शिवम् सिमेन्टको आइपिओ आउदै, स्थानीय वासिन्दाले आबेदन दिन सक्ने
बिजनेसपाटी ५ श्रावण ।
शिवम् सिमेन्टले पहिलो चरणमा उद्योग प्रभावित क्षेत्रको लागि प्राथमिक शेयर निष्काशन गर्ने भएको छ ।
कम्पनीले साउन १३ गतेदेखि प्रतिशेयर ३०० रुपैयाँको दरमा ८ लाख ८० हजार कित्ता शेयर निष्काशन गर्न लागेका हो । प्रति साधारण शेयर एक सय रुपैयाँमा थप २०० रुपैयाँ प्रिमियम सहित ३०० रुपैयाँमा मकवानपुर जिल्लाका वासिन्दाले भदौ ११ गतेसम्म शेयर भर्न पाउने छन । न्यूनतम १० कित्तादेखि अधिकतम एक हजार कित्तासम्मको लागि आवेदन दिन सक्ने बिक्री प्रवन्धक सिद्धार्थ क्यापिटलले जनाएको छ ।
कम्पनीको संस्थापक शेयरपूँजी ३ अर्ब ८७ करोड रुपैयाँ रहेको छ भने सर्वसाधारणतर्फ ५२ करोड ८० लाख रुपैयाँ सहित जम्मा पूँजी ४ अर्ब ४० करोड रुपैयाँ रहेको छ । कम्पनीको प्राथमिक शेयर निष्काशन पुर्वको प्रतिशेयर आम्दानी २४ रुपैयाँ रहेको छ ।
आवदेनको लागि आश्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरुबाट पाइनेछ । कम्पनीले उद्योग प्रभावित क्षेत्रमा शेयर बिक्री गरेपछि सर्वसाधारणको लागि पनि शेयर निष्काशन गर्ने जनाएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया