शेयर बजारका युवा लगानीकर्ता सुरेन्द्रको यस्तो अनुभव

सुरेन्द्र गेलाल, युवा शेयर लगानीकर्ता

म उमेरले ३० बर्ष भएँ । कोटेश्वर निवासी हुँ । साँनै देखि ब्यापारिक सँगतमा हुर्के बढेको हुँ । परिवारमा आर्थिक अभाव खासै खेप्नु परेन । पढाइ औसत थियो । मैले वानेश्वर क्याम्पसबाट प्लस–टु गरेपछी नेपाल कमर्श क्याम्पसमा विविएसको लागि भर्ना भएँ । पढाइ चल्दै थियो । तर युरोप अमेरिका जाने लहडका कारणमा म बेलायत तिर हान्निए । सन् २००९ तिर त्यता अध्ययनको शिलशिलामा गएको म २०१३ मा नेपाल फर्किए । खासगरी जे गर्न सकिन्छ, नेपालमै गरौ भन्ने भावनाका साथ म नेपाल फर्किएको हुँ । विदेशमा इमान बेचेर जे पायो त्यही काम गर्ने पटक्कै रुची भएन मलाई । स्वदेश त फर्किए तर शैक्षिक वेरोजगारी र अवसर विहीनाताले फेरी गाँज्न थाल्यो । तर म यसैबीच केही अर्डिटर साथीहरुको संगतका कारण अडिटरका कामहरु जान्दथे । केही समय त्यस्तै गरी काम गरेँ । त्यसरी काम गर्दा शेयरमा लगानी गर्ने किसिमको साथी सगंतहरु मेरो बढदै गयो । अभाव र गरिवी सहनु नपरेको मेरा लागि अलि अलि कमाएको पैसाहरु शेयरमा लगानी गर्न खासै अप्ठेरो थिएन । त्यसकारण मैले ०७० सालबाट अलिक बढी नै शेयरमा ध्यान दिन र लगानी गर्न थालेँ । हाल मेरो शेयर बजारमा करिव एक करोड सेरोफेरोमा लगानी पुगेको छ । सो रकम मध्ये धेरै त ऋणपान गरेर लगानी जुटाएको हुँ ।

यद्यपी अनुभवहरु बढेसँगै झन् झन् आत्मविश्वास बढेको छ । कुनै एउटा साधारण १५ हजारको जागिर खाएको भए आफैलाई महिनावारी खर्चसम्म धान्न मुस्किल पथ्र्यो जस्तो लाग्छ यो महगीमा । तर शेयर लगानीकर्ताको समाजिक परिचय बनाउँन पाउँदा सन्तुष्ट छु । ७० सालबाट प्रोफेसनल्ली शेयर लगानी गर्दै आएको मैले यो ३ बर्षमा बैकहरुको ब्याज बाहेक २५ लाख जस्तो कमाउन सकेको छु । धेरै त लगानीमै छ । अहिल्यै यति कमाए भन्ने आधार छैन । तर सम्भावना अत्यन्त धेरै देखिएको छ । नेपालका नाम चलेका बैकहरु र विमा कम्पनीहरु, हाइडो पावर कम्पनीमा मैले शेयर लगानी गर्दै आएको छु । नयाँ युवाहरु जो शेयर लगानीकर्ताको रुपमा आफनो परिचय बनाउन चाहन्छन् । उनीहरुलाई यस क्षेत्रमा अत्यन्त राम्रो भविष्य रहेको बताउन चाहन्छु । तर एउटा शेयर लगानीकर्ताले विश्वविधालयको कर्मशियल शिक्षा हासिल गर्न सक्दा अत्यन्त राम्रो हुन्छ । तर मलाई लाग्छ की नेपालको शेयर बजार अझै हल्लाकै भरमा घटने बढने गर्छ । खासगरी शेयर बजारका ठुला खेलाडीहरुले यस्ता किसिमका हल्लाखल्ला मच्चाउने गरेका छन । मिडियामा आएका सबै कुरा सत्य हुदैनन् । किनकी शेयर बजारका खेलाडीहरुले मिडियालाई उपयोग गर्न जानेका छन । शेयर लगानीकर्ताहरु सचेत हुनुपर्छ ।

अझै पुजी बजारमा आएका नयाँ लगानीकर्ताहरुले धेरै कुरामा सचेत हुनुपर्छ । लगानी गर्नु पुर्व सो सस्थाको आर्थिक अवस्था, सञ्चालनकहरुको अवस्था र कम्पनीको मानव संसाधनको अवस्था र सो कम्पनीको बजार सम्भावना सबै केलाएर मात्रै लगानी गर्नु उपयुक्त हुन्छ । हल्लाको पछाडी दौडनु राम्रो हुदैन ।
नेपालमा उत्पादनमुलक सस्थाहरु भन्दा प्राय बैक वित्तिय सस्था, विमा कम्पनी र जलविधुतमा लगानी बढेको । कारण यी क्षेत्र नाफामुखी देखिएका छन । लगानीकर्तालाई यी क्षेत्रले नाफा दिएको छ । खासगरी सरकारले हेरक ब्यक्तिले विमा गर्नुपर्ने, घरको, व्यवसायको,भेइकलको विमालाई अनिवार्य गर्न भनेको कारण पनि पछिल्लो समय यो क्षेत्र चम्केको छ । अर्को इन्स्योरेन्स क्षेत्रमा पुजी अत्यन्त कम भएको कारण यस क्षेत्रमा लगानी बढेको छ । शेयर बजारमा नयाँ लगानीकर्ताहरु यससँगै बढेको छन् । नेपालमा शेयर बजारको क्षेत्रमा निकै ठुलो सम्भावना देखिएको छ । म पनि यही क्षेत्रमा प्रोफेसनल्ली लागेको छु । अन्तमा मेरो थोर बहुत अनुभव राख्न दिएकोमा विजनेशपाटी डटकमलाई धेरै धन्यवाद छ ।
प्रकाशित मिति ८ असार, २०७३

फेसबुकबाट तपाईको प्रतिक्रिया