अग्रिम बुकिङ खुल्ला गरिएको छ ।
शाहीराम फुड्स् प्रालिले खाद्यजन्य वस्तुहरुमा आधारित रहेर व्यापार व्यवसाय गर्दै आएपनि यसअघि सोही स्थानमा २० ओटा सटरहरुमा कपडा, मेडिकल, माछा, बर्गर हाउस, मिठाइ पसल जस्ता पसलहरुलाई भाडामा दिएर छुट्टै बजार बसाइ सकेको छ । सोही बजारको सफलताले पछिल्लो तरकारी बजार विस्तार गर्न लागेको रामबहादुर शाहीले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया