शेयरधनी महानुभावहरुलाई एनआईसी एशिया बैंकको अनुरोध

बिजनेसपाटी १ मंसिर ।

एन आई सी एशिया बैंकले विगत विभिन्न आर्थिक वर्षहरुमा वितरण गरेको लाभांश रकम हालसम्म बुझिलिन बाँकी भए सो लाभांश रकमको पूर्जी बैंकको सहायक कम्पनी एन आई सी एशिया क्यापिटलबाट प्राप्त गरी यथाशीघ्र आफ्नो खातामा जम्मा गर्नुहुन शेयरधनी महानुभावहरुमा अनुरोध गरेको छ ।
साथै लाभांश पूर्जी लिई सक्नुभएका शेयरधनी महानुभावहरुले समेत सो पूर्जी आफ्नो बैंक खातामा यथाशीघ्र जम्मा गर्नुहुन बैंकले अनुरोध गरेको छ । यसैगरी लामो समयदेखि बुझिलिन बाँकी लाभांश रकम प्रचलित ऐन कानून बमोजिम लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने बैंकले जनाएको छ । आ.व. २०७५÷७६ मा बैंकले घोषणा गरेको लाभांश रकम सम्बन्धित शेयरधनीहरुको खातामा बैंकले जम्मा गरिसकेको तथा डिम्याट खाता नभएका शेयरधनी महानुभावहरुको मात्रै लाभांश रकम जम्मा गर्न बाँकी रहेकोले यथाशीघ्र यस बैंक तथा बैंकको सहायक कम्पनीमा सम्पर्क राखी आफ्नो शेयर डिम्याट गराउन समेत सम्पूर्ण शेयरधनी महानुभावहरुलाई प्रेस विज्ञप्ती मार्फत् अनुरोध गरेको छ ।
विभिन्न आर्थिक वर्षहरुमा बैंकले वितरण गरी हालसम्म शेयरधनी महानुभावहरुले बुझिलिन बाँकी भएका लाभांशको विवरण यस बैंकको वेभसाईट धधध।लष्अबकष्बदबलप।अयm मा राखिएको जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया