शेयर बजारमा सामान्य सुधार, लगानीकर्ताको यस्तो देखियो आर्कषण

विजनेसपाटी सम्बाददाता

काठमाडौँ १७ जेस्ठ

सरकारले आगामी आर्थिक बर्षको बजेट घोषणा पछिको द्रोसो दिनको बजार झण्डै पाँच अंकले उकालो लागेको छ । जलविद्युत, उत्पादन र अन्य समुहले उकासेपछि सोमबार नेप्से तथा करोबार दुवैमा सामान्य बृदी भयको छ  । हकप्रद निष्काशनको प्रक्रियामा रहेका एबम   निष्काशन गरेका कम्पनीहरुमा लगानीकर्ताको बढी जसो आर्कषण देखिएको छ । आज  तिनै कम्पनीहरुमा उच्च कारोबार गर्ने र धेरै कमाउनेको अग्रपक्तिमा रहेका छन् ।

आज सोमबार नेप्से ४.७१ अंकले बढेर १५२६.९६ विन्दुमा पुगेको र १३३ कम्पनीको कारोबार एक अर्ब १९ करोड ६० लाख रुपैयाँको सेयर किनबेच भएको छ ।

सानिमा बैंकको सबैभन्दा वढि १० करोड ४३ लाख रुपैयाँको किनबेच भएको छ । खासगरी यस  सानिमा बैंकले ५०  प्रतिशत हकप्रदका लागि यसै साता सूचना  प्रकाशीत गर्ने खबरले बैंकको कारोबार उचालिएको हो ।

त्यस्तै ५५ प्रतिशत हकप्रद निष्काशनको सूचना प्रकाशीत गरेको सिटिजन्स बैंकको कारोबार पनि १० करोडकै हाराहारीमा पुगेको छ । यस दिन दुवै बैंकको शेयर मूल्य डेढ प्रतिशतले बढेको छ । सानिमाको प्रतिकित्ता १४ रुपैयाँ तथा सिटिजन्सको प्रतिकित्ता १३ रुपैयाँले शेयरमूल्य बढेको छ ।

त्यस्तै युनाईटेड इन्स्योरेन्स, लुम्बिनी इन्स्योरेन्स नेपाल लाइफ,चिलिमे, नेशनल हाइड्रो, बुटवल पावर कम्पनी, एनबी बैंक लगायतका कम्पनी पनि उच्च कारोबार गर्ने दश कम्पनीमा परेका छन् । यस दिनको बजारमा कञ्चन डेभलपमेन्ट बैंकका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । त्यस्तै मेगा बैंक, कर्णाली डेभलपेमन्ट बैंक,नमस्ते वित्तीय संस्थाका शेयरधनीले पनि १० प्रतिशतकै हाराहारीमा कमाएका छन् ।

सोमबारको युनिक फाइनान्स, मञ्जुश्री फाइनान्स,साझा विकास बैंक, मिशन डेभलपमेन्ट, अल्पाइन डभेलपमेन्ट, इन्नोभेटिभ डेभलपेमन्ट बैंक, प्यासफीक डेभलपमेन्ट, लगायत धेरै गुमाउनेमा परेका छन् ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया