शेयर बजारमा नयाँ रेकर्ड

काठमाडौं २३ जेष्ठ २०७८

आज आइतबार नेप्से परिसुचक हालसम्मकै उच्च विन्दुमा पुगेर नयाँ रेकर्ड कायम गरेको छ ।
आइतबार नेप्से परिसुुचक ५०.१४ अंकले बढेर हालसम्मकै उच्च विन्दू दुई हजार नौ सय ६ दशमलब ९१ पुगेको हो ।

आइतबार नेप्सेमा १७ अर्ब २७ करोड १७ लाख बराबरको कारोबार भएको छ । कारोबारको अंक पनि हालसम्मै उच्च हो ।
आइतबार कारोबारमा आएका समूहमध्ये ६ वटा समूह बाहेक अन्य समूह बढेका छन् । १० कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएकोमा महिला लघुवित्त वित्तिय संस्था, गुडविल फाइनान्स कम्पनी, लुम्बिनी विकास बैंक, रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, नेपाल बंगालदेश लिमिटेड, मितेरी डेभलपमेन्ट विकास बैंक, पोखरा फाइनान्स, मेगा बैंक, नेपाल इन्फइन्ट्रक्चर बैंक र लक्ष्मि बैंक रहेका छन् । आज सबैभन्दा बढी नेपाल रि–इन्स्योरेन्स कम्पनी भएको छ ।

त्यसैगरी आज आइतबार राधी विद्युत कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया