शेयर बजारमा आज ३५ अंकको गिरावट ( यस्तो छ कारोबार )

बिजनेसपाटी सम्बाददाता

काठमाडौँ २३ जेस्ठ

शेयरबजार साताको पहिलो दिन आज  आइतबार  नेप्से ३५ अंकले घटेको छ । आज आइतबार कारोबारमा आएका होटल र उत्पादन बाहेकका सबै समुहमा गिरावट आएपछि नेप्सेमा गिरावट आएको हो । अध्येपी एक अर्ब ४० करोड बराबरको शेयर किनबेच भएको छ । भने  १२८ कम्पनीको कारोबार भएको बजारमा जम्मा ७ कम्पनीको मात्र शेयरमूल्य बढेको छ ।

 

आइतबार नेप्से ३४.९८ अंकले घटेर १४८३.१४ विन्दुमा झरेको छ । १२८ कम्पनीको कारोबार भएको बजारमा एक अर्ब ३९ करोड १७ लाख रुपैयाँको सेयर किनबेच भएको छ । बजारमा होटल र उत्पादन बाहेक अन्य सबै समुह ओरालो लागेका छन् । आज  कारोबार भएका मध्ये ७ कम्पनी बाहेक सबैको शेयरमूल्य घटेको छ ।

आज  होटल समुहको सबैभन्दा धेरै १३२.३४ अंकले उकालो लागेको छ । उत्पादनको भने ०.०५ अंकले मात्र बढेको छ । तेसैगरी आज  बिमा समुहको २१९ अंक, जलविद्युतको १०३, विकास बैंकको ४२, वाणिज्य बैंकको ३५ अंकले ओरालो लागेको छ ।

शेयर बजारमा आज सिटिजन्स बैंकको सबैभन्दा धेरै २० करोड रुपैयाँ, सानिमा बैंकको १४ करोड र  सिभिल बैंकको संस्थापक शेयर १० करोड बढीको कारोबारभएको छ । ।

आज आइतबार कुल १२८ कम्पनीको कारोबार भएको बजारमा ७ कम्पनीका लगानीकर्ताले मात्र कमाएका छन् । आज सोल्टी होटलका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । आज  सोल्टीको प्रतिकित्ता शेयर ३५ रुपैयाँले बढेर ३९२ रुपैयाँ पुगेको छ ।   एनआइबीएल समृद्धि फण्ड किसान माइक्रो, ओमी माइक्रो, मिथिला लद्युवित्त, अपि पावर र युनिलिभरका लगानीकर्ताले मात्र कमाएका छन्

आज वुटवल पावरका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । बजारमा आज गुराँस लाइफ,  साना किसान, फस्ट् माइक्रो मितेरी, डेभलपमेन्ट, सेवा विकास, एभरेष्ट इन्स्योरेन्स,लगायतका कम्पनी धेरै गुमानेमा परेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया