शेयर बजारमा पूँजीगत लाभकर घट्यो
काठमाडौँ १६ जेष्ठ
सरकारले बजेटमार्फत शेयर कारोबारमा लाग्ने पूँजीगत लाभकरको दर घटाएको छ।
सरकारले पूँजीगत लाभकर हालको साढे ७ प्रतिशतबाट पाँच प्रतिशतमा झारिएको हो। अर्थमन्त्री खतिवडाले बोनस शेयर र हकप्रद शेयरको पूँजीगत लाभकर गणना गर्दा भारित औसत ‘वेटेज एण्ड एभरेज’का आधारमा गणना गर्ने व्यवस्था गरेका छन्।
गत वर्ष जेठमा राजस्व विभागले बोनस र हकप्रद शेयरको लाभकर गणना अंकित मूल्यलाई आधार मानेर गणना गर्न निर्देशन दिए पश्चात शेयर लगानीकर्ताहरु आन्दोलनमा उत्रिएका थिए । अर्थ मन्त्रालयले सो निर्देशन फिर्ता लिएर अध्ययन समिति गठन भएको थियो।
फेसबुकबाट तपाईको प्रतिक्रिया